धरान । धरानमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउन मजदुर संगठनहरुले अभियान चलाएका छन् । मजदुर, गरिव, भूमीहिनहरुको साझा पार्टी नेकपा एमाले भएको भन्दैं मेयरकी उम्मेद्वार मञ्जु भण्डारी, उपमेयरका उम्मेद्वार पदम लिम्बु र २० वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई जिताउन अभियान चलाएका हुन् ।
नेकपा एमालेले महिला आदिवासी जनजाती तथा उच्च शिक्षा अध्ययन गरेका व्यक्तिहरुलाई उम्मेद्वार बनाएकाले मजदुरको समग्र हितका लागि आशलाग्दा उम्मेद्वारहरुलाई जिताउन अभियान नै चलाएको नेपाल यातायात स्वातन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
झण्डै १० हजार श्रमिक मत भएको धरानमा सबै मत एमालेमा आउने गरि अभियान चलाएको उनले बताए । एमालेले धरानमा मजदुरमैत्री, पढेलेखेका, कर्मठ उम्मेद्वारलाई अघि सारेका कारण सबै क्षेत्रका मजदुरहरुमा उत्साह आएको टेम्पो चालक तथा यातायात मजदुर संगठनका धरान सचिव विकेश श्रेष्ठले बताए ।
केन्द्रीय तथा प्रदेश नेताहरुको अगुवाईमा मजदुर संगठनका घटक घटकविच बैठक गरिएको छ । बैठक पछि लोड अनलोड, अटो मेकानिक मजदुर, यातायात मजदुर, सफाई, सेक्युरिटी मजदुर, निर्माण मजदुरलगायत क्षेत्रका सबै मजदुरहरुसँग छुट्टाछुटै छलफल गरिएको संगठनका धरान उपमहानगर अध्यक्ष कमल भट्टराईले बताए । मंगलबार विहानै देखि धरानका विभिन्न टेम्पो स्टेनहरुमा पुगेर मजदुरहरुलाई योग्य मजदुरमैत्री उम्मेद्वारहरु छानेर भोट लगाउन जानकारी गराइएको छ ।
यस अभियानले मजदुरहरुमा निर्वाचन प्रति नै उत्साह जागेको छ । भिजन भएका धरानलाई बदल्न सक्ने उम्मेद्वारहरु एमालेमा भएको र उनीहरुको पक्षमा माहौल बनेको मजदुरहरुले बताएका छन् । टेम्पोमा यात्रा गर्ने अधिकांश व्यक्तिहरु धरानको सवृद्धि र विकासका लागि मञ्जु भण्डारीको विकल्प नभएको बताउने गरेको टेम्पो चालक विकेश श्रेष्ठ बताउँछन् । ‘महिला नेतृ धरानलाई एक पटक चलाई सकेकी र स्नातक अध्ययन गरेकी मञ्जु भण्डारी र उपमेयरका उम्मेद्वार पदम लिम्बु अधिबक्ता भएका र २०५४ सालमा वडाध्यक्ष भएर काम गरेको अनुभवी नेताहरुको टेम्पोमा धरानवासीहरुले खुव चर्चा गर्ने गर्छन्’ विकेशले भने, ‘धेरैको रोजाई युवा, पढेलेखेका, धरान बनाउन सक्ने भिजन भएका उम्मेद्वारहरु चाहेका छन् । त्यस्ता उम्मेद्वार एमालेले उठाएको छ ।’
धरानमा करिव ५० हजार मजदुरहरु रहेको मजदुर संगठनहरुको तथ्याङ्क छ । ती मध्ये ५ हजार घर परिवार धरानमा स्थायी बसोवास गदैं आएका छन् । करिव ८ देखि १० हजारको संख्यामा मताधिकार भएका मजदुरको बसोवास धरानमा रहेको छ । धरानमा निर्वाचन जित्न मजदुरको मत पनि निर्णायक हुने नेपाल यातायात मजदुर संगठनका पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य मोतीराज सुनुवार बताउछन् ।
अभियानमा संगठनका केन्द्रीय अध्यक्ष राई, क्युपेकका केन्द्रीय उपमहासचिव मुक्तिनाथ गिरी, सफाई तथा कर्मचारी मजदुर युनियनकी केन्द्रीय उपाध्यक्ष यमकला मग्राती, अटो मेकानिक मजदुर संगठनका केन्द्रीय सदस्य सुनिल तोलाङ्गे, संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया, प्रदेश कमिटी उपाध्यक्ष रविन अधिकारी लगायत केन्द्रीय दर्जन नेताहरु स्थानीय तह निर्वाचनमा एमालेका उम्मेद्वारलाई जिताउन धरान क्षेत्रमा खटिएका छन् ।