धरान । दिगो बजेटको सुनिश्चित नहुँदा विगत ५ वर्ष देखि धरान उपमहानगरपालिकाको वडा नम्बर १५ र ४ जोड्ने सेउती पुल अलपत्र बनेको थियो । ३ वर्षमा सम्पन्न हुने गरि २०७३ सालमा निर्माण शुरु भएको सेउती पुलमा ३ वटा पिल्लर बने पछि बजेटको सुनिश्चित नहुँदा निर्माण कार्य ठप्प रहेको थियो । पक्की पुल निर्माण कार्य शुरु भएको ५ वर्ष पछि बल्ल पुल निर्माणले गति पाएको छ । पोहोर साल संघीय सरकारबाट बजेट सुनिश्चित भए पछि ठेक्का लागेको थियो । गत बर्ष नै ठेक्का लागेको पुलको निर्माण कार्य कोरोनाका कारण बन्द रहेको थियो । कोरोनाको त्रास कम हुँदै गए पछि खामपचे कम्पनीले ७ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने गरि काम शुरु गरे
विराटनगर । प्रदेश १ सरकारले बनाउने भनेर घोषणा गरेको एक हजार बेड क्षमताको कोभिड १९ अस्पालको अझै पत्तो छैन । तर, निजी क्षेत्रसमेतको साझेदारीमा शुरु गर्ने भनिएको कोभिड केयर सेन्टर संचालनमा समेत ढिलाइ भएको छ । सरकारको ढिलासुस्तीका कारण विराटनगर– १० को रोडशेष चौक दक्षिण नेशनल ट्रेडिङ कम्पनीको परिसरभित्र हाल कोसी कोभिड–१९ अस्पताल संचालनमा छ । त्यसलाई नै विस्तार गर्ने गरी हजार क्षमताको अस्पताल संचालन गर्ने निर्णय भएको थियो । तर, अस्पताल बनाउने र यसको संचालनको अझै अत्तोपत्तो छैन । चिसो बढ्न शुरु भएसंगै कोरोना संक्रमण फैलने त्रास उत्तिकै छ । सामाजिक विकास मन्त्रालयले जिम्मेवारीमा अस्पताल
विराटनगर। प्रदेश १ मा आज १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरंगमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २–२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १
इलाम । नेकपाका अध्यक्षद्वयको आन्तरिक विवादका कारण पार्टी फुट्ने हल्ला चलिरहे पनि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले कुनैपनि हालतमा पार्टी नफूट्ने दाबी गरेका छन् । प्रचण्ड निकट देखिएका खनालले पार्टी भित्र अन्तरसंघर्ष र बहस चलिरहे पनि ७१ वर्षको संघर्षले एकता भएको पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका हुन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण भएको अस्पतालको शिलान्यास र आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले भने, ‘अहिले पार्टी अत्यन्त महत्वपूर्ण घडिबाट अघि बढिरहेको छ, अन्र्तसंघर्ष छन, आन्तरिक बहस चलिरहेका छ, यसले समस्या समाधान गराएर देशलाई तिब
इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको ६६ औं जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको हो । गत वर्षदेखि नै माङसेबुङ गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयलाई गाउँपालिकाले यसवर्ष पनि निरन्तरता दिएको छ । किरात धर्मगुरु लिङदेनले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप सार्वजनिक विदा दिइएको मागसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले जानकारी दिए ।
धरान । दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केद्रिय विश्वविद्यालयको रुपमा स्थापित गर्न कानुनी प्रक्रिया अघि बढेको छ । प्रतिष्ठानको नाम परिवर्तन गरी वीपी कोइराला चिकित्सा विज्ञान केन्द्रिय विश्वविद्यालयमा रुपान्तरण गर्न सरकारले प्रक्रिया अघि बढाएको हो । विश्वविद्यालयको रुपमा स्थापना गर्न तयार भएको ऐनको मस्यौदा स्थानीय तहमा छलफलका लागि पठाएको छ । ऐन माथि छलफल गरे पछि आवश्यक सुझाव पुनः विश्व विद्यालय निर्माण सुझाव कार्यदलमा पुग्नेछ । कार्यदलको अन्तिम सुझाव तयार भए पनि संघीय संसदमा पेश हुने प्रतिष्ठानकी संचालक परिषद सदस्य तथा विश्व विद्
विराटनगर । सरकारले आर्थिक वर्षभित्र मुलुकभर ३ सय ९६ आधारभुत अस्पताल थप्ने निति तथा कार्यक्रम अनुसार प्रदेश १ मा सोमबार ८६ वटा अस्पतालको शिलान्यास गरिएको छ । प्रदेशभर ५ शैयाका २७, १० शैयाका १४ र १५ शैयाका ४५ गरी जम्मा ८६ वटा अस्पताल निर्माण हुने भएका छन । देशभर अस्पताल निर्माण गर्न गत आर्थिक वर्षमा नै सम्भाव्यता अध्ययन भएको थियो । आयोजना सम्पन्न गर्न सरकारले ५८ अर्ब रुपैयाँ छुट्याएको छ । स्रोत, साधन, जनशक्ति व्यवस्थापन लगायतका पक्षमा सुक्ष्म अध्ययन गरी आयोजना शुरु गरिएकाले समयमै लक्ष्यमा पुगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन । मोरङमा सात
इलाम/ इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यू भएको र एक जनाको अवस्था जटिल रहेको स्थानीय जनप्रतिनिधि कृष्ण कुमार राईले जानकारी दिए । पिकअपका चालक समेत गम्भिर घाईते भई इलाम अस्पताल ल्याउँदै गरेको राईले जानकारी दिए । सोमबार दुर्घटना भएको को पिकअप नम्बर समेत पत्ता लागेको छैन । पिकअप लुम्देस्थित कुलुङ्गे ट्रनिङबाट करिब हजार मिटर तल खसेको राईको भनाई छ । मृतकको नाम समेत खुल्न सकेको छैन । मृतकहरु पिकअपरसब्जी व्यापारीका मालिकहरु रहेको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ । त्यहाका स्थानीय तथा प्रहरी, जनप्रतिनिधि उदारका लाग
धरान/ लघुचलचित्र ‘द रेडमुन’को छायाङ्कन सकिएको छ । गत शनिबार शुभमुर्हत गरिएको चलचित्रको छायाङ्कन आइतबार सकिएको हो । थिएटर सहाराको प्रस्तुति रहेको लघु चलचित्रको निर्देशन रविन श्रेष्ठले गरेका छन् । कथा पनि उनकै रहेको छ । यसका निर्माता नवीन मेन्याङ्वो छन् भने क्यामेरामेन लुज सिंह छन् । माओवादीको सशस्त्र द्वन्द्वकालमा गाउँले जनजीवनमा यसले पारेको प्रभावलाई चलचित्रमा देखाइने निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘कथा नयाँ छ, गज्जब छ, प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने प्रयास गरिएको छ ।’ चलचित्र १५ देखि २० मिनेटको हुने श्रेष्ठले जनाए । अन्तराष्ट्रिय चलचित्र महोत्सवलाई लक्ष