धरानमा पत्रकारिता तालिम सम्पन्न

  • माघ १२, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्रेस सेन्टर नेपालको सुनसरी समितिले आयोजना गरेको पाँचदिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ ।

निःशुल्क तालिमको समापनको अवसरमा दुईजना प्रशिक्षार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने सबै २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट समाचार लेखनमा प्रकाश राई र अनुशासित प्रशिक्षार्थीका रूपमा सबिता पुरीलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरूका तर्फबाटअङ्कित ढुङ्गाना, पुष्पा कटुवाल, उपार्जन चामलिङ र रोजिना लामिछानेले बोलेका थिए । उनीहरूले तालिम उपलब्धिमूलक भएको धारणा राख्दै पत्रकारितामा भविष्य बनाउने योजनामा सहयोग पुर्‍याइदिन पनि आग्रह गरे । सो अवसरमा तालिमका प्रमुख प्रशिक्षक एवम् कोशीपत्र दैनिकका सम्पादक राजेश विद्रोहीले पत्रकारिता गतिशील विधा भएको हुँदा यसमा सिकाइको अन्त्य नहुने धारणा राखे ।

कार्यक्रममा प्रमुख अतिथि बराल, प्रेस सेन्टरका केन्द्रीय सदस्यहरू राजन केडी, केशव घिमिरे, एम्स एकेडेमीका व्यवस्थापन सङ्काय संयोजक दुर्गा सुवेदी, माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघालगायतले बोलेका थिए ।

सो तालिममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई र प्रदेश सचिव देवेन्द्र कार्कीले पनि सहजीकरण गरेको प्रेस सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीले जनाए । विनोद विश्वकर्माले सञ्चालन गरेको सो कार्यक्रमको अवसरमा प्रेस सेन्टर सुनसरीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

धरानकै जेनिथ सेकेन्डरी बोर्डिङका प्रिन्सिपल सुमन जवेगूले प्रशिक्षार्थीहरूमध्ये दुईजनाका लागि नगद पुरस्कार उपलब्ध गराएका थिए । प्रशिक्षार्थीहरूलाई हौसला दिन आफूले पुरस्कार प्रदान गरेको प्रिन्सिपल जवेगूले बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved