धरान / धरान उपमहानगरपालिकाकी उप प्रमुख तथा नेकपा एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारीको पहलमा पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य विमा बोर्डमा रोकिएको रकम आउने भएको छ ।
उपप्रमुख भण्डारीले विहिबार बोर्डका निर्देशकलाई भेटि प्रतिष्ठानले सोधभर्ना बाफत पाउने रकम तत्काल भुुक्तानी दिन पहल गरेकी थिइन । भण्डारीको पहलपछि बोर्डले यो साता भित्र दश करोड रुपैया भुक्तानी दिने र बाकी यो महिना भित्र भुक्तानी दिने प्रतिबद्धता जनाएको हो ।
जनताको स्वास्थ्य उपचार जस्तो विषयमा गम्भिर बन्न र कुनैपनी बाहानामा सुुविधा नरोक्न आफुले माग गरेको उपमेयर भण्डारीले बताईन । अब विपीको रोकिएको पैसा आउछ,विरामीले विमाबाट उपचार गर्न पाउछन् र पाउनुु पर्छ उनले भनिन् । विहिबार मात्रै नेकपा एमाले सहित विभिन्न समुहले प्रतिष्ठानले विमा सेवा बन्द गर्न लागेको भन्दै आपती जनाएका थिए । प्रतिष्ठानले बुधबार सुूचना जारी गर्दै स्वास्थ्य सेवा बोर्डबाट रकम प्राप्त नभएका कारण चैत्र १५ गते बाट विमा सेवा बन्द गर्ने जनाएको थियो ।