विजयपुरका उम्मेदवार भट्टराईले जित्ने स्थानीयको अपेक्षा

  • वैशाख २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा नं. १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडाध्यक्षका उमेद्वार बनेका कृष्णप्रसाद भट्टराईलाई विजयी भएर राम्रो काम गर्न आर्शीवाद दिएका छन् ।

राप्रपा धरान १४ ले आयोजना गरेको चुनावी ¥यालीमा सहभागी जेष्ठ नागरिकले भट्टराइको विजय सुनिश्चित होस् भनेर आर्शीवाद प्रदान गरेका हुन् । २०७४ सालमा नेपाली कांग्रेसबाट धरान १४ को वडाध्यक्षमा विजयी बनेपछि विजयपुरको समग्र विकासमात्र हैन, स्थानीय जेष्ठ नागरिक, दीर्घरोगी, गरिब तथा असहायहरुको सहयोगमा कुनै कसर नराखेका भट्टराई जस्तो जनप्रतिनिधि फेरि चाहिएको भन्दै विजय भएर विगतमा थाति रहेका कामहरु पूरा गर्न आर्शीवाद दिएका हुन् ।

५० बर्ष भन्दा लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध भएर मुलुकका हरेक परिवर्तनमा समेत सहभागी रहेका स्थानीय प्रेमबहादुर खत्रीले विजयपुरलाई भट्टराई जस्तो जनप्रतिनिधि चाहिएको बताए । उनले भने, ‘२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएपछि भट्टराईले धेरै काम गरे, उनले विजयपुरको ऐतिहासिकता झल्किने मठमन्दिरको संरक्षण, सडक विस्तार, कालोपत्रे, भौतिक संरचना निर्माणका काममात्र गरेनन् सर्वसाधारणको दुःखमा समेत साथ दिए ।’

उनले भट्टराईले बालबालिका, बृद्धाबृद्धा तथा युवाका लागि धेरै काम गरेको बताए । उनले आफू नेपाली कांग्रेसको पुरानो मान्छे भएपनि भट्टराईलाई कांग्रेसले टिकट नदिदा आफूलाई चित्त नबुझेको बताए । उनले भने, ‘हामीले भट्टराईलाई तपाई जस्तो जनप्रतिनिधिको विजयपुरमा खाचो छ, तपाई जुनसुकै चुनावचिन्ह लिएर आउनुस् हामी तपाईलाई जिताउछौं भनेर सल्लाह दियौ, त्यही भएर उहा राप्रपाबाट उठ्नुभयो, हामीलाई पार्टी मतलब छैन कृष्ण भट्टराईले जितेको हामीले देख्न पाउनुप¥यो ।’ स्थानीय पशुपति बस्नेतले बृद्धाबृद्धालाई धार्मिक स्थलको भ्रमण, सम्मानमात्र होइन, जेष्ठ नागरिकलाई सहज होस् भनेर घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्मरण गरे ।

उनले भने, ‘कोरोना संक्रमणका समयमा दीर्घरोगीलाई घरमै पुगेर औषधी वितरण, गरिब तथा असहायलाई राहत वितरण, गरिब तथा असहायका लागि निःशुल्क शिक्षा प्रदान, विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको शुरुवात, आर्थिक अवस्था कमजोर भएकाहरुलाई आर्थिक सहयोग गरे ।’ यस्तै स्थानीय चन्द्र बजगाईले पनि भट्टराईको खुलेरै प्रंशा गरे । उनले भने–जनताको सुख दुःखमा साथ दिने जनप्रतिनिधि शायदै कमै होलान्, त्यसमध्ये कृष्ण भट्टराई पर्छन्, विगतमा गरेको योगदानको कांग्रेसले कदर गरेन, त्यही भएर हामीले नै भट्टराईलाई उठाएका हौ, उनलाई जसरी पनि हामी चुनाव जिताउछौं ।’ विहीबार भएको चुनावी ¥यालीमा युवा तथा जेष्ठ नागरिकको उपस्थितिले पनि भट्टराइको लोकप्रियताका विषयमा भन्न नसकिने बताउदै बजगाइले बालबालिका, युवा तथा ज्येष्ठ नागरिकमा उत्तिकै लोकप्रिय बन्दै गएको बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved