सुनसरी ए डिभिजन लिग:जागृति र धरान सेमिफाइनलमा

  • पुस २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ राष्ट्रिय जागृती क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेका हुन् । यो सँगै जिल्ला लिगको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहिबार पहिलो खेल खेल्दा सोही दिन राष्ट्रिय जागृती क्लबले धरानको गोधुली फुटबल क्लबसंग दोस्रो खेलमा प्रतिष्पर्धा गर्नेछ ।

इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा जागृती क्लबले लगातार तेस्रो जीत निकाल्ने क्रममा धरानको टेम्के क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै समुहको शिर्ष स्थान सहित सेमिफाइनल प्रवेश गरेको हो । उसको जितमा म्यान अफ द म्याच निकेष तामांङले खेलको २१ औं मिनेटमा गोल गर्दा स्मित तामांङले २५ औं मिनेटमा गोल गरे ।

दोस्रो खेलमा धरान फुटबल क्लबले इटहरी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै समुह उपबिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । धरानको जितमा सुगम जीमी र रिवश मास्केले एक–एक गोल गरे । जीमीले खेलको १९ औ र मास्केले २९ औं मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच रिवश मास्के घोषित भए । उनलाई प्रेष युनियन सुनसरीका सचिव बिबेक भटराई र समाजसेवी तीर्थ पराजुलीले नगद १ हजार ५ सय र मेडल प्रदान गरे । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ ।

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

पति युवतीको कोठामा ग ...

झापा / झापाको अर्जुनधारा नगरपालिका–८ मा सोमब ...

झापामा लागुऔषध डिलर ...

 झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved