‘धरानको विकासका लागि मेरो उमेद्वारी’

  • बैशाख २७, २०७९
  • कोशीपत्र/संवाददाता
alt पदम इस्वो लिम्बु, उप मेयर उम्मेदवार नेकपा एमाले धरान

घरदैलो अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउदै हुनुहुन्छ ?
घरदैलो अभियानमा सवैभन्दा बढी त खानेपानीकै कुरा उठेको छ । वितरण प्रणाली चुस्त दुरुस्त नभएको भन्ने गुनासो आएका छन् । यस बारेमा मैले उहाहरुलाई ३ देखि ५ महिना भित्र सवै समस्या हल गर्न सकिने बताउदै आएको छु । धरान खानेपानी आयोजनाको तथ्य पनि त्यही हो । पछि थपिएका विष्णुपादुका र पाचकन्यासहित सिगो धरानका लागि खानेपानीको मेघा प्रोजेक्ट मार्फत दीर्घकालीन आयोजना आवश्यक छ । त्यसबारेमा नेकपा एमालेले जनताका लागि काम गर्न तयार छ ।

आदिवासी जनजातिको शहरमा तपाइको एजेण्डा छैन ?
यो धरान भनेकै आदिवासी जनजातिको शहर हो । लाहुरेहरुले बनाएको शहर हो । यो तथ्य जगजाहेर छ । त्यसैले धरानमा बसोबास गर्ने सवै जातजाति समुदायको हितमा काम गदैै जाने एमालेको योजना हो । केन्द्र र प्रदेशसंग सहकार्य गरेर धरानको पहिचान विजयपुर क्षेत्रलाई ऐतिहासिक, पुरातात्विक, धार्मिक पर्यटकीय गन्तव्य स्थल बनाउन हाम्रो एजेण्डा मै छ । जनजाति समुदायका भाषा भाषीलाई प्रोत्साहन दिनु पर्छ भन्ने मान्यता राख्ने मान्छे हु्ं म । नगरका विद्यालयहरुमा आफ्नो भाषा लिपि सिक्न चाहनेहरुकालागि शिक्षक र पठान पाठनको व्यबस्था हुनु पछर्् भन्ने मान्छे हुं म । कला संस्कृतिको जगेर्नाकालागि एमालेको एजेण्डा नै छ ।

धरानको कोर एरियाको बारोमा तपाईको धारणा के छ ?
धरानको कोर एरियामा विराटनगरको रानीदेखि संखुवासभाको किमाथांका सम्मको राष्ट्रिय गौरवको सडक विवादित छ । मुख्य बजारवीच भएर जाने बाटो ६ लेन नभएर शहरी सडकमा विस्तार गनेै र रानी–किमाथांका सडकलाई वाइपास गर्न मेरे पहल हुन्छ ।

धरानमा गठबन्धन दललाई हराउने आधार के छ ?
गठबन्धन एकातिर भएपनि एमाले नै हो धरानका जनताले रोज्ने । उपनिर्वाचनमा कांग्रेसले जनतालाई नराम्रो गरी झुक्यायो । गरेका प्रतिज्ञा पुरा गरेनन् । गठबन्धन आफैमा झनझन विवादित र विभाजित बन्दै गएको छ । राष्ट्रियताको सवालमा पनि गठबन्धन दल दोचारे छ । तर एमाले चट्टानी अडान लिएर उभिएको छ । यो तथ्य धरानको युवा देखि वृद्धवृद्धा मतदाताले बुझेका छन् । अर्को कुरा एमालेकै जनप्रतिनिधिहरुले धरानमा सर्दु र सेउती लगायतमा १० वटा पुल बनाएर गाउसंग धरान जोडिदिएका छन् । त्यसो त एमालेका तारा सुव्वाकै पालामा सप्तरंगी पार्क, शिवजट्टाको सौन्दर्यकरण, कोकाहा ड्याम, व्यबस्थित वधशाला, खेलग्रामका डिपिआर पहिलै बनिसकेका छ । यसर्थ पनि ्एमालेले राम्रो गरेको छ भन्ने सन्देश गएकाले गठबन्धन पराजित हुने निश्चित छ । एमालेले धरान उपमहानगरमा सेवाग्राहीलाई धेरै भन्दा धेरै सुविधा दिने लक्ष राखेको छ । कर प्रणालीलाई व्यवस्थित गर्ने, अनलाइन सिस्टममा घरैबाट कर तिर्ने व्यबस्था गर्ने, वित्तीय संघीयता लागु भएकाले वडाबाटै सेवा प्रवाह गर्ने, इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टम अनुसार नक्सा पास वडामै गर्ने जस्ता योजनाहरु एमालेसंग छ । त्यो हामी गर्न सक्छौं ।

उपमेयरका लागि योग्य कसरी हुनुहुन्छ तपाई ?
म साविक धरान १९ को ०५४ सालको चुनावको वडाध्यक्ष पनि हुं । त्यसबाहेक २५ बर्ष त मैले कानून व्याबसायी भएर काम पनि गरेको छु । न्याय निरुपणमा मेरो दख्खल छ । मनोज मेन्याङ्बो धरानको मेयर भएको बेला नीति निर्माण गर्दा यहांको दीर्घकालिन भिजन दिने मध्ये म पनि हुं । मलाइ धरानको समस्या कसरी समाधान गर्ने, नगरवासी सेवाग्राहीको समस्यालाई कसर्ी समाधान गर्ने, धरानको विकास निर्माणको समग्र स्केच कसर्ी बनाउनु पछर्् भन्ने थाहा छ । म धरान फुटवल क्लवको संस्थापक सदस्य पनि भएकाले धरानलाई खेलकुदको शहर कसरी बनाउन सकिन्छ भन्ने खाका पनि छ । युवा स्वरोजगार, लागुपदार्थ नियन्त्रण, न्याय सम्पादनमा निश्पक्षताबारे मलाई राम्रो जानकारी भएकाले म धरानको लागि एमालेको तर्फकाट योग्य उम्मेदवार हो भन्ने प्रमाणित गर्न सक्छु ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved