नोबेल मेडिकल कलेजमा तालाबन्दी

  • पुष २१, २०७८
  • सन्जोग बाबु दाहाल
alt

धरान । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले विराटनगर स्थित नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।

आयोगले तोकेको शुल्क भन्दा बढी रुपैया मागेको भन्दै अनेरास्ववियु मोरङको नेतृत्वमा एमबीबीएस अध्ययनरत विद्यार्थी तथा अन्य विद्यार्थी संगठनहरुले मंगलबार कलेजमा तालाबन्दी गरेका हुन् । विगत केही दिन देखी निरन्तर आन्दोलनमा रहेका विद्यार्थीहरुले मंगलबार कलेजका प्रिन्सीपल रामहरी घिमिरेलाई अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए ।

विद्यार्थी नेता तुलसी घिमिरेले भने, ‘हिजो हामीले अल्टिमेटम सहीतको ज्ञापन पत्र कलेजलाई बुझाएको थियौ वार्ताको लागी अहिले सम्म पहल नभए पछि बाध्य भएर हामीले ताला लगाएका हौं ।’ विद्यार्थीको माग पुरा गर्न यथाशिघ्र वार्ताको पहल नगरे सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने विद्यार्थी नेता विरेन्द्र घिमिरेले बताए ।

269430360_1000182590533911_5093209964694734414_n 269859993_439301974341982_5837002586405949290_n 269981463_2039622619536797_4081236694871698266_n 270152324_1623277094699372_2307330652377861268_n 270777863_616132132832732_328457645578589096_n 269696809_942904759988317_6218392216347259509_n 269936626_2009632282544626_6881704289617407731_n

 

तालाबन्दीको क्रममा भएको झडपमा परी केही विद्यार्थीहरु सामान्य घाइते समेत भएका छन् । विद्यार्थीहरुबाट गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुल्न खोजेपछि विद्यार्थी र अभिभावकहरुले एक साता यता नोबेल प्रशासनको ध्यानाकर्षण गराउँदै स्थानीय प्रशासनमा समेत ज्ञापन पत्र बुझाएका थिए ।

अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरुलाई सुरक्षागार्ड लगाएर कक्षा कोठा पुग्नबाटै रोक्दै आएको थियो ।
विद्यार्थी नेता नवीन पहाडीले आयोगले तोकेको भन्दा बढी शुल्क नलिन र लिएको रकम चाडै फिर्ता गरेर विद्यार्थीहरुलाई अध्ययनका लागी सहज वतावरण सिर्जना नगरे थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved