मोरङ/ माछा पोखरीमा डुबेर मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङ बिराटनगर महानगरपालीका ११ मा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका २८ वर्षीय सुजन कामतको मृत्यु भएको हो ।
गत पौष १५ गते देखी हराइरहेका कामतको खोजतलासी गर्ने क्रममा हिजो (मंगलबार) पोखरीमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।