पुर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोश जांगर र उत्साहकासाथ स्थानीय तहको चुनावी मैदानमा उत्रिएकी मन्जु भण्डारी सुवेदी धराने जनताकालागि अपरिचित नाम होइन । उनलाई नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरकालागि मेयरको प्रत्यासीमा उठाएको छ ।
धराने जनतामाझ उनको लोकप्रियता झन बढेको छ । राजनितिमा होस वा जनप्रतिनिधिकोरुपमा होस निर्णायक क्षमता प्रदर्शन गर्न खप्पिस भण्डारीसंग पाच बर्ष उपमेयरको कार्यभार सम्भालेको बेजोड अनुभव छ । ०७४ को निर्वाचनमा स्वर्गीय तारा सुव्वासंगै लोकप्रिय मत लिएर विजयी भएकी भण्डारीसंग मेयर सुव्वाको निधनपछि करिव डेढ बर्षसम्म कार्यवाहक मेयर भएर धरानको समग्र विकास निर्माणमा जुट्दाको अनुभव पनि छ । नेकपा एमालेले उनको योग्यता, दक्षता, क्षमतालाई मध्यनजर गर्दै चुनावी मैदानमा उतारेको हो । ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई ६ हजार ३३९ को मत अन्तरले हराउँदै विजयी भएकी थिइन् ।
स्कूले जीवनमै राजनिति तर्फ आकर्षित भएकी एमालेका मेयर उम्मेदवार भण्डारी ०५३ साल ताका १४ बर्षको किशोरी उमेरमै सुनसरीको इटहरीस्थित जनता मावि कक्षा ८ अध्ययन गर्दागर्दै अनेरास्ववियूको प्रारम्भीक कमिटि सदस्य बनेपछि कम्यूनिष्ट राजनितिमा प्रवेश गरेकी थिइन् । पिता रविन्द्रप्रसाद भण्डारी र माता राधादेवी भण्डारीको सुपुत्रीको रुपमा २०३९ साउन २ गते जन्मेकी नेतृ भण्डारी भन्छिन्, ‘युवापुस्ताले राजनिति बुझ्नु पर्छ । राजनितिबाटै यो मुलुकमा सरकार बन्ने हो । मैले पनि आफ्नो रुचीअनुसार कम्युनिष्ट राजनितिको सिद्धान्त मनपराएर विद्यार्थी जीवनमा सक्रिय भएं । यो सक्रियताकै कारण होला मलाई धराने जनताले ०७४ सालमा नेकपाको तर्फबाट उपमेयरमा भारीमतले जिताए । उपप्रमुखको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरें । पाचबर्षको अवधिमा मैले आफ्नो पदीय दायित्व, जिम्मेवारीलाई इमान्दारीकासाथ पुरा गरें । धरानका जनताले अपेक्षा गरेअनुसार काम गरें । मेरो उपमेयर कार्यकालमा गरेको काम भनेको पार्टीको निति र सिद्धान्तको आधारमा स्व. मेयर तारा सुव्वाले र हामीले तय गरेको रोडम्याप अनुसार चलेका थियौं ।’
भण्डारी अनेरास्ववियुको मावि प्रारम्भीक सदस्य, कोषाध्यक्ष, अध्यक्ष हुदै एसएलसी गरेपनि उच्च शिक्षाआर्जन गर्न जनता क्याम्पस ईटहरीमा भर्ना भइन् । उनले क्याम्पसको अध्ययन सँगसँग कम्यूनिष्ट राजनितिमा पनि सक्रिय भएकाले ०५६ सालमा सुुनसरी २ नं. क्षेत्रिय कमिटि सचिव, ०५७ मा सुुनसरी जिल्ला कमिटि सदस्य, सोही बर्ष जिल्ला कमिटि कोषाध्यक्ष, जिल्ला कमिटि सचिव, अनेरास्ववियु कोशीअञ्चल महिलाविभाग सदस्य हुदै अनेरास्ववियु कोशीअञ्चल कमिटि अध्यक्षको कार्यभार सम्भालिन् ।
२०६४ साल वैशाखमा मुरारी सुवेदीसंग सामाजिक रुपान्तरणकालागि जनवादी मञ्च विवाह गरेका भण्डारीले धरान उपमहानगरको उपमेयर भएपछि न्यायिक समितिको न्यायसम्पादन प्रवाहलाई चुस्त बनाएको, न्यायसम्पादनलाई छिटो, छरितो बनाउनेदेखि लिएर न्यायसम्पादन प्रक्रियामा जनताको पहुँच बढाको बताइन् । प्रारम्भीक समयमा इटहरी केन्द्रित राजनिति गरेपनि ०६४ सालदेखि धरान केन्द्रित राजनितिमा क्रियाशील भण्डारी पार्टीको दशौं राष्टिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला सह ईन्चार्जको कार्यभार पनि सम्हालीरहेकी छन् । ०५८ सालको संकटकाल विरुद्धको संघर्षको नेतृत्व गर्दा अनेरास्ववियु को कमिटि निर्माणका क्रममा सैनिकबाट गिरफ्तारी, प्रतिगमन विरुद्धको आन्दोलनमा २०६१ सालमा ईटहरीबाट सैनिकहरुले गिरफ्तार गरी जिल्लाप्रहरी कार्यालयमा थुनामा परेको अनुभव पनि छ । त्यसो त तत्कालिन राजा ज्ञानेन्द्रले गराएको नगर निर्वाचन वहिस्कार गर्दा गिरफ्तारीमा परी १३ दिन शसस्त्र प्रहरी क्याम्प पकलीमा र २०६२÷ ६३ को आन्दोलनकाक्रममा ईटहरी चौकबाट सेनाले गिरफ्तार गरी प्रहरी हिरासतमा परेको तितो अनुभव पनि उनीसंग छ ।
भण्डारी आफैपनि सामाजिक तथा विकास अभियानकर्ता हुन् । मानवअधिकार रेडियो श्रोताक्लवको जिल्ला अभियन्तादेखि मानवअधिकार तथा द्धन्द्ध रुपान्तरणका लागि अभियान, द्धन्द्ध व्यवस्थापनकालागि सञ्चालित वारुदि सुुरुंग प्रतिवन्ध अभियानको जिल्ला संयोजक, लैंगिक मैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता, रणनितिक योजना तथा संस्थागत विकासका काममा उनले प्रत्यक्ष योगदान दिएकी छिन् । यसैगरी महिला हिंसा विरुद्ध सुुनसरी जिल्ला स्तरमा निरन्तर क्रियाशीलता, महिला तथा वालिकाको न्यायमा पहूूँच परियोजना अन्तर्गत जिल्ला संयोजक, सुुनसरी जिल्लामा महिलाहरुद्धारा सञ्चालित ५०औं सहकारी सस्थाहरुको संस्थागत र व्यवसायिक योजनानिर्माण साथै विकासको संयोजन, धराननगर पालिकाको सामाजिक परिचालन समितिको सदस्य तथा नगरको २ वर्षको सामाजिक विकास कार्यक्रमको मूूल्यांकन समिति संयोजक, धरान उपमहानगर महिला सञ्जालको सदस्य तथा हाल उप सचिवको रुपमा उनले काम गरेको अनुभव छ ।
महिला हिंसा विरुद्ध पैरवीकर्तामात्र नभएर उनलाई नजिकबाट चिन्नेले सुनसरीमा विकासकालागि राजनिति गर्ने नेतृको रुपमामात्र नचिनेतर उर्जाशील विकास अभियानकर्मी तथा सिर्जनशील र संघर्षशील राजनितिक नेतृको रुपमा पनि चिन्ने गरेका छन् ।
धरानको उपमेयर हुदाको अनुभव साट्ने क्रममा उनी भन्छिन्, ‘संघीयतापछिको पहिलो स्थानीय तहको नेतृत्वमा प्रवेश गरिरहँदा स्थानीय तह संरचना विहीन थियो । त्यसकालागि हामीले संरचना निर्माण सम्पन्न ग¥यौं । धरानका ठूलठूला गौरवका आयोजना शुरु ग¥यौं । धरानमा भएको भानुचोक बसपार्कले धान्न सकिरहेको छैन । भानचोक बसपार्कको विकल्पमा तीनकुनेमा नेपालकै पहिलो स्मार्ट बसपार्क निर्माण गर्नेकामका थालनी गरेका छौं । खानेपानी आयोजना टुंगो लागेको छ तर वितरण प्रणालीमा देखिएको केही त्रुटीलाई सुधार्ने पहल भइरहेको छ । प्रविधि र प्राविधिकसहित काम गर्न बाँकी छ । नगर गौरवका महत्वपूर्ण आयोजनाको रुपमा धरान महानगरपालिकका फोहोर व्यवस्थापन गर्नमा अब्बल बनाउने प्रयास भइरहेको छ ।’ उनले खानेपानी आयोजना आफु नेतृत्वमा आउनुभन्दा अगाडि नै सन २०१२ बाटै सूरु भएकाले पुर्व सम्झौताअुनसार सन २०१९ मा सकिएको र यसलाई संस्थागत रूपमा विकास गर्न समय लाग्ने बताइन् । धरानमा खानेपानी अभाव नहुने म प्रतिबद्धता गर्दै उनले थप प्रोजेक्टका लागि पनि पहल कदमी गर्ने बताइन् ।
उनले ०७४ सालको चुनावमा मतदातासामु राखेका घोषणापत्र र प्रतिवद्धताहरु पूरा गरेका बताइन् । उनले भनिन्, ‘हामीले भनेका थियौँ, बसपार्क निर्माण गर्छौं भनेर २५ प्रतिशत काम सम्पन्न भइसकेको छ र काम हुँदै छ । यसका लागि मेरै पहलमा केन्द्रीय सरकारसँग समन्वय भएर बजेट केन्द्रबाट पठाइएको छ । हामीले सुकुमवासी व्यवस्थापनको विषयमा कुरा उठाएका थियौँ । पार्टीको आन्तरिक विवाद र त्यसपछि आएको फुटका कारण लालपुर्जा वितरण गर्न सम्भव भएको छैन । धरानका सुकुम्बासीका लागत तथ्यांक हामीले तयार गरेर राखेका छौँ। उहाँहरू कस्तो अवस्थामा हुनुहुन्छ र कस्तो जमिनमा बस्नुभएको छ भनेर हामीले तथ्यांक तयार गरेर घर नम्बर वितरण गरेका छौँ र घर नम्बरको आधारमा हामी लालपुर्जा वितरण गर्छौं।’ उनले धरानको समृद्धि र विकासकालागि नगरको स्रोतमामात्र भर पर्न नसकिने भएकाले केन्द्रसम्म पहुच पु¥याउन र समन्वय गर्न सक्ने हैसियत बनाकाले त्यस्तै जनप्रतिनिधि धरानका मतदाताहरुले खोजिरहेकाकारण आफुले बहुमतले एमालेको पुरानो विरासत फर्काउदै विजय हासिल गर्ने बताइन् ।