लालीगुँरासको गाउँमा पुग्यो सडक सञ्जाल मुसाङखेल देखि झापा सम्म यातायात शुरु

  • बैशाख १५, २०७९
  • गोबिन्द बस्नेत
alt

धरान । पछिल्लो समय विकासले फड्को मार्ने क्रम बढिरहेको छ । गाउँ गाउँमा सडक सञ्जाल विस्तार भएका छन् । विगतमा दुर्गम पहाडी क्षेत्रका सर्वसाधारण सुख सुविधा खोज्दै तराईका जिल्लाहरुमा बसाई सर्ने गर्थै तर अहिले ग्रामीण भेगमा समेत सडक सञ्जालले तराईका जिल्ला जोडे पछि स्थानीय उत्साहित भएका छन् ।

बुधबार लालीगुँरास नगरपालिका वडा नं ३ मुसाङखेलका कमल बानियाले मंगलबारदेखि गाउँबाट झापाको दमकसम्म यात्रुवाहक बस सञ्चालन भएको विषयमा फेसबुक स्टास लेखे । उनले स्टाटसमा ‘लालीगुराँस नगरपालीका वाड नं ३ को मुसाङखेल पुछार लिम्बुगाउँ बाट झापा जिल्ला दमक सम्मको दैनिक बस सञ्चालन हुन थालेको छ, हामी गाउँले अत्यन्तै खुशी छौं ।’

उनको स्टाटसमा भएको खुशी व्यक्तिगत नभई समग्र गाउँबासीको हो । विगतमा मुसाङखेलदेखि हिडेरै बसन्तपुर आए पछि मात्रै बस चढ्न पाइन्थ्यो । करिब पाँच घण्टाको पैदल यात्रा गर्दा उनीहरुले हैरानी व्यहोर्नु पथ्र्यो, भने गाउँमा उब्जाएको सागसब्जी तथा फसल बजारसम्म ल्याएर विक्री गर्न ल्याउन पनि धौ धौ हुन्थ्यो । अहिले गाउँबाट सिधै झापासम्मको बस सञ्चालन भएपनि गाउँबासीको हर्षित भएका छन् ।

केही वर्ष अघि सम्म बजार भर्न मुसाङखेलका स्थानीय ५ घण्टाको पैदल यात्रा गरेर आउने गर्थे । केही बर्ष अघि देखि गाउमै नगरबस सञ्चालन भएपछि उनीहरुले राहतको सास फेरेका थिए । अहिले मुसाङखेल बाट झापाको लागि बस छुट्न थालेको छ । उनीहरु घर नजिकैबाट सिधै झापासम्मको यात्रा गर्न पाउँछन् । लालीगुरास नगरपालिका वडा नं ३ मुसाङखेलका स्थानीय राजेन्द्र खड्काले गाउँ गाउँमा सडक सञ्जालले छोएपछि अहिले गाउलेलाई हाइसञ्चो भएको बताए । उनी भन्छन्, ‘दुई बर्ष अगाडिसम्म बसन्तपुरसम्म बजार भर्नकै लागि पाच घण्टाको पैदल यात्रा गर्नुपथ्र्यो, नगरपालिकाले नगरबस सञ्चालन गरेपछि गाउँका सार्वसाधारणलाई सहज भएको थियो भने, अहिले गाउँबाटै सिधै झापासम्म बस सञ्चालन हुँदा त झन सहज भएको छ ।’

उनका अनुसार मुसाङखेलबाट झापासम्मको एकतर्फी भाडा ६ सय रुपैया लाग्नेछ । उनले भने, ‘गाउँबाट सिधै बस चढ्न पाइन्छ भन्ने सपनामा पनि सोचेको थिएन, तर अहिले पूरा भयो, विगतमा बसन्तपुरसम्म सवारी साधन आउदा पनि हामी धेरै हर्षित थियौ, अहिले गाउँमै बस सञ्चालन हुदा गाउले सबै खुशी छन् ।’ खड्काले झापाको लागि प्रत्येक दिन विहान ७ बजे गाउँबाटै बस छुट्ने गरेको बताए ।

लालीगुँरास नगरपालिका बसन्तपुरका स्थानीय कृष्ण खुवाङका अनुसार बसन्तपुर बसपार्कबाट चल्ने यात्रुवाहक बस धरानसम्म मात्र चल्ने गर्छ, तर अहिले दुर्गम गाउ मुसाङखेलबाट सिधै झापासम्म बस सञ्चालन भएको छ । नगरबासीका लागि यो धेरै खुशीको कु्रा भएको उनले बताए । उनले भने, ‘ग्रामीण भेगका सर्वसाधारणलाई असाध्यै सजिलो भयो, उनीहरु सिधै झापाको दमकसम्म सिधै पुग्छन्, कुनै असहज हुदैन ।’

लालीगुँरास नगरपालिका वडा नं. ३ मुसाङखेल लिम्बु जातिको वाहुल्यता भएको क्षेत्र हो । लालीगुँरास नगरपालिकाका मेयर अर्जुन मावुहाङको जन्म स्थल पनि यही हो । उनी समेत विगतमा बसन्तपुर बजारसम्म आउन ५ घण्टाको उकालो ओरालो बाटो हिडेरै आउथे । त्यही सोचेर उनले निर्वाचित भएर आएपछि बसन्तपुरका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बनाउन नगर बस सञ्चालन शुरु गरे । तराईका ठूला तथा सुविधा सम्पन्न अधिकांश स्थानीय तहमा नगर बस सञ्चालन हुन सकेको छैन । धरान उपमहानगरपालिकामा समेत केही बर्ष नगर बस सञ्चाालन भयो तर त्यसले निरन्तता पाएन । ग्रामीण पहाडी क्षेत्रमा रहेको नगरपालिकाले भने निरन्तर सञ्चालन गर्दैै आएको छ ।

मेयर अर्जुन मावुहाङले निर्वाचित भएर र्आएपछि जनताको अपेक्षा धेरै थिए । जनताको सम्पूर्ण अपेक्षा पूरा गर्न नसकेपछि प्राथमिकताका आधारमा केही भने पूरा गरेको बताए । उनले भने, ‘लालीगुँरास नगरपालिकादेखि मुसाङखेल सम्मको सडक निर्माणमा सर्वसाधारणको श्रमदान छ, उनीहरुकै कारण सडक सञ्जाल त्यहा सम्म पुग्न सकेको हो, सडक सञ्जाल पुगिसकेपछि नगरपालिकाले नगर बसको योजना अगाडि सारेको हो, अहिले नगर बस गाउ गाउसम्म पुग्छ, उनीहरुले चाहेको बेलामा बजारसम्म आउन सक्छन् ।’

नगरपालिकाकाको साब्रा, मुसाङखेल, केवुक लगायतका स्थानसम्म नगर बस चल्ने गर्छ । बसले प्रतिव्यक्ति एक सय रुपैया लिने गरेको छ । उनले पाचबर्षको अवधिमा सोचेको जस्तो काम पूरा गर्न नसकेको बताए । जनताले अपेक्षा गरे अनुरुप काम गर्न नसक्नुको प्रमुख कारण दुई बर्ष कोरोना कहर पनि एक हो । कोरोनाको समयमा खासै काम गर्न नपाएको उनले बताए । उनले भने, ‘तर पनि शिक्षा, स्वास्थ्य, पर्यटन, सडक सञ्जालका कुरामा भने धेरै काम लालीगुरास नगरपालिकाले गरेको छ ।’

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved