परिवर्तन आवश्यक

  • जेठ ३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

यसपटक स्थानीय तहको निर्वाचनमा परिवर्तनका आकाङ्क्षा फरक–फरक ढङ्गले अभिव्यक्त भएका छन् । स्वतन्त्र र विद्रोही उम्मेदवारहरूले अनपेक्षित रूपमा प्राप्त गरिरहेको मतले पनि नागरिकहरूको परिवर्तनको आकाङ्क्षालाई प्रतिनिधित्व गरिरहेको छ । जुम्लाबाट पनि एउटा यस्तै समाचार आएको छ । कनकासुन्दरी गाउँपालिका–८ को दलित बस्तीका दलितहरूले एकता प्रदर्शन गर्दै स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षसहित चार पदमा विजय प्राप्त गरे । गाउँमा दलित समुदायको जनसङ्ख्या बढी भए पनि राजनीतिक दलहरूले दलितलाई कहिल्यै प्रमुख पदको उम्मेदवार नबनाएका कारण यसपटक उनीहरूले स्वतन्त्र उम्मेदवार दिए र दलका उम्मेदवारहरूलाई जितेर देखाइदिए ।

दलितहरूमाथि दमन गर्ने र उनीहरूलाई प्रयोगमात्र गर्ने तर अवसर भने नदिने दलहरूको प्रवृत्तिका कारण यसपटक दलितहरू एकजुट भए । परम्परागत दलहरूको वर्चश्व भत्काउँदै दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । ठूला दलहरूविरुद्धको यो एक प्रकारले विद्रोह हो । ठूला दलका उम्मेदवारहरूले आप्mनै मतबाट जित्ने तर आफुहरुलाई भने कहिल्यै अवसर नदिने गरेका कारण उनीहरू एकता देखाउने अवस्थामा पुगेका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा यहाँबाट दलित महिला सदस्यबाहेक अन्य पदमा दलित समुदायको कसैले अवसर पाएको थिए । दलित भएकै कारण दलले अवसर नदिएको अनुभूति भएपछि दलितहरूले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसबाट दलहरूले पाठ सिक्नु आवश्यक छ । उम्मेदवार छनोटमा हुने नेताहरूको मनोमानी अब मतदाताहरूलाई अस्वीकार्य हुने सङ्केतहरू देशका विभिन्न स्थानमा देखिन थालेका छन् । मतदाताको भावना र इच्छालाई बेवास्ता गरेर नेताहरूले उम्मेदवार लाद्ने प्रवृत्तिलाई मतदाताहरूले चुनौती दिएका छन् । दलित बाहुल्य गाउँमा दलितकै मतबाट अरूले जित्दा आपूmहरू जहिले पनि मतदातामात्र हुनुपर्ने अवस्था उनीहरूलाई स्वीकार्य भएन । उत्पीडित तथा विपन्न समुदाय र वर्गलाई हेप्ने र तिनको गरिबी र अशिक्षाबाट लाभ लिएर चुनाव जिते पनि उनीहरूको उत्थान र प्रगतिका लागि केही नगर्ने परम्परा अब अन्त्य हुनुपर्छ । अब दलहरूले सर्वसाधारण नागरिकहरूको भावना र इच्छालाई सम्मान गर्नु आवश्यक छ । हरेक समुदाय, वर्ग र लिङ्गको भावनालाई कदर नगरे दलहरूको अस्तित्व नै कमजोर हुने निश्चित छ । दल र तिनका नेताहरूले सबै वर्ग र समुदायका समस्या र अप्ठ्याराहरूलाई सहजतामा बदल्न प्रयास नगर्ने हो भने नागरिकहरूले यसैगरी विद्रोह गर्ने पक्का छ । यो चेतना विस्तारको प्रस्ट सङ्केत हो । यसलाई सबैले हेक्का राख्नु आवश्यक छ । अब कोही पनि भोट बैंङ्कमात्र बन्न तयार छैनन् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved