माघ बाटै शुरु भयो धरानमा खानेपानी अभाव

  • माघ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पर्याप्त खानेपानी वितरण गर्ने भन्दै करिब डेढ अर्बको परियोजना संचालन हुँदा पनि धरानमा अहिलेदेखि नै खानेपानीको अभाव शुरु हुन थालेको छ ।

वर्षौ देखि धरानमा चलिरहेको खानेपानी समस्यालाई समाधान गर्न सन २०१२ देखि शुरु भएको परियोजना सम्पन्न भई धरान उपमहानगरपालिका मातहतमा रहेको धरान खानेपानी बोर्डमा आइसकेको छ । तथापि धराने जनताले खानेपानीको अभाव भागिरहेका छन् । दैनिक २४ सै घण्टा पानी खुवाउने योजनाका साथ परियोजना सम्पन्न भएको थियो । नेपाल खानेपानी संस्थानले सुख्खा मौसममा खानेपानी खुवाउन नसकेपछि नेपाल सरकारको सहरी विकास आयोजना अन्तर्गत खानेपानी परियोजना ल्याइएको थियो । परियोजना सम्पन्न गर्न एशियाली विकाश बैंकको ५० प्रतिशत अनुदान सहित एडिबीकै ३५ प्रतिशत ऋण र धरान उपमहानगरपालिकाको १५ प्रतिशत खर्चमा परियोजना सम्पन्न भएको छ ।

विगतमा चैत्र महिना शुरु भए पछि वैसाख, जेठ सम्म खानेपानीको चरम अभाव सिर्जना हुने गर्दथ्यो । तर अहिले माघ दोस्रो साता देखिनै धरानका सर्वसाधारणको धारामा पानी नै आउन छाडेको छ । धरान १५ की टिका चापागाईले अहिले मुस्किलले धारामा एक घण्टा पानी आउने गरेको बताइन् । उनले पानी पनि सानो आउने भएकोले घरपरिवार र घरभाडामा बस्नेलाई खानेपानी जोहो गर्न नै मुस्किल भएको बताइन् । उनले भनिन्, ‘विगतमा चैत्र देखि पानीको अभाव हुन्थ्यो तर यो बर्ष त अहिलेदेखि नै खानेपानीको अभाव शुरु भइसकेको छ ।’ खानेपानी पर्याप्त नआउँदा अति आवश्यक कामका लागि पनि पानी नहुने बताउँदै भनिन्, ‘अहिले नुहाउन र लुगा धुन त झनै परैको कुरा भयो ।’

यस्तै धरान १५ की मञ्जु् बुढाथोकीले पनि धारामा पर्याप्त खानेपानी नआएको बताइन् । उनले भनिन्, ‘संस्थान हुँदा पनि अभाव नै थियो, बोर्ड आएपछि पछि उस्तै छ, धरानमा जसले जिम्मा लिएपनि खानेपानीको समस्या जहिल्यै उस्तै रहेछ ।’

खानेपानीको अभाव हुने सिजनमा संस्थानले ट्यांकरमार्फत धराने जनतालाई पानी खुवाउने गरेको भन्दै बोर्डले त्यो काम समेत गर्न नसकेको सर्वसाधारणको भनाई छ । बुढाथोकी भन्छिन्, ‘पहिला संस्थानले पानी अभाव हुनसाथ ट्यांकरमार्फत भएपनि खानेपानी खुवाउथ्यो, बोर्डले त्यो पनि गर्न सकेको छैन ।

धरानमा दैनिक ३ करोड लिटर पानीको आवश्यकता पर्छ तर सुख्खा मौसममा धरानमा आधामात्र पानी सञ्चय हुने गरेका कारण समस्या आएको अघिल्लो सस्थानका पदाधिकारी बताउँछन् । सुख्खा मौसममा खानेपानीको मुहान सु्ख्ने र भूमिगत स्रोतबाट पनि पर्याप्त पानी नआउने गरेकोले पनि सुख्खा मौसममा पर्याप्त पानी नपुग्ने गरेको हो ।

यता खानेपानी बोर्डका व्यवस्थापन राजु पोख्रेल धरानमा विगतको जस्तो खानेपानी अभाव नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘धरान १५ मा तीनकुनेमा रहेको पम्पबाट पानी तानेर ल्याउने गरेकाले विगतकै जस्तो पानी ल्याएकोले दैनिक तीन चार घण्टा पानी आउछ, तर अन्य वडामा भने दिन विराएर हामी पानी वितरण गर्छौ ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved