बिपिको समस्या समाधानमा उपमेयरको सक्रियता "एक साता मा १० करोड आउने , स्वस्थ्य बिमाको सेवा नरोकिने"

  • चैत १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान उपमहानगरपालिकाकी उप प्रमुख तथा नेकपा एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारीको पहलमा पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य विमा बोर्डमा रोकिएको रकम आउने भएको छ ।

उपप्रमुख भण्डारीले विहिबार बोर्डका निर्देशकलाई भेटि प्रतिष्ठानले सोधभर्ना बाफत पाउने रकम तत्काल भुुक्तानी दिन पहल गरेकी थिइन । भण्डारीको पहलपछि बोर्डले यो साता भित्र दश करोड रुपैया भुक्तानी दिने र बाकी यो महिना भित्र भुक्तानी दिने प्रतिबद्धता जनाएको हो ।

जनताको स्वास्थ्य उपचार जस्तो विषयमा गम्भिर बन्न र कुनैपनी बाहानामा सुुविधा नरोक्न आफुले माग गरेको उपमेयर भण्डारीले बताईन । अब विपीको रोकिएको पैसा आउछ,विरामीले विमाबाट उपचार गर्न पाउछन् र पाउनुु पर्छ उनले भनिन् । विहिबार मात्रै नेकपा एमाले सहित विभिन्न समुहले प्रतिष्ठानले विमा सेवा बन्द गर्न लागेको भन्दै आपती जनाएका थिए । प्रतिष्ठानले बुधबार सुूचना जारी गर्दै स्वास्थ्य सेवा बोर्डबाट रकम प्राप्त नभएका कारण चैत्र १५ गते बाट विमा सेवा बन्द गर्ने जनाएको थियो ।

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved