‘बीमा उपचार सेवा बन्द गर्नुहुँदैन’

  • चैत ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर गुगल

धरान । स्वास्थ्य बिमा बोर्डले बिमा वापतको रकम शोधभर्ना नदिए पछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चैत्र १५ गते देखि बिमा उपचार सेवा बन्द गर्ने निर्णय गरे पछि बिमा गरेका नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

सर्वसाधारणले उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारले लागू गरेको वीमाबाट नियमित उपचार गराउँदै आएका नागरिकले चिन्ता व्यक्त गरेका थिए । झापाको दमकबाट प्रतिष्ठानमा उपचारका लागि आएकी दुर्गा रिजालले अहिलेसम्म विमाबाट नै उपचार गर्दै आएको बताइन् ।

सरकारले ल्याएको वीमा उपचार सेवा गरिब तथा असहायका लागि उपयुक्त रहेको बताउदै बन्द गर्न नहुने बताइन् । उनी भन्छिन्, ‘मेरो खुट्टा भाच्चिएपछि नियमित रुपमा बीपीमै उपचार गराइरहेकी छु, एक लाख सम्मको छुट हुँदा शल्यक्रिया लगायत अन्य उपचारमा सहज थियो ।’

त्यस्तै धनकुटाबाट आएका प्रेम आलेले समेत प्रतिष्ठानले हचुवाको भरमा यस्तो निर्णय गर्न नहुने बताए । उनले भने, ‘गरिब तथा सहायका लागि वीमा उपचार सेवा स्वास्थ्य सेवामा बरदान नै सावित भएको छ, यो हटेको खण्डमा धेरै मारमा पर्छन् ।’

अहिले प्रतिष्ठानले विमा उपचार सेवा बन्द गर्ने निर्णय गरेसँगै सर्वत्र विरोध हुन थालेको छ । बीपीले हचुवाको भरमा सर्वसाधारणलाई उपचारबाट बञ्चित हुने खालको निर्णय गरेको भन्दै धरानको नागरिक अगुवाहरुले प्रतिष्ठानमै पुगेर ज्ञापनपत्र समेत बुझाएका छन् ।

नागरिक अगुवा हर्क साम्पाङको टोलीले विमा सेवालाई सुचारु गर्नुपर्ने भन्दै प्रतिष्ठानको प्रशासनिक भवनमा पुगेर डेपुटी अस्पताल निर्देशक डा.विकास साहलाई ज्ञापन पत्र पनि बुझाएका छन् । ज्ञापनपत्र बुझाउदै साम्पाङले वीमालाई सुचारु गर्न माग गरे । उनले भने, ‘सरकारले गरिब तथा असहायहरुका लागि ल्याएको विमा सेवा प्रतिष्ठानले बन्द गर्नुहुदैन, यसबाट ७० प्रतिशत विरामी उपचारबाट बञ्चित हुनेछन् ।’

उनले वीमा बोर्ड र प्रतिष्ठानको आन्तरिक विषय आफूहरुलाई थाहा नभएको बताउदै राज्यबाट सर्वसाधारणले पाउने स्वास्थ्य सेवा सर्वसधारणले पाउनुपर्ने बताए ।

स्वास्थ्य विमा अन्तर्गत विमितहरुलाई उपचार सेवा दिएवापत विमा बोर्डले प्रतिष्ठानलाई दिनुपर्ने २६ करोड भन्दा बढी रकम नदिएको भन्दै चैत्र १५ देखि विमा सेवा बन्द गर्न लागेको हो । तर वीमा बोर्डले भने प्रतिष्ठानले समयमै विल भौचर लगायतका आवश्यक डकुमेन्ट बोर्डलाई नबुझाएकै कारण समयमा रकम आउन नसकेको बताउदै आएको छ । प्रतिष्ठानमा आएका विरामीमध्ये ७० प्रतिशत भन्दा बढी विरामी विमाबाट नै उपचार गराउने गरेको बताइएको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved