धरान । बिराटनगर स्थित नोवेल शिक्षण अस्पतालले पुनः इआरसिपी सेवा सुरु गरेको छ ।
कोराना कारण स्थगित भएको इआरसिपी सेवा करिब २ बर्ष पछि पुनः सुरु गरिएको हो । विना चिरफार नै पित्तनलिको पथरिया निकाल्न थालिएको छ । मुखबाट इण्डोस्कोप छिराएर पित्त नलिमा रहेको पथरियालाई विना चिरफार निकालिने विधि नै ईआरसिपी हो । पित्त नलिको ढुङ्गा निकाल्दा पेट र पित्तनलि दुबै चिरेर निकाल्ने गरिन्छ । तर इआरसिपी विधि बाट चिरफार नगरि मुखबाट इण्डोसकोप छिराएर पथरिया निकाल्ने गरिन्छ । यो विधि बिमारीहरुको लागि सहज र फाइदाजनक मानिन्छ ।
नेपालको तुलनामा कमै मात्रै अस्पतालमा यो विधि प्रयोग भएको पाईन्छ । पुर्वी नेपालमा नै पहिलोपटक २०७५ सालदेखि नोवेलले यो विधि प्रयोगमा ल्याएको थियो । तर कोराना माहामारी बढ्दै गए संगै यो सेवा बन्द गरिएको थियो । कोराना संंक्रमण घटे पछि नोवेलका डा. मोहन खड्का र अमिन भट्टराईको टिमले पुनः इआरसीपी सुरु गरेका हुन । यो विधि बाट छिटो र छरितो तरिकाले ढुङ्गा निकाल्न सकिने भएकाले बिरामीलाई कुनै असर नपर्ने र बिमारी दुई दिन मानै निको भएर घर फर्कन सक्ने डा. भट्टराईले बताए । बिमारी छिटै निको हुने भएकाले अस्पतालको बसाइ खर्च समेत कम हुने भएकाले इआरसीपी विधि एकदमै प्रभावकारी हुने डा.भट्टराईले बताए । आन्द्राको क्यान्सर, पित्तनलिको क्यान्सर र पेङ्क्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि उपयुुक्त र लाभदायक हुने चिकित्सकहरुको भनाई छ ।