Top 4

    Showing 6,911-6,920 of 9,401 items.
  • खेलकुद महासंघ इटहरीमा गुरागाईँ

    सुनसरी/ नेपाल खेलकुद महासंघ इटहरीको नगर कमिटीमा ढुण्डीराज गुरागाई चयन भएका छन् । गत सोमबार भएको एक भेलाले इटहरी ६ का व्यवसायी तथा भलिबल खेलाडी गुरागाईको अध्यक्षतामा समिति गठन गरेको हो । भेलाले गुरागाईको अध्यक्षमा ६१ सदस्यीय कार्य समिति बनाएको छ । समितिको उपाध्यक्षमा सुजन चौधरी र सचिवमा रोहित कोइराला चयन भएका छन् । नेपाल खेलकुद महासंघको प्रथम नगर भेलामा प्रमुख आतिथ्य नेकपा एमालेका नगर अध्यक्ष यामकुमार सुब्बाको रहेको थियो । इटहरीका विभिन्न वार्ड अध्यक्षहरूको सहभागितामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्यले शपथ ग्रहण गराएका थिए । सबै वार्डबाट प्रतिनिधित्व हुने गरी काम

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,124 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेल मेडिकल कलेजमा तालाबन्दी

    धरान । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले विराटनगर स्थित नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । आयोगले तोकेको शुल्क भन्दा बढी रुपैया मागेको भन्दै अनेरास्ववियु मोरङको नेतृत्वमा एमबीबीएस अध्ययनरत विद्यार्थी तथा अन्य विद्यार्थी संगठनहरुले मंगलबार कलेजमा तालाबन्दी गरेका हुन् । विगत केही दिन देखी निरन्तर आन्दोलनमा रहेका विद्यार्थीहरुले मंगलबार कलेजका प्रिन्सीपल रामहरी घिमिरेलाई अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थी नेता तुलसी घिमिरेले भने, ‘हिजो हामीले अल्टिमेटम सहीतको ज्ञापन पत्र कलेजलाई बुझाएको थियौ वार्ताको लागी अहिल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 944 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • धरान आदर्शको म्याराथुनमा रिजन र आयुशा प्रथम

    धरान । धरान डे को अवसरमा धरान आदर्श माध्यमिक विद्यालयले मंगलबार १० औँ मिनि म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको सप्ताहब्यापी खेलकुद पुष २५ गतेबाट सुरू हुँने भए पनि धरान डेको अवसरमा मिनि म्याराथुन प्रतियोगिता मंगलबार नै आयोजना गरिएको विद्यालयले जनाएको छ । म्याराथनमा छात्र तर्फ कक्षा १२ मा अध्ययनरत बिजनेस संकायका रिजन श्रेष्ठ र छात्रा तर्फ कक्षा ११ की मेनेजमेन्ट संकायमा अध्ययनरत आयुशा लिम्बू पहिलो भएका छन् । त्यस्तैगरी छात्र तर्फ कक्षा ११ मा अध्ययनरत एच.एमका सुदिप राई दोस्रो, कक्षा १२ मा अध्ययनरत साइन्स संकायका सन्तोस राई तेस्रो र कक्षा १२ का बिजनेस संकायमा अध्यय

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किसानप्रति उत्तरदायी बन

    हाम्रो देश कृषिप्रधान भएको यथार्थ सबैलाई थाहा हुँदा हुँदै पनि कृषिमैत्री नीति तथा कार्यक्रम नहुँदा कृषि क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन । कतिपय नीति तथा कार्यक्रम कृषिमैत्री नै भए पनि प्रभावकारी कार्यान्वयनको अभावमा अपेक्षित परिणाम हात पर्न सकेको छैन । कार्यान्वयन पक्ष फितलो हुँदा राज्यको लगानी खेर गइरहेको छ । कृषकको आय आर्जनका साथै मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सुरु गरिएका कतिपय कार्यक्रमबाट न किसानले आय आर्जन गर्न सकेका छन्, न त मुलुकको आर्थिक विकासमै टेवा पुग्न सकेको छ । यसरी हाम्रा नीति तथा कार्यक्रमहरू किन नतिजामुखी हुन नसकेका हुन् र यो निकै गम्भीर प्र

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 600 पटक पढिएको
    • "राजेश विद्रोही"
  • माछा पोखरीमा डुबेर बिराटनगरमा १ जनाको मृत्यु

    मोरङ/ माछा पोखरीमा डुबेर मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङ बिराटनगर महानगरपालीका ११ मा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका २८ वर्षीय सुजन कामतको मृत्यु भएको हो । गत पौष १५ गते देखी हराइरहेका कामतको खोजतलासी गर्ने क्रममा हिजो (मंगलबार) पोखरीमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,405 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी ए डिभिजन लिग:जागृति र धरान सेमिफाइनलमा

    सुनसरी/ राष्ट्रिय जागृती क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेका हुन् । यो सँगै जिल्ला लिगको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहिबार पहिलो खेल खेल्दा सोही दिन राष्ट्रिय जागृती क्लबले धरानको गोधुली फुटबल क्लबसंग दोस्रो खेलमा प्रतिष्पर्धा गर्नेछ । इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा जागृती क्लबले लगातार तेस्रो जीत निका

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 850 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • त्रिमुर्ती सहकारी प्रकरणः आर्थिक घोटाला लुकाउन अध्यक्षको चलखेल

    मोरङ/ लाखौं रुपैयाको घोटाला लुकाउन मोरङ स्थित रंगेली नगरपालिका ९ मा रहेको त्रिमुर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहितका सञ्चालकहरुले आफु अनुकुल साधारणसभा गराउन लागेका छन् । संस्थाका अध्यक्ष चन्द्रप्रसाद निरौलाको समुहले सहकारीबाट लाखौं रुपैया अपचलन गरेको अडिट रिपोर्ट सहित छानबिन समितीको प्रतिवेदनले पुष्टि गरिसकेको छ । १५ वर्ष देखि अध्यक्ष पदमै रहेका निरौलाले आफ्नो कार्यकालमा गरेको अपचलनहरु लुकाउन आर्थिक वर्ष २०७७÷७८ को साधारणसभा आफु अनुकुल गराउन लागेको शेयर सदस्यहरुको आरोप छ । आर्थिक वर्ष २०७४÷७५ को साधारणसभामा निरौलाले गरेको आर्थिक अपचलन बाहिरिएको थियो । उनले गरेको ल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ व्यापार संघको सदस्य पदको निर्वाचन सम्पन्न

    धरान/ मोरङ व्यापार संघको ३३ औं कार्यकारिणी समितिको सदस्य पदका लागि मंगलबार निर्वाचन सम्पन्न भएको छ । संघको पदाधिकारी निर्वाचनका लागि बनेको आयोगका अनुसार उम्मेदवारहरु सर्वसम्मत निर्वाचित भएका हुन् । कार्यकारिणी समितिको सदस्य पदका लागि परेको वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना उम्मेदवार निर्विरोध भएका हुन् । संघको विधान, नियमावली अनुसार उम्मेदवारी परेकाले निर्विरोध भएको आयोगले जनाएको छ । निर्वाचनबाट वाणिज्य तर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानियां, सुशिल सुराना र राजेश अग्रवाल रहेका छन् भने उद्योग तर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेद

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेलका आन्दोलनरत विद्यार्थीलाई अखिलको समर्थन

    धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क माग गरेको भन्दै नोबेल मेडिकल कलेजमा चरणबद्ध आन्दोलनमा रहेका एमबीबीएस विद्यार्थीहरुलाई एमाले निकट अनेरास्ववियु मोरङले समर्थन जनाएको छ । नोबेलले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई प्रवेशमा रोक लगाएको विरोधमा अस्पताल परिसरमा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । अनेरास्ववियुले समर्थन जनाउँदै आन्दोलनमा सहित नेताहरू सहभागी भएका छन् । मंगलबार अनेरास्ववियू र एमबीबीएस अध्ययनरत विधार्थीहरुले संयुक्त आन्दोलन गर्दै मानव साङ्लो बनाएर अस्पताल परीषर घेरावन्दी गरेका थिए । त्यस्तै कागजको नमूना पैसा बनाएर अस्पताल प्रशा

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 1,261 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • “धरान डे धरानको कि कांग्रेसको मात्र हो ?”

    आज बिजयपुरको ईतिहास लाई छोडेर धरान शहर स्थापना भएको प्रसङ्ग लाई जोडेर ुधरान डेु मनाउने स्थानिय सरकारले निर्णय गरेको छ। यो खुसिको कुरा हो धरानवासीहरुका लागि । सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा हुने भएको हुँदा यसले धरानको महत्व बढाएको महसुस गर्न सकिन्छ। हामी धराने जनताले तिरेको कर बाट भुक्तानी हुने गरि सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउदै हुनुहुन्छ। उहाको स्वागतमा हामी सबै आतुर छौ तर बिडम्बना धरान शहर यति खेर नेपाली झण्डा र धरानको लोगो अङ्कित झण्डाले झकिझकाउ हुन पर्ने थियो तर आज नेपाली काङ्ग्रेसको झण्डाले मुल सडक रंगिन छ। हो उहाँ नेपाली काङ्ग्रेसको सभापति पनि हुनुहु

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 1,725 पटक पढिएको
    • "रवि खनाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved