रंगेलीमा पुनः मतगणना शुरु

  • जेठ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्वीर: रबिन्द्र बराल

मोरङ । शनिवारदेखी रोकिएको रंगेली नगरपालिकाको मतगणना सोमबार साँझबाट शुरु भएको छ । वडा नं. ८ को मतपेटीको फोरिएको र गणनामा नियोजित रुपमा धाँधली भएको भन्दै गठबन्धनका दलहरुले नारावाजि गरेपछि रोकिएको मतगणना पुनः शुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार दलहरुसँगको सर्वदलीय बैठक पश्चात मतगणना शुरु गरिएको हो । उनका अनुसार रोकिएको ३ नं. वडाको गणनालाई निरन्तरता दिइँदैछ ।
सोमबरा नै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया रंगेली पुगेर गणना प्रक्रिया चाँडो शुरु गर्न निर्देशन दिएका थिए ।

शनिबार राति होहल्ला हुन थालेपछि मतगणना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै मतगणना स्थगित गरिएको थियो । शनिबारसम्म गणना भएको मत परिणाम अनुसार एमालेबाट मेयरका उम्मेदवार बगडीया अग्र स्थानमा रहेका छन् । उनि आफ्ना प्रतिस्पर्धि कागँ्रेसका मोदराज घिमिरे भन्दा ५ सय ६४ मतान्तरले अगाडी छन् । ३हजार १ सय ३२ मत गणना हुँदा बगडीयाले १हजार ६ सय ३१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मोदराज धिमिरेले १हजार ६७ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै भूमा पराजुली अगाडी छिन् । उनले १ हजार ६७ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार जसपाका पन्नालाल मण्डलले ४ सय २२ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शिवराज प्यानलको चुन ...

धरान । आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघ ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved