सुनसरीमा बृहत स्वास्थ्य शिविर सम्पन्न

  • वैशाख २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नागरिकको स्वास्थ्य समस्याबारे रोटर्याक्ट क्लब अफ धरान घोपाले गत शनिबार बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सुनसरीको इटहरीमा रहेको रिलायन्स मिलमा संचालन भएको शिविरबाट ४ सय ५० भन्दा बढि लाभान्वित भएका छन् । मिल क्षेत्रका स्थानीय, मिलका कामदारहरु तथा उनीहरुका परिवारले लाभ लिएका छन् । शिविरमा विशिष्ट चिकित्सकहरुले स्वास्थ्य चेकजाँच, निः शुल्क औषधी वितरण, स्वास्थ्य शिक्षा तथा जनचेतना सहित मधुमेह र उच्च रक्तचापको जाँच गरेका थिए ।

सामान्य चिकित्सा, हाड जोर्डी, नाक कान घाँटी, दन्त रोग, छाला रोग तथा महिला रोगको प्रत्यक्ष चेकजाँच तथा रोग अनुसारको सुझाव दिइएको थियो । यसैगरि सहभागीहरुलाई छाला रोग, मुख स्वास्थ्यबारेमा सचेतना प्रदान गर्नुको साथै रक्तस्राव, फ्र्याक्चर जस्ता विषयमा प्राथमिक उपचार तालिम समेत प्रदान गरिएको थियो । जाँच गरिएको रोगमा आवश्यक पर्ने औषधीहरु समेत बिरामीहरुलाई निःशुल्क प्रदान गरिएको थियो ।

रोटर्याक्ट क्लब अफ धरान घोपाले वि. पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु डा. सूचना मर्हट्टा तथा रियायन्स मिलका पदाधिकारीहरुको सहयोगमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved