धरान । दुई दशक अघिदेखि शारीरिक सुगठनको क्षेत्रमा निरन्तर क्रियाशील एलाइनेट जिमले यो वर्षसमेत धरानमा नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । २१ औं मिस्टर धरान आगामी फागुन २० गतेदेखि शुरु हुने छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी समूहले स्पर्धा गर्नेछन् । आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार पहिलो दिन शुक्रबार प्रि–जजिङ राउन्ड हुनेछ । जसमा प्रत्येक समूहमा ६ जना खेलाडी छनोट भई ३० जना फाइनल प्रतियोगितामा सहभागी हुनेछन् । फागुन २१ गते शनिबार आयोजना हुने फाइनलमा प्रत्येक वजन समूहले स्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रत्येक वजन
धरान । प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट धरान १० ले खेल सप्ताहको शुभारम्भ गरेको छ । महाशिवरात्री पर्वको अवसरमा पाँच किलो मिटर दौड आयोजना गर्दै प्राइम भिजन स्पोर्ट्स विकको समुद्घाटन गरेको हो । समुद्घाटनमा आयोजित पीभीआइएचेम फाइभ के रनमा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । उपविजेता एडिएचएमका विद्यार्थी रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरे । तेस्रो स्थानमा प्रकाश दुमी राई आए । छात्रातर्फ कक्षा १२ वाणिज्य सङ्कायकि हेन्खाम राई विजयी बनिन् । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् । उपविजेता
धरान । धरानमा खानेपानीको अभाव चरम रुपमा बढ्दै गएको छ । खानेपानी बोर्डले दिन बिराएर पानी वितरण गरेको जनाए पनि पालो परेको दिनमा समेत पानी नआउँदा स्थानीयहरु दिनभरी पर्खिन्छन्, तर रित्तो भाडानै लिएर घर फर्किनुपरेको छ । धरानको वडा नम्बर ७ र १५ मा पर्ने नजिकैको खोल्सी धारामा पानी आउने पालो पर्खिएर दिनभरि सर्वसाधारण बसे, तर पानी नआएपछि रित्तो भाडा लिएर घर फर्किएको गुनासो गर्छन् । यो धारा सरकारी धारा हो । तत्कालिन नेपाल खानेपानी संस्थानले बर्षौ पहिलो सर्वसाधारणलाई खानेपानी पिउन सहज होस् भन्ने अभिप्रायले जडान गरिएको यो धाराबाट करिब १० घर परिवार आश्रित छन् । धारामा पानी आउने दिन उनीहरु सबै काम छोडेर प
धरान । बजेटको सुनिश्चितता हुन नसक्दा उदयपुर र खोटाङको विभिन्न खोलाहरूमा निर्माणाधिन झोलुङ्गे पुल अलपत्र बनेको छ । अघिल्लो वर्षनै सम्पन्न भइसक्नु पर्ने योजनाहरु बजेट अभावकै कारण अलपत्र बनेको हो । दुई जिल्लामा रहेका विभिन्न खोलाहरूमा निर्माणाधीन नौवटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार संघीय सरकारले लागत इष्टमेट अनुसार रकम र पुल निर्माणका लागि फलामे लठ्ठाहरू समेत उपलब्ध नगराउँदा उदयपुर र खोटाङमा गरी हाल निर्माणाधीन अवस्थामा रहेका नौ वटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक निर्माणमा तीव्रता दिएको भए प
धरान । झापाको अर्जुनधारा नगरपालिका ९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालीका ९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन् । आइतबार राती साढे ६ बजे को ९ प १७६३ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक इलाम रोङ २ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
धरान/ दोस्रो असोक स्मृति बास्केटवल प्रतियोगिताको उपाधि हाम्रो कलेक्ससन टिमले चुमेको छ । आइतवार भएको फाइनल खेलमा हाम्रो कलेक्सनले व्रदस टिमलाई ५७ – ४७ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । विजेता हाम्रो कलेक्सनले उपाधि संगै नगद पच्पन्न हजार ५ सय ५५ रुपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरि उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलको डिमाण्डु म्यान अफ द म्याच व्रदसका सर्वोधन राई घोषित भएका थिए । खेलको उत्कृष्ट खेलाडि हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनले फाइनल खेलमा टिमलाई जिताउन व्यक्तिगत २० अंक
धरान । बालिकालाई बलात्कारपछि हत्या गर्नेलाई मोरङ प्रहरीले सार्वजनिक गरको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार बालिकाको हत्यामा संलग्न रहेका लेटाङ ८ का ६४ बर्षीय दिपक गिरीलाई सार्वजनिक गरेको हो । मोरङ प्रहरी प्रमुख एवं एसपी जर्नादन जिसीले अनुसार पक्राउ परेका गिरीले बुधबार साढे ४ बजे विद्यालयबाट घर फर्कदै गर्दा १२ बर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या गरेको स्वीकारेको जानकारी दिए । अभियुक्तको बयानलाई आधार मानेर उनले भने–‘जंगल बीचमा पुगेपछि गिरी बालिकालाई फकाएर भित्री बाटोबाट जादा छोटो पर्छ भनेर अर्को बाटोतर्फ लगेको र केही पर पुगेपछि बालिकालाई शारीरिक सम्पर्कको प्रस्ताव
धरान l मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् । धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्र भित्र रहेको करिब ५० वटा भन्दा बढी स–साना मन्दिरहरुको प्रचार प्
धरान । धरानका स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि हात पारेका छन् । निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा शुक्रबार पहिलो दिन राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर गर्न नसकेपछि राईले उपाधि जितेका हुन् । धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको थियो । धरानका राजकुमारले २ ‘ह्यान्डी क्याप’मा खेल्दै समग्रमा ५ बर्डी र २ बुगी खेलेका थिए । जसका कारण राईले ‘मोस्ट बर्डी’को उपा
धरान । धरानको मुख्य पानीको सोत सर्दु जलाधार क्षेत्रमा शनिवार सरसफाइ गरिएको छ ।धरान उपमहानगरपालिकाको आयोजनामा विभिन्न जातीय संघसंस्था, सामाजिक संघ संस्थाको सहकार्यमा सरसफाई कार्यक्रम गरिएको हो । धरान १३ वेसक्याम्पबाट शुरु गरिएको सरसफाई कार्यक्रम सुनसरीको सीमा पर्ने सागुँरीगढी गाउँपालिकाभित्र पर्ने धनकुटाको भेडेटारसम्म सरसफाई गरिएको हो ।पर्यटकीय क्षेत्रमा बढेको फोहोरले वातावरण प्रदूषण बढेको खानेपानीको मुहानमा समेत प्रदूषण हुदै गएकोले जलाधार क्षेत्रमा सरसफाइ गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उनले भने, ‘धरान लगायत आसपासका क्षेत्र पर्यटकीय क्षेत्र भएपनि जथाभावि फोहोर फालेर