Top 4

    Showing 6,821-6,830 of 9,401 items.
  • ‘सरकार निर्वाचन सार्ने षडयन्त्र गर्दैछ’

    धरान । गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्रमा लागेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । निर्वाचन ऐनको आधारमा चैत ५ गतेभित्र स्थानीय तह निर्वाचन हुनुपर्ने भएपनि गठबन्धन सरकारले चुनाव टार्न अनेक तानाबुना गरिरहेको उनले बताए । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव नगरी जनप्रतिनिधिविहिन बनाएर लोकतन्त्रविरुद्ध अघि बढेको भन्दै यो षडयन्त्रलाई जनताको बीचमा गएर दण्डित गर्ने बताएका छन् । उनले भने, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ ।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्षतिग्रस्त पश्चिम तटमा ‘स्पर’ बन्ने

    धरान । चतरा नहरमा पानी प्रवेश गराउन निर्माण गरिएका ‘स्पर’का कारण कोसी नदीले क्षति गरेको भन्दै आन्दोलित स्थानीयको माग सम्बोधन भएको छ । माग सम्बोधन भएपछि कोसीपीडित बेलका नगरपालिकाकावासीले अवरोध खोलेका छन् । सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा पानी प्रवेश गराउन बनाइएको ‘इन्टेक’मा पानी प्रवेश नभएपछि पानी ‘डाइभर्ट’ गर्न स्पर निर्माणका लागि जलस्रोत तथा सिंचाइ विभागबाट स्वीकृत भएर ठेक्का सम्झौता भई निर्माण व्यावसायीले काम थालेका थिए । सुनसरी मोरङ सिचाइ आयोजना अन्तर्गत कोशी नदीमा स्पर निर्माण कार्य विवादित बनेपछि सुनसरी र उदयपुर जिल्ला प्रशासनको ध्यानाकर्षण भएको हो ।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्रीलाई कालो झण्डा

    मोरङ । भागण्डा मिलाउनै लागि मन्त्री थप गर्ने र मन्त्रालय ट्क्र्याएको विरोधमा एमाले निकट विद्यार्थी संठठन अनेरास्ववियुले विरोध गर्दै प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएका छन् । अनेरास्ववियुका कार्यकर्ताले मुख्यमन्त्री राईलाई काठमाडौंदेखि विराटनगर आउने क्रममा कालो झण्डा देखाउने प्रयास गरेका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरूलाई कालो झण्डा देखाउन रोकेका थिए । तर, मुख्यमन्त्री राईको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरूले कालो झण्डा देखाउदै नाराबाजी गरेका थिए । उनीहरुले प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 832 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले पुरस्कृत गर्ने, फागुन १० गतेभित्र आवेदन दिइसक्नुपर्ने

    धरान । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । कामदार भिसामा विदेश गरी कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 824 पटक पढिएको
    • "रासस"
  • रेल्वे यार्ड निर्माण सम्पन्न गर्न संघको पहल

    धरान । एकिकृत भन्सार विन्दु (आइ.सि.पी.) मा निर्माणाधिन रेल्वे यार्डको शिघ्र निर्माण सम्पन्न गर्न मोरङ व्यापार संघले पहल थालेको छ । गत मंगलबार संघका अध्यक्ष नवीन रिजाल सहितको टोलिले निर्माणाधिन रेल्वे यार्डको निरिक्षण गर्दै शिघ्र कार्य सम्पन्न गर्न पहल गर्ने जनाएको छ । संघकै निरन्तर पहलबाट एकिकृत भन्सार विन्दुको निर्माण कार्य भएको थियो । आई.सी.पी.संचालनमा आईसकेको छ भने रेल्वे यार्डको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । निरीक्षणका क्रममा रिजालले रेल्वे यार्ड देखि आई.सी.पी., विराटनगरसम्मका लागि आवश्यक सडक र थप अन्य पूर्वाधारहरु विस्तार गर्ने कार्यहरु अघि बढि रहेको र आगामी मार्च २०२२ सम्म सम्

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,239 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छात्रालाई साईकल बितरण

    धरान । रंगेली नगरपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले संस्थागत तथा सामुदायिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गर्ने छात्राहरूलाई साईकल वितरण गरेको हो । नगरभित्र रहेका सामुदायिक तर्फका १२ वटा माध्यमिक बिद्यालयका २ सय ९६ छात्रा र संस्थागत तर्फका ८ वटा विद्यालयका १ सय ५ जना छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले गत बर्षको बार्षिक बजेटबाट साईकल खरिद गर्ने निर्णय गरेपछि साईकल खरिद गरेर बितरण गरेको हो । नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे नगरपालिका साईकल बितरण गरेको हो । कार्यक्रममाको प्रमुख अतिथि नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,081 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महालक्ष्मीमा औद्योगिक ग्राम बन्ने

    धरान । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर आले मगरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार औद्योगिक ग्राम निर्माण गर्न उद्योग मन्त्रालयले महालक्ष्मी नगरपालिकालाई ९२ लाख रुपैया उपलब्ध गराउँने भएको छ । मन्त्रालयबाट प्राप्त भ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन महिनाभित्र दलितको अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश

    धरान  । तीन महिनाभित्र दलितको हक अधिकार सुनिश्चत हुनेगरी आवश्यक व्यवस्था मिलाउन संघीय संसद सचिवालय र सरकारका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । दलित समुदाय र यो समुदायका व्यक्तिका समानता, विभेदहिनता, समता, समावेशीता, सहभागिता सम्बन्धी हक अधिकारको प्रचलन र समाजिक न्याय सुनिश्चित हुने आवश्यक प्रवन्ध गर्न रिट निवेदकले विपक्षी बनाएको व्यवस्थापिका संसद सचिवालय, नेपाल कानून आयोगसहित आठ वटा मन्त्रालयलाई यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले अधिवक्ता प्रकाश नेपालीले गरेको रिट निवेदनमाथी सुनुवाई गर्दै अदालतको आदेश प

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,088 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन गर्न दबाब प्रदर्शन

    धरान । स्थानीय तहको अवधि समाप्त हुनै लाग्दा दलहरुले जेष्ठ ४ गते एकै चरणमा निर्वाचन गराउने सहमति गरे पनि औपचारिक रुपमा निर्णय नभइसकेको अवस्थामा अहिले स्थानीय निर्वाचन तोकिएकै समयमा हुनुपर्ने दबाब शुरु भएको छ । स्थानीय तहको निर्वाचत गराउन दबाब दिदै प्रदेश एकका विभिन्न जिल्लामा कतै सडक बहस शुरु गरिएको छ भने कतै नमुना मतदान गर्दै दबाब दिन थालिएको छ । संविधानअनुसार तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने माग राख्दै एमाले निकट विभिन्न भातृसंगठनहरुले देशका विभिन्न जिल्लामा निरन्तर प्रदर्शन गर्दै आएको छन् । यसै क्रममा संविधानले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको बताउ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,118 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माघ बाटै शुरु भयो धरानमा खानेपानी अभाव

    धरान । पर्याप्त खानेपानी वितरण गर्ने भन्दै करिब डेढ अर्बको परियोजना संचालन हुँदा पनि धरानमा अहिलेदेखि नै खानेपानीको अभाव शुरु हुन थालेको छ । वर्षौ देखि धरानमा चलिरहेको खानेपानी समस्यालाई समाधान गर्न सन २०१२ देखि शुरु भएको परियोजना सम्पन्न भई धरान उपमहानगरपालिका मातहतमा रहेको धरान खानेपानी बोर्डमा आइसकेको छ । तथापि धराने जनताले खानेपानीको अभाव भागिरहेका छन् । दैनिक २४ सै घण्टा पानी खुवाउने योजनाका साथ परियोजना सम्पन्न भएको थियो । नेपाल खानेपानी संस्थानले सुख्खा मौसममा खानेपानी खुवाउन नसकेपछि नेपाल सरकारको सहरी विकास आयोजना अन्तर्गत खानेपानी परियोजना ल्याइएको थियो । परियोजना सम्पन्न गर्न एशिया

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,375 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved