महालक्ष्मीमा औद्योगिक ग्राम बन्ने

  • माघ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर आले मगरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार औद्योगिक ग्राम निर्माण गर्न उद्योग मन्त्रालयले महालक्ष्मी नगरपालिकालाई ९२ लाख रुपैया उपलब्ध गराउँने भएको छ । मन्त्रालयबाट प्राप्त भएको बजेट जग्गा विकास सम्बन्धि काम, ग्रामका लागि आवश्यक मार्ग निर्माण, प्रशासनीक भवन निर्माण लगायतमा खर्च गर्नुपर्नेछ । सम्झौता भएको १५ दिनभित्र नगरपालिकाले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) थाल्नेछ । तीन महिनाभित्र डीपीआरको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाउँनुपर्नेछ ।

छरिएर रहेका साना उद्योगहरुलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व बृद्धि गर्न औद्योगिक ग्रामले सहयोग पुर्याउँने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै नगरवासीलाई स्वरोेजगार बनाउन औद्योगिक ग्राम बनाउँन लागिएको मेयर नेपालले जानकारी दिए । मेयर नेपालले भने, ‘नगरबासीलाई उत्पादनमूलक क्षेत्रमा जोड्दै उद्योग व्यावसाय क्षेत्रलाई व्यवस्थित गर्न औद्योगिक ग्राम निर्माण गर्न लागेका हौं, उद्योग मन्त्रालयसँग सम्झौता भइसकेको छ, अब औद्योगिक ग्राम निर्माणको काम सुरु हुन्छ ।’

औद्योगिक ग्राम निर्माणका क्रममा पूर्वाधार विकास र संरचना निर्माणमा भएको प्रगतिको प्राविधिक प्रतिवेदनका आधारमा मन्त्रालयले थप बजेट उपलब्ध गराउँने सम्झौता पत्रमा उल्लेख छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved