धरान । रंगेली नगरपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले संस्थागत तथा सामुदायिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गर्ने छात्राहरूलाई साईकल वितरण गरेको हो ।
नगरभित्र रहेका सामुदायिक तर्फका १२ वटा माध्यमिक बिद्यालयका २ सय ९६ छात्रा र संस्थागत तर्फका ८ वटा विद्यालयका १ सय ५ जना छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले गत बर्षको बार्षिक बजेटबाट साईकल खरिद गर्ने निर्णय गरेपछि साईकल खरिद गरेर बितरण गरेको हो ।
नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे नगरपालिका साईकल बितरण गरेको हो । कार्यक्रममाको प्रमुख अतिथि नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत नवराज कार्की, बडाअध्यक्ष रामचन्द्र मंण्डल, रुपेश मंण्डल, कृष्ण भट्टराई, शिक्षा अधिकृत रबिन्द्र पंिण्डत लगायतको उपस्थिति रहेको थियो ।
कार्याक्रमका प्रमुख अतिथि नगरप्रमुख बगडियाले नगरपालिकाले ४ सय १ जना छात्राहरुलाई पठनपाठनको लागि आवतजावत गर्ने र बिद्यालय सम्म पुग्नका लागि सहज बनाउन साइकल वितरण गरेको बताए । उनले भने, ‘छात्राहरुले अझै राम्रो सँग पढेर समाज र देशको लागि केही गर्ने सक्ने हौसला बढाउनको लागि नगरले साईकल बितरण गरेको हो ।’
आगामी दिनहरुमा समेत अब आउने जनप्रतिनिधिहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत अग्रह गरेका छन । नगरले ४ सय ७ थान साईकल खरिदका लागि सान्यो इन्टरनेशनल प्राइभेट लिमटेड काठमाण्डौले ठेक्का पाएको थियो । कम्पनीले ३३ लाख ९१ हजार ८ सय ३६ रुपैयाँ भ्याट सहित टेन्डर पाएको थियो । साईकल पाए पछि सहभागीहरुले नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई एकरुपताका साथ हेरेकोमा धन्यवाद दिएका छन् ।