धरान/ धरानको वडा नं ८ को पहिलो चरणको २ सय मतगणना गर्दा मेयरमा हर्क साम्पाङले अग्रता लिएका छन् भने वडाध्यक्षमा एमालेका धन बहादुर राईले अग्रता कायम गरेका छन् ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मेयरमा साम्पाङले ७४ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६८ मत पाएकी छिन् । गबठन्धनका उम्मेद्वार किशोर राईले २७ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयर एमाले उम्मेद्वार पदम इस्वोले ८३ मत पाएका छन् भने गठबन्धनका उम्मेद्वार अइन्द्र बेघाले ४९ मत पाएका छन् ।
यसैगरि, २ सय मतगणना हुँदा वडाअध्यक्ष एमालेका उम्मेद्वार धनबहादुर राई १सय २ मत पाएर अगाडि छन् । कांग्रेसका उम्मेद्वार उत्तमकुमार राईले २३ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेद्वार कृपा राईले ११ मत पाएकी छिन् ।