पर्यटकीय क्षेत्र भेडेटारमा बर्षौदेखिको खानेपानीका समस्या समाधान: १ सय ४७ घरधुरी लाभान्वित

  • श्रावण २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्रदेश नं. १ को प्रमुख पर्यटकीय क्षेत्र धनकुटाको सागुरीगढी नगरपालिकामा पर्ने भेडेटारमा विगतदेखि नै खानेपानी अभाव थियो । खानेपानी समस्याका कारण यहाँका सर्वसाधारणलाई समस्या त छँदैथियो त्यसमाथि पनि पर्यटन सम्बन्धी व्यवसाय चलाउन कठिन रहेको थियो ।

तर अहिले भने भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो ।

खानेपानी आयोजनाको प्रदेश १ सरकारका खानेपानी तथा ऊर्जा मन्त्री रामकुमार राई उदघाटन गरेका छन् । खानेपानीको समस्या हटेसँगै अहिले भेडेटारका १ सय ४७ घरधुरीले लाभान्वित छन् ।

२०६९ सालमा खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले सुरु गरेको आयोजनाको काम संघीय संरचनापछि हाल प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको थियो ।

प्रदेश सरकार तथा स्थानीय बासिन्दाको लागत सहभागितामा तीन करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । स्थानीय सिरिसे, सौरे र सौरे खोलाबाट लिफ्ट गरी करिब डेढ किलोमिटरमाथि भेडेटारमा खानेपानी ल्याइएको हो ।

१० वर्षपछि यो योजना सम्पन्न भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार यसअघि दैनिक २ देखि ३ हजार लिटर ट्याङ्रको पानी किनेर चलाउनुपर्ने बाध्यता थियो । उनले भने–‘म पनि होटल व्यवसायी नै हुँ, विगतमा होटल व्यवसाय सञ्चालन गर्न ज्यादै मुस्किल थियो ।’

उनका अनुसार भेडेटारमा साना तथा ठूला गरी झण्डै २ सय होटल रहेका छन् । पर्यटक आगमनको मुख्य सिजनमै पानी अभाव हुँदा ट्यांकरबाट पानी खरिद गरेर काम चलाउनु परेको अध्यक्ष रुम्दालीले बताए । उनले भने–‘पानीकै अभावका कारण मुख्य सिजनमा साह«ै गाह«ो हुन्थ्यो, पानी किनेर खुवाउन बाध्य हुन्थ्यौ ।

लिफ्ट मार्फत ल्याइएको पानी डाँडामा एक एक लाख लिटरका तीन वटा ट्यांकीमा जम्मा गरी अन्य ५० हजार लिटरका दुई र १२ हजार लिटरका तीन वटा ट्यांकीमार्फत वितरण गर्ने गरी तयारी गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिए । उनले भने–‘आयाोजना सम्पन्न भएको छ अब आयोजनाको सुरक्षाको जिम्मा स्थानीयको हो ।’

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved