“धरान डे धरानको कि कांग्रेसको मात्र हो ?”

  • पुस २०, २०७८
  • "रवि खनाल"
alt

आज बिजयपुरको ईतिहास लाई छोडेर धरान शहर स्थापना भएको प्रसङ्ग लाई जोडेर ुधरान डेु मनाउने स्थानिय सरकारले निर्णय गरेको छ। यो खुसिको कुरा हो धरानवासीहरुका लागि ।

सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा हुने भएको हुँदा यसले धरानको महत्व बढाएको महसुस गर्न सकिन्छ। हामी धराने जनताले तिरेको कर बाट भुक्तानी हुने गरि सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउदै हुनुहुन्छ। उहाको स्वागतमा हामी सबै आतुर छौ तर बिडम्बना धरान शहर यति खेर नेपाली झण्डा र धरानको लोगो अङ्कित झण्डाले झकिझकाउ हुन पर्ने थियो तर आज नेपाली काङ्ग्रेसको झण्डाले मुल सडक रंगिन छ।

हो उहाँ नेपाली काङ्ग्रेसको सभापति पनि हुनुहुन्छ र पशुपतिको जात्रा सिद्राको व्यापार भने झै औपचारिक कार्यक्रम कै विचमा पार्टिका कार्यक्रममा सरिक हुनु अपराध होईन। तर नगर क्षेत्र भरी नै कुनै एउटा पार्टिको झण्डा मात्रै राखेर, पार्टिको कार्यक्रममा मात्रै केन्द्रीत गराउने र धरान डे लाई ओझेलमा पार्ने काम किमार्थ पनि राम्रो होईन। के पब्लिक स्कुलको ग्राउन्ड भित्र मात्रै धरान डे मनाउने हो धरान उपमहानगर पालिकाले रुरु नगर भित्रका क्षेत्र चाहिँ नेपाली काङ्ग्रेसलाई जिम्मा लगाएको हो उपमहानगरपालिकाले ?

congress_1 congress

अन्य विवादित कार्यक्रमहरु गर्ने प्रयत्न र धरान डे लाई काङ्रेसिकरण गर्ने नगर प्रमुख तिलक राईका कारण आज सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति नै विवादित बनाउने र धरानबासिले विरोध गर्ने अवस्था सृजना हुनु दुःखद हो। सम्बद्ध सबै सरोकार वालामा यस विषय प्रती गम्भीर ध्यानआकर्षक गराउदै यस्तो बेथितिको विरोध गर्न हार्दिक अपिल गर्न चाहन्छु।

रवी खनालको फेसबुकबाट

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved