सुन्दरहरैँचामा पञ्चवर्षीय योजनामा छलफल 

  • चैत ११, २०७८
  • " पारस सुवेदी"
alt

 

धरान  । मोरङको सुन्दरहरैँचा नगरपालिकाले वडा स्तरिय पञ्चवर्षीय योजनाहरू तयार गर्न थालेको छ ।

बुधबार वडा नम्बर ४ ले स्थानीय, राजनीतिज्ञ, पाटीका प्रतिनिधि, टोल विकासका अध्यक्षहरूको सहभागितामा आगामी दिनमा वडामा विकास गर्नुपर्ने विषयहरूमा छलफल गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि भौतिक संरचना लगायतका क्षेत्रमा देखा परेको समस्या र तिनको समाधानका लागी आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा वडा अध्यक्ष र पाटीका प्रतिनिधिबीच उक्त छलफल गरिएको हो ।

छलफलबाट समस्या र सहभागिता बाट आएका विचारहरूलाई टिपोट गरी आगामी दिनमा वडालाई नमुना वडा बनाउँदै अगाडि बढ्ने वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । वडामा भएका शिक्षामा सुधार गर्नुपर्ने विषय, ढल निकासको सबैभन्दा बढि समस्या रहेका समस्यालाई वडाले पञ्चवर्षीय योजना भित्र राखेर महत्वका साथ नमुना वडा बनाउन अगाडि बढेको उनले बताए ।

पञ्च वर्षीय योजना नेपाल सरकारले गर्दै आए पनि यस वर्ष देखि वडाले नै पहिचान गर्दा ५ वर्ष सम्म शिक्षा स्वास्थ्य यातायात कृषि लगायतमा योजना तर्जुमा गर्न सहज हुने सहभागीहरूले बताएका छन् । मंगली टोल विकास सस्था अध्यक्ष नारायण श्रेष्ठले भने, ‘स्थानीय सरकार आएपछि धेरै समस्या समाधान भएका छन् हरेक क्षेत्रमा कालोपत्रे भएको छ, गरिब असहाय, अपाङ्गका क्षेत्रमा विभिन्न प्याकेजका कार्यक्रम ल्याएर आत्मनिर्भर बनाउने काम भएतापनि अझै केही रहेका समस्याहरू यसरी पहिचान गर्दा समस्या समाधान हुनेछ ।’

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved