‘कांग्रेसमा टिकट वितरणमा आर्थिक चलखेल भयो’

  • वैशाख १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मापदण्डविपरीत आर्थिक चलखेलमा परी इमानदार कार्यकर्तालाई पाखा लगाउने गरी टिकट वितरण गरेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आरोप लगाएका छन् ।

स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा आर्थिक चलखेल भएको आरोप लगाउँदै उनले टिकट वितरणमा भएको अनियमिताको समीक्षा हुने भन्दै अहिले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागि पर्न पनि आपिल गरेका छन् । उनले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन ।’

विज्ञप्तीमा कांग्रेस नेता कार्यकर्तालाई आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि उत्साह र उल्लासपूर्ण वातावरणमा देशभरि उम्मेदवारी दिने काम सम्पन्न भएको बताए । उनले भने, ‘नेपाली कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताहरुको पंक्ति लामो थियो । अधिकांश योग्य र सक्षम पनि थिए । कांग्रेस देशको सबैभन्दा पुरानो र एकमात्र लोकतान्त्रिक पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा टिकट वितरण कार्य सहज थिएन ।’

पाँच वर्षपछि आउने यो महायज्ञमार्फत नेपालको लोकतान्त्रिक आन्दोलन गाउँघरमा पुग्दछ । हामी निर्वाचनको प्रक्रियामा संलग्न सबै पक्ष नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्नुपर्छ भनी सदैव सचेत र सतर्क रहनुपर्ने बताए । उनले भने, ‘अहिले म साथीहरुको असन्तुष्टि देशभरिबाट सुन्दैछु, टिकट वितरणलाई लिएर । जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ ।’ पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसको मुल प्रबाहमा फर्कन आग्रह गरेका छन् । टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको कुराहरु सार्वजनिक भइरहेको बताउँदै उनले पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोगिरहेको उनले बताए ।

विज्ञप्तीमा लेखिएको छ, ‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ ।’

कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिने पनि उनले बताए । कांग्रेस पार्टीको बिभिन्न तहका नेता तथा कार्यकर्तालाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन उनले अपिल गरेका छन् ।

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved