सनातन पहिचान सहित हिन्दूराष्ट्रको माग

  • चैत १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपालमा सनातन पहिचान सहितको हिन्दूराष्ट्र निर्माणमा देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

राष्ट्र शक्ति नेपाल जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले दलीय स्वार्थका कारण नेपालको पहिचानका रुपमा रहेको सनातन हिन्दूराष्ट्र र राजतन्त्रको अन्त्य भएको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय युवा शक्ति नेपालका संगठन विभाग प्रमुख विराज विष्टले संघीयता विखण्डनको बिउ भएकाले खारेजीको मुद्दालाई पनि अघि सारेको प्रस्ट्याए ।

उनले सनातन पहिचान सहितको हिन्दूराष्ट्रको मुद्दालाई राष्ट्र शक्ति नेपालले सशक्त रुपमा उठाएको जानकारी दिए । “संघीयता विखण्डनको बिउ हो, यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो माग हो,” उनले थपे, “त्यसबाहेक हिन्दूराष्ट्र सहितको राजतन्त्र हुनुपर्छ । अहिलेको व्यवस्थाले मुलुक कमजोर भएको छ । यो व्यवस्थाले आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्र तहसनहस भएको छ ।” पूर्वमन्त्री विष्टले अहिलेको संविधान खारेज गरेर मुलुकमा २०४७ सालको संविधान लागू गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्र र राष्ट्रियता नेपाली नागरिकले बोक्न आवश्यक रहेको बताए । “दलहरूले विगत ७० वर्षदेखि जनतालाई पछाडि हिंडाउने काम मात्रै गरे,” विष्टले भने, “अब पनि दलहरूको झोले भएर हिंड्यौ भने हामीलाई भावीपुस्ताले माफी दिने छैनन् ।”

कार्यक्रममा राष्ट्र शक्ति नेपालका केन्द्रीय अभियन्ता मोहित चौधरी, रामप्रसाद गिरी, प्रदेश–१ का संयोजक दीपबहादुर खापुङ, मोरङ अध्यक्ष केशवप्रसाद रिजाल लगायतले २०४७ सालको संविधान फर्काएमा मुलुकका धेरै समस्या समाधान हुने जिकिर गरे । उनीहरूले अहिलेको संविधानलाई आत्मसाथ गरेर अगाडि बढ्न नसक्ने बताए । संघीयतालाई मुलुकले थाम्न नसक्ने अवस्था देखिएको उनीहरूको भनाइ थियो ।

राष्ट्र शक्तिले देशका ७३ जिल्ला र देशबाहिर १० वटा मुलुकमा संगठन विस्तार गरिसकेको मोरङ अध्यक्ष रिजालले जानकारी दिए । पूर्वमन्त्री, सचिव, प्रहरीसहित समाजका विभिन्न क्षेत्रका उच्च पदस्थ ४ सयभन्दा बढी केन्द्रीय अभियन्ताहरू राष्ट्र शक्ति नेपालमा आबद्ध रहेको उनको भनाइ थियो ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved