धरान । पहाडी दुर्गम जिल्लामा स्वाथ्यको पहुँच नपुग्दा अझै सर्वसाधारणले अनाहकमा ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्यमा पहुँचलाई मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि अझै दुर्गम गाउँका नागरिकले त्यसको महसुस गर्न पाएका छैनन् । केही दिन अघि महालक्ष्मी गाउँ पालिकाको वडा नं. ४ का हेमकर्ण जिमीले १९ बर्षीया छोरी पूजा जिमी ५ दिन देखि ज्वरोले थला बनाएपछि वडाको बुधबारेमा रहेको चानुवा हेल्टपोष्टमा उपचारका लागि ल्याए । यातायातको साधन चले पनि फाट्फुट्ट मात्र चल्ने भएकोले त्यस ठाउँमा अस्पतालसम्म ल्याउन गाउँलेको सहयोगमा ४ घण्टा लाग्यो । बल्लतल्ल ल्याए पनि अस्पतालमा राम्रो चिकित्सक र औषधी नभएका कारण अन्
धरान । विकाशका नाममा धरानको सेउती तथा सर्दु खोलासँगै आसपासका खोलाहरुमा हुने गरेका उत्खनन् नरोकिदा बसोबासका क्षेत्रहरुमा जोखिम बढ्दै गएको छ । मापदण्ड विपरीत खोला उत्खनन् हुँदा खोला आसपासमा बसेका बस्तीहरु जोखिममा परेका हुन् । पछिल्लो समय धरान–५ स्थित अ“धेरी खोलामा उत्खनन्को काम धमाधम भइरहेको छ । ठेकेदार कम्पनीले यसरी धमाधम उत्खनन् गर्दा बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् । धरान उपमहानगरपालिकाको स्वीकृतिमा मोतीदान ज्वाइन्ट भेन्चरले बस्ती नै जोखिममा हुने गरी उत्खनन् थालेपछि खोला आसपास स्थानीय त्रसित बनेका छन् । स्थानीय स्वर्णिमहाङ फोम्बोले यस क्षेत्रमा खोला उत्खनन् गर्दा जोखिम
धरान । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ५ स्थित पुर्व–पश्चिम राजमार्गमा एम्वुलेन्सकोे ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका ५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन् । आइतबार बेलुकी सवा ४ बजे प्रदेश २–०१–००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकि उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने एम्वुलेन्स र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । &
धरान । डेढ बर्ष अघि पुर्ण जागरण टोल विकास समिति धरान ९ को आयोजनामा गौतम पथमा सडक सौन्दर्यकरण गर्न सडकको दुवै गमलामा फुल रोपियो । सौन्दर्यकरणका लागि सडकको दुवै तर्फ अन्डर ग्राउन्ड तार सहित बत्ती जडान गरि गमला राखि वडालाई सुन्दर तथा पर्यटनको विकासका लागि आयोजना रहेको थियो । गौतम पथलाई सौन्दर्यकरण गर्न शुरु भएको योजना डेढ वर्ष पनि बित्न नपाउँदै लथालिङ्ग बनेको छ । अहिले गमलामा न फुल छ, न त हाँगा नै देखिन्छ । पुतलि लाइन देखि कलेज रोड सम्मको बाटोमा वडाले सौन्दर्यकरण गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । वडा कार्यालय र टोल विकास समितिले नै स्थानीयलाई रेखदेख गर्ने जिम्मेवारी दिएको थिय
धरान । वरगाछी महिला समुह धरान ८ को आयोजनामा आधारभुत हेयर कटिङ्ग तालिम सम्पन्न भएको छ । आईतवार समापन भएको तालिम गत माघ २२ गते देखि फगुण ७ गते सम्म संचालन भएको थियो । तालिम धरान उपमहानगरपालिका वार्ड नं. ८ वडा कार्यालयको महिला लक्षित कार्यक्रम अन्तरगत सम्पन्न भएको हो । समापन समारोहका प्रमूख अतिथि तथा धरान ८ का वडा सदस्य प्रेम बहादुर तामाङ्गले २५ सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । समुहकी अध्यक्ष चन्द्रकला प्रधानको अध्यक्षतामा सम्पन्न तालिममा प्रशिक्षण सोनिमा हेयर कटिङ्गकी सुनिता श्रेष्ठले दिएकी थिईन् । तालिम कार्यक्रम संयोजक ईन्दु श्रेष्ठले तालिमका सहभागीहरुलाई स्वगत गर्दै तालिमका सिकेक
धरान । विराटनगर स्थित आर्या न्यूरो हस्पिटलले विशेषज्ञ चिकित्सकहरुले दिने ओपिडि सेवा निशुल्क गरेको छ । छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो । अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिन लगायतको ओपीडि सेवा फागुन महिना देखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आएका छन् । यस्तै हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम
धरान । विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समयमा फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपण सम्मको उपचार हुने गरेको छ । प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाण्डौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्युरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ
धरान । धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको पञ्चकन्या वनभोज स्थल बन्दै गएको छ । अहिले यो क्षेत्रमा प्रदेश नं. १ का विभिन्न क्षेत्रमा वनभोज खान आउन थालेका छन् । वनभोज खानेहरुले पञ्चकन्या रमणीय स्थल भएको विषयमा प्रचार गरेसंगै पछिल्लो समय पञ्चकन्या वनभोज खानेहरुको लागि रमणीय स्थल बन्दै गएको हो । झापाको दमकबाट पञ्जकन्या जंगलमा वनभोज खान आएका सुमन गुरुङले पञ्चकन्यामा पहिलोपटक वनभोज खान आएका बताए । गाउका केही साथीहरु मिलेर शनिवार पञ्चकन्यामा वनभोज खान व्यस्त रहेका उनले भने–‘धरानको विजयपुर साच्चिकै रमणीय स्थल रहेछ । विगतमा विजयपुरका अन्य मन्दिरमा आएपनि पञ्चकन्यामा भने आउन नपाएको बत
धरान । संखुवासभाको सभापोखरी गाउँपालिका २ का १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबा ५२ बर्षीय बुबा दल बहादुर दर्जीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनीबार राती अन्दाजी साँढे २ बजेको समयमा फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाबको हत्यामा संग्लग्न रहेका उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
धरान/ प्रदेश १ मा डेभलपमेण्ट बैंकर्स एसोसियनको प्रदेश च्याप्टर अन्तरगत प्रदेश १ विकास वैंक फोरमको गठनसंगै नया कार्य समिति चयन भएको छ ।फोरमको नया कार्यसमितिमा गरिमा विकास बैंकका मिनप्रसाद सुबेदीलाई संयोजक तोकिएको छ भने मुक्तिनाथ विकास बैंकका मनोज बिष्टलाई सह–संयोजक तोकिएको छ । विहीबार इटहरीस्थित होटल गोर्खामा डेभलपमेण्ट बैंकर्स एसोसीएसनका पूव र्कायसमिति सदस्य तथा मितेरी डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत तुलससी प्रसाद वस्तीको आतित्थयमा बसेको बैठकले सुवेदीलाई संंयोजक र विष्टलाई सहसंयोजक तोकिएको हो । बिहिबार भएको बैठकले फोरमको सदस्यहरू समेत चयन गरेको छ । चयन भएका सदस्यहरुमा कामन