धनकुटाका स्थानीय तहमा करोडौको बेरुजु

  • चैत १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धनकुटाका स्थानीय तहमा ७० करोड रुपैयाभन्दा बढी रकम बेरुजु रहेको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएको जिल्लास्तरीय समीक्षा कार्यक्रममा स्थानीय तहले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तहको ७० करोडभन्दा बढी बेरुजु रहेको देखिएको हो ।

धनकुटामा रहेका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकाले गरेका प्रतिवेदनमा ७० करोड ६४ हजार २४२ रुपैयाँ बेरुजु देखाएका छन् । धनकुटामा सदरमुकाममा रहेको धनकुटा नगरपालिकामा गत आर्थिक वर्ष ०७७÷७८ सम्म २० करोड ७८ लाख २२ हजार रुपैयाँ बेरुजु रहेको छ । सोही वर्ष १ करोड ३१ लाख १९ हजार रुपैयाँ बेरुजु थपिएको हो भने ४६ लाख ९० हजार बेरुजु फर्छयौट भएको छ ।

महालक्ष्मी नगरपालिकामा गत आर्थिक वर्ष ०७७÷७८ सम्म १७ करोड १६ लाख ६२ हजार ७ सय ३२ रुपैयाँ बेरुजु छ । २ करोड ७४ लाख ८० हजार १ सय १९ रुपैयाँ बेरुजु थपिएको हो भने ५ करोड ८५ लाख २ हजार २ सय ६८ बेरुजु फर्छ्यौट भएको छ ।

यता पाख्रिवास नगरपालिकामा गत आर्थिक वर्ष ०७७÷७८ सम्म ७ करोड २० लाख ६३ हजार रुपैयाँ बेरुजु रहँदा १ करोड ९२ लाख रूपैयाँ बेरूजु थपिएको हो भने ३ करोड ३९ लाख ५० हजार बेरुजु फर्छ्यौट भएको छ ।

यस्तै साँगुरीगढीमा आर्थिक वर्ष ०७७÷७८ सम्म ९ करोड ३ लाख १७ हजार ८९९ रुपैया बेरुजु रहँदा ९ करोड ४७ लाख १० हजार २ सय ३ रूपैयाँ बेरुजु थपिएको हो भने ४३ लाख ९२ हजार ३ सय रुपैयाँ बेरुजु फर्छ्यौट भएको छ ।

यता छथर जोरपाटी गाउँपालिकामा गत आर्थिक वर्ष ०७७÷७८ सम्म ६ करोड ९० लाख १९ हजार ६ सय ११ रुपैयाँ बेरुजु रहँदा ९८ लाख २९ हजार ७९७ रुपैयाँ बेरुजु थपिएको छ भने २ करोड ६४ लाख ७० हजार १ सय ७९ बेरुजु फर्छ्यौट भएको छ ।

यस्तै चौबिसे गाउँपालिकामा गत आर्थिक वर्ष ०७७÷७८ सम्म ५ करोड ३२ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेको छ भने २ करोड ९ लाख ६६ हजार रुपैयाँ बेरुजु थपिएको छ । यता सहिदभूमि गाउ“पालिकामा आर्थिक वर्ष ०७७÷७८ सम्म ३ करोड ५८ लाख ९३ हजार रुपैयाँ बेरुजु हुँदा १ करोड २७ लाख ६ हजार रुपैयाँ बेरुजु थपिएको छ भने २ करोड ९१ लाख ५७ हजार बेरुजु फर्छ्यौट भएको छ ।

कानुनविपरीत भएको खर्च सरकारी निकायले फर्छ्यौट गर्न नसक्दा बेरुजु रकम अझै बढेको हो । देश संघीय संरचनामा गएपछि स्थानीय तहले कानुन विपरीतका खर्च बढाउँदै लगेकाले यस्तो अवस्था आएको हो । स्थानीय तहले बजेट व्यवस्थापन, आयोजना कार्यान्वयन, सोझै खरिद, बिलभर्पाई लगायत विषयमा कुनै सुधार नगरेको पाइएको छ ।

धरानका सन्तोष लामिछा ...

सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लाम ...

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved