Top 4

    Showing 6,261-6,270 of 8,011 items.
  • स्याउ तस्करीमा संलग्न प्रहरीलाई निलम्बन

    इटहरी । भारतीय सिमामा हुने स्याउ तस्करीमा संलग्न सुनसरी स्थित भण्टाबारी सिमा प्रहरी चौकीका इन्चार्ज सहित तिन जनालाई प्रदेश १ प्रहरी कार्यालयले निलम्बर गरेको छ । तेश्रो मुलुक चिनबाट नेपाली बजारको लागि आएको स्याउ भारततिर तस्करी गरी पठाएको अभियोगमा भण्टावारी सिमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरिक्षक गंगा थापा सहित अन्य दुइजनालाई निलम्बन गरिएको हो । सेटिङ मिलाएर सिमाबाट भारत तर्फ निकासी गरिएको ठुलो परिमाणको स्याउ आइतबार बिहान भारतीय एसएसबिले नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीकै संलग्नता रहेको पाइएको थियो । सुनसरीको सिमाबाट तिनवटा नेपाली नम्बर सहितको ट्रकमा लोड गरी पठाइएको १३ सय कार्टुन

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 1,378 पटक पढिएको
    • "तेजबहादुर बन"
  • मोरङका स्थानियतहलाई हेफर इन्टरनेशनल नेपालको सहयोग

    मोरङ / मोरङका पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ । कोरोना महामारीको समयमा हेफरले बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका , पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको हो । दोस्रो चरणको भेरीयन्टबाट नागरीकहरुलाई बचाउनका लागि स्वास्थ्य सामाग्रि खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफनो कार्य क्षेत्रभित्रका केहि स्थानीयतहरुलाई सहयोग गरेको हेफरले जनाएको छ । बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरेमा  क्रमशः ७ लाख ५० हजार सहयोग गरेको छ भने कानेपोखरी गाँउपालिकालाई १२ लाख पचास हजार रुपैया सहयोग गरेको छ । सहयोग गरीएको रकम बाट कोभिडका लागि चाहिने सामाग्रिहरु

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुवालुङ संरक्षणको नीति :नागरिक प्रतिरोधको परिणाम(सम्पादकीय)

    सङ्घीय सरकारले गत जेठ १५ गते बजेट भाषणमार्पmत् सार्वजनिक गरेको चतराबाट भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेको ‘अवरोध’ हटाउने नीतिविपरीत प्रदेश १ सरकारले भने सो अवरोधको संरक्षण गर्ने नीति सार्वजनिक गरेको छ । नागरिक प्रतिरोधको फलस्वरूप प्रदेश १ सरकार यस्तो नीति घोषणा गर्न बाध्य भएको हो । सङ्घीय सरकारले बजेट भाषणमार्पmत् सङ्केत गरेको ‘अवरोध’ खासमा किराँत धर्म–संस्कृतिसँग जोडिएको ‘खुवालुङ ढुङ्गा’ हो । चतराबाट मास्तिर जाँदा वराहक्षेत्रभन्दा केही तल सप्तकोशी नदीबीचमा पर्ने यो ढुङ्गा फुटाउने सङ्घीय सरकारको नीति थियो । त्यसो त प्रधानमन्त्री केपी ओ

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 615 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नियन्त्रणमा सक्रिय प्रकासपुर युवा जमात

    बराहक्षेत्र । दोस्रो भेरियन्टको कोरोना संक्रमण नियन्त्रणमा वराहक्षेत्र १० स्थित प्रकासपुर युबा जमात सक्रिय रहेको छ । प्रकासपुरका सक्रिय युबाहरुको छाता संस्थाको रुपमा स्थापित युबा जमात विगत २९ दिन देखि कोरोना नियन्त्रण कार्यमा सक्रिय रहेको छ । उनीहरुले वराहक्षेत्र ९ र १० नम्बर वडावासीसंग सहकार्य गरेर सार्वजनिक स्थलमा सेनिटाइज गर्ने, सुरक्षाकर्मी, स्थानीय संक्रमितहरुलाई स्वास्थ्य सामाग्री बितरण साथै राहत बितरण गर्दै आएको छ । वराहक्षेत्र ९ र १० का प्राय सबै घरमा सेनिटाइज गरी सकेको छ । उनीहरुले संक्रमितहरुलाइ पौष्टिक खानेकुरा वितरण गर्नुका साथै ज्वरो तथा अक्सिजन लेभल चेकजाँच, आवश्यक चिकित्सकको स

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 623 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा असार ७ गते सम्म थपीयो निषेधाज्ञा, बिहान ११ बजे सम्म तरकारी र फलफुल ब्यवसाय खोल्न पाइने

    इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले आगामि असार ७ गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यस अघि जेठ ३१ गते सम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेृकोमा थोरै परिमार्जन गरी आगामि असार ७ गते सम्म लम्ब्याइएको हो । जिल्ला प्रसाशन कार्यालय सुनसरीमा आइतबार बसेको डीसीएमसीको बैठकले जारी निषेधाज्ञाको नियमहरू परिमार्जन गरी निषेधाज्ञालाइ थोरै खुकुलो बनाउने निर्णय गरेको छ । बन्द रहेको फलफुल तथा तरकारी ब्यवसाय अब बिहान ५ बजे देखि ११ बजे सम्म् खोल्न पाउने गरी निषेधाज्ञा असार ७ गते सम्म् पुर्याइएको हो । जिल्लामा कोरोना संक्रमण दर घटेपनि जोखिम कायमै रहेको देखिएपछि थप सतरकता अपनाउन निषेधाज्ञाको समय

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 2,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तहको बजेट दलितमैत्री हुने स्थानीय सरकारको प्रतिबद्धता

    धरान । स्थानीय तहको बजेट तथा निति कार्यक्रमको तयारी प्रक्रिया अघि बढ्दै गर्दा प्रदेश १ का स्थानीय तहले दलित समुदाय मैत्री बजेट बनाइने प्रतिबद्धता जनाएका छन् । मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ नेपाल) को आयोजनामा भएको भर्चुअल छलफलमा प्रदेश १ का बिभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखले आ–आफना् स्थानीय तहको आगामी बजेट लक्षित समुदाय अनुभुती गर्ने किसिमको बनाइने प्रतिबद्धता जनाए । छलफलमा बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा स्वस्तिकले दलित समुदाय लक्षित बजेटका लागि गम्भिर रहेको बताए । उनले भने, ‘बेलका नगरपालिकाले दलित उत्थान समिति निर्माण गरेर उनीहरु लक्षित कार्यक्रम ल्याएक

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 552 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनिता मृत्यु प्रकरण : प्रहरीलाइ खबर गर्ने श्रीमान नै अनुशन्धानको घेरामा

    इटहरी । खाना खाएर संगै सुतेकि श्रीमति बिहान ओछ्यानमा मृत भेटिएपछि प्रहरीलाइ खबर गर्ने श्रीमान अनुशन्धानको घेरामा तानिएका छन । खोटाङ घर भइ इटहरी ४ चौधरी थरका एक ब्याक्तिको घरमा डेरा बस्दै आएकि ३५ वर्षिया सुनिता राइ गत ज्येस्ठ २७ गते बिहीबार बिहान सुतेकै ठाउमा मृत अवस्थामा भेटिएकि थिइन । पोस्टमार्टमको रिपोर्टले केहि शंकासपद कुरा देखाएपछि अनुशन्धानको लागि उनको श्रीमान न्यायधिश राइलाइ शुक्रबार नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मापसे गरेर संगै सुतेको श्रीमानले बताएपनि बिहान श्रीमति मृत अवस्थामा भेटिनु घटना शंकासपद रहेको भन्दै अनुशन्धाको निमित्त न्याधिशलाइ नियनत्रणमा लि

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारलाई ६२ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

    विराटनगर । संयुक्त राष्ट्र संघको तर्फबाट प्रदेश १ सरकारलाई रु. ६२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ती सामग्री आइतबार हस्तान्तरण गरिएको हो । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए । युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको साहले बताए । स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विक

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुवालुङ फुटाइँदैन संरक्षण गरिन्छ, धेरै राजनीति नगरौं : मुख्यमन्त्री राई

    विराटनगर । सप्तकोसी नदीको खुवालुङ ढुंगाको विषय उछालेर धेरै राजनीति भभएका भन्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गरिने बताएका छन् । उनले प्रदेशको नाम संसदको यही अधिवेशनबाट टुंगो लगाउन पनि आह्वान गरे । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैं आइतबार प्रदेशसभा बैठकमा राईले भने,“ढुंगामात्रै हुँदो हो त त्यो फुटाउने पर्ने ठाउँमा छ । तर, धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गर्नुपर्ने देखिन्छ । खुवालुङलाई संरक्षण गर्नुपर्छ ।” जलयातायात संचालन गर्न नदीको बहावलाई च्यानलाईज गर्ने काम

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारको नीति तथा कार्यक्रम संशोधनसहित पुर्नलेखन गर्न विपक्षीको माग

    विराटनगर । विपक्षी दलले प्रदेश १ सरकारले सदनमा पेश गरेको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम संशोधनसहित पुर्नलेखन गरेर सदनमा पेश गर्न माग गरेका छन् । संशोधनको विषयमा ती दलका सांसदले आइतबारको बैठकमा यसबारेको छलफलमा यस्तो धारणा राखेका हुन । विभिन्न विपक्षी दलका तीन वटा संशोधन परेकोमा त्यसमाथिको छलफलका क्रममा सांसदले नीति तथा कार्यक्रम गन्जागोल ढंगले आएको, संघ, प्रदेश र स्थानय तहको एकल तथा साझा अधिकारका क्षेत्रहरुको विषय पनि हस्तक्षेप हुने गरी आएको भन्दै पुर्नलेखन गर्न माग गरिएको हो । संशोधन कर्ता दल नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले संशोधन प्रस्तावबारेको छलफलमा भने,&ldquo

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 679 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved