Top 4

    Showing 7,261-7,270 of 9,402 items.
  • आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

    धरान/ यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एव

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 576 पटक पढिएको
    • "रासस"
  • चाडपर्वलाई स्वस्थ रूपमा मनाऔँ

    नेपाली हिन्दूहरूको दोस्रो महान् चाड तिहार सुरु भइसकेको छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । नेपालीहरू सुरुदेखि नै प्रकृतिपूजक हुन् । प्रकृतिपूजक नेपालीहरूले प्रकृतिका साथै पशुपक्षीहरूको पनि पूजा गर्ने गरेका छन् । मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध हुने भएकोले मानव जातिले प्रकृति र यससँग सम्बन्धित पशुपक्षीहरूको संरक्षण गर्नुपर्ने सकारात्मक सन्देश यस्ता चाडपर्वहरूले दिने गरेका छन् । तिहार पनि यस्तै महत्तवपूर्ण चाड हो । यसले पनि पशुपक्षी र मानव जातिबीच हुने प्रगाढ सम्बन्धलाई दर्शाउँछ । यो पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाउने गरिन्छ

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुखबाट लडेर मृत्यु

    खोटाङ । खोटाङको दिप्रुङचुईचुम्मा २ का ६२ बर्षीया लिला देवि देवकोटाको रुखबाट लडेर मृत्यु भएको छ । बिहीबार दिउसो १ बजे घर नजिकै भोर्लाको पात टिप्ने क्रममा रुखबाट लडि घाईते भएकी उनको उपचारको लागी लैजान लाग्दा घरमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 966 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सौर्य एयरलायन्सले कात्तिक २२ गतेदेखि विराटनगर–भैरहवा सीधा उडान गर्ने

    विराटनगर । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको बताए । विराटनगर प्रदेश नं १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो । यी शहरबीच यसअघि सीधा हवाई उडान थिएन । यी दुई शहरबीच हवाई यात्राका लागि ५३ मिनेट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको एय

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 822 पटक पढिएको
    • " रासस"
  • नेपाली फूलले बजार नपाउने कृषकको गुनासो, बजारमा भारतीय फूल

    धरान । नेपालीहरुको महान चाड तिहार घरघरमै भित्रिइसकेको छ । झिलीमिलीको पर्वको रुपमा रहेको तिहारमा फूलको व्यापक प्रयोग गरिन्छ । घर सजाउन होस या यमपञ्चक अन्तर्गत लक्ष्मी पुजा वा कुकुर, गाई तथा दाजुभाईलाई भाइटिका लगाउँदा फूलकै प्रयोग गरिन्छ । समग्रमा भन्नुपर्दा झिलीमिली फूलको पर्व भनेर तिहारलाई चिनिने गरिएको छ ।नेपालीहरुको महान चाड तिहारमा नेपाली फूलले बजार पाउनु भन्दा पनि भारतीय फूलहरुले बजार पाएको छ । यसको प्रमुख कारण नेपाली फूल कृषकलाई राज्यले प्रोत्साहन गर्न नसक्दा नेपाली कृषकहरुले पर्याप्त फूल उत्पादन गर्न सक्दैनन् । जसले गर्दा भारतीय फूलले नेपाली बजार पाएको फूल कृषक बताउँछन् ।\ मोरङको केराबा

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 1,073 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तिहारमा माटोको दियोको विस्थापित हुँदै

    धरान/ तिहारका समयमा माटोका दियोको सट्टा झिलीमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ ।विगतमा विद्युतीय बत्ती नहुदा अत्याधिक विक्री हुने माटोको दियो विक्री हुन छाडेपछि व्यवसायीहरु समेत विस्तारै अर्को व्यवसायतर्फ विस्थापित हुन थालेका छन् । धरानमा विगत १० बर्ष भन्दा बढी माटामा सामाग्री विक्री गर्दै आउनु भएकी कौशिला चौधरीले तिहारको समयमा माटोका साामग्री विक्री नभए पनि अन्य बेला थोरे थोरै भएको विक्रील धान्ने गरेको बताइन । उनले तिहारमा दियोका प्रयोग प्राय ः शून्य भएपनि मरिमराउ, विभिन्न प्रकारका पूजा, पुराणमा प्रयोग भएकै कार्ण जसोतसो टिक्न सकिएको उनको भनाई छ । उन

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 1,067 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा छुवाछूत कायमै

    धरान । धरानलाइ करिब १२ वर्ष अघि छुवाछुत मुक्त नगर घोषाणा गरिए पनि अझै गाउँ घरमा छुवाछुत कायमै रहेको छ । उपमहानगर बने पनि गाउँ घरमा छुवाछुतको जरो अझै उखेल्न सकेको छैन । आज धरान ६ स्थित पानबारीको सिमल चोकमा रहेको एक होटल एक दलित युवा माथी जातियताको आधारमा विभेद भएको छ । सिमल चोकमा घर बनाउदै गरेका धरान –१५ का रविन लोहोरलाई चिया खान जादा होटलकी साहुनी मिना श्रेष्ठ(राई) ले विभेद गरेकी हुन । श्रीमती सहित होटलमा खाजा नास्ता पाउँछ भन्ने थाहा पाएर पुगेका थिय । बाहिर होटलवाला नदेखे पछि घरसँग जोडिएको खाजा र चिया वनाउने सामान्य बाँसको टाटीले बारेको खुल्ला स्थानबाट होटल सञ्चालकलाई बोलाउन गएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनप्रतिनिधिलाई जिम्मेवार बनाउनु आवश्यक

    सङ्घात्मक राज्य प्रणालीको व्यवस्था भएको हाम्रो संविधानले तीन तहको सरकारको परिकल्पना गरेअनुसार अहिले तीनै तहका सरकारहरू क्रियाशील छन् । नयाँ व्यवस्थाले स्थानीय तहलाई पनि शक्तिशाली बनाएको छ र यो व्यवस्थाले दुरदराजका नागरिकहरूसम्म केही अधिकार पु¥याएको सत्यलाई अस्वीकार गर्न सकिँदैन । राज्यले आप्mना नागरिकहरूलाई प्रवाह गर्ने सेवा–सुविधा पनि यस्तो व्यवस्थाबाट तल्लो तहसम्म पुगेको छ । यसबाट राज्यको सेवा प्राप्त गर्न नागरिकहरूलाई सहज भएको छ । आफू नजिकै सरकार आएपछि सरकारसम्म सर्वसाधारणको पहुँच बढेको छ तर यससँगै विकृति पनि बढेको छ । अहिले स्थानीय तहहरू अनियमितता र भ्रष्टाचारका केन्द्र बनेका छन

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामको आयुर्वेद औषधालयमा औषधी अभाव : चार महिना देखि सेवा ठप्प

    इलाम । इलाम नगरपालिकाले सञ्चालन गरेको एकमात्र औषधालयमा आन्तरीक श्रोतबाट बजेट उपलब्ध नगराउँदा औषधीको अभाव भएको छ । औषधालयले उपलब्ध गराउने निःशुल्क औषधी नपाउँदा विरामी महंगो मूल्य तिरेर अन्यत्र खरीद गर्न बाध्य छन । औषधी अभावका कारण औषधालयबाट नियमित आयुर्वेदिक औषधी लिएर सेवन गरिरहेका करिब डेढसय बिरामी विगत ४ महिनादेखि औषधि पाउनबाट बन्चित भएका छन । इलाम नगरपालिकाको आयुर्वेद औषधालयमा उपचार तथा परामर्श लिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर औषधालयमा औषधी अभाव हुँदा विरामीले औषधी पाउन सकेका छैनन् । कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधीको प्रयोगमा सर्वसाधारणको औषधालय प्रति आकर

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 772 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वीपीमा ह्विल चेयर र स्टेचरको अभाव

    धरान । दक्षिण एसियाकै उत्कृष्ट अस्पताल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीका लागि चाहिने अत्यावश्यक सामाग्री ह्विल चेयर, स्टेचर पर्याप्त नहुँदा विरामी तथा विरामीका आफन्तले हैरानी व्यहोर्नु परेको छ । प्रतिष्ठानमा उपचारका लागि ल्याइएका विरामीलाई बाहिर भित्र गराउन चाहिने ह्विल चियर र स्टेचरको अभावमा सहज उपचारमा समस्या बढ्दै गएको छ । वार्डमा राखेका हिड्न नसक्ने विरामीहरुलाई सिटिस्क्यान, भिडियो एक्स–रे लगायत चेकजाँच गर्न विभागहरु पुर्याउन आवश्यक पर्ने ह्विल चियर, स्टेचरनै नपाउँदा बिरामीले सास्ती भोग्नु परेको छ । पालो सिस्टममा विरामी लिएर सिटिस्क्यान, भिडियो एक्सरे गर

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 998 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved