छेदन चौधरीको घर कांग्रेसद्वारा निर्माण

  • माघ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आर्थिक रुपमा कमजोर रहेका अशक्त छेदन चौधरीको घर नेपाली कांग्रेस बराहक्षेत्रले बनाइदिएको छ ।

गरिबीका कारण जिर्ण बनेको चौधरीको घर भत्कनै लागेको थियो । पटक – पटक स्थानीय सरकार वडा र नगरलाई आग्रह गरे पनि सुनुवाई नभए पछि कांग्रेस बराहक्षेत्रले घर बनाइदिएको हो । करिव १ महिना अघि स्थानीय कांग्रेसका नेताले छेदनको घर बनाउन शुरु गरेका थिए । कांग्रेस नगर सभापति रमेश कार्कीको पहलमा चौधरीको घर निर्माण अन्तिम चरणमा पुगेको छ ।

वराहक्षेत्र ४ आन्द्रामठमा बस्दै आएका छेदन चौधरी ४ जनाको परिवार सहित बस्दै आएका छन् । छेदन आफैमा शारिरिक रुपमा अशक्त छन् । छेदनको दिदि पनि अशक्त छिन् । छोरी कक्षा नौ मा पढ्छिन् । छेदनको श्रीमतिले दैनिक ज्यालादारीमा काम गरेर जसोतसो परिवारको गुजारा गरिरहेकी छन् ।

कात्तिकको पहिलो साताको वेमौसमी बर्षाले उनको घरमा क्षति पु¥याएको थियो । स्थानीय सरकारसँग हारगुहार गरे पनि बास्ता नगरे पछि पानी झरीमा चुहिने छानो मुनी नै बस्नु परेको छेदनको श्रीमतिको गुनासो गरिन् ।

छेदनको पुरानो घरलाई हटाएर त्यहि स्थानमा सानो व्यवस्थित घर नेपाली कांग्रेसका नेताहरुले बनाई दिएका हुन् । छेदनको घर बनाईदिन नेपाली कांग्रेस वराहक्षेत्र नगर समिति सभापति कार्की, सहित महाधिवेशन प्रतिनिधि रोहित सुब्बा, भरौल कांग्रेसका नेताहरुबाट रकम संकलन गरेर घर निर्माण गरिएको हो ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved