अपरिपक्व विवाह एक वर्ष पनि टिक्दैन

  • श्रावण ३०, २०७९
  • भगीरथ भण्डारी
alt

धरान । सानो उमेरमा विवाह गर्दा युवतीहरु हिँसामा पर्ने घट्ना धेरै बाहिर आएका छन् । सानै उमेरमा आमा बन्दा स्वास्थ्यमा समस्या त छँदैछ, पारिवारिक द्वन्द्धले विक्षिप्त मनस्थितिमा उनीहरु बाच्नुपर्ने अवस्था रहेको छ ।

इलामको सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरिन । स्थानीय एक युवासँग विवाह गरेकोे एक वर्ष नबित्दै छोरीको आमा पनि बनिन् । छोरीको आमा भएको छ महिना नबित्दै श्रीमानको हिंसाको शिकार बनिन् । दिनदिनै हिंसाको शिकार बनेकी किशोरी श्रीमानसँग बस्न नसक्ने अवस्थामा पुगिन । भागेर सानैमा विवाह गरेकाले माइतीले पनि वास्ता गरेनन । डेढ वर्षकी छोरीसहित विस्थापित भएकी किशोरीलार्ई मानवअधिकार मञ्च इलामले उद्धार गरी केही दिन आफ्नो सेल्टरमा राख्यो । अहिले छोरीसँगै विराटनगर स्थित सरकारी सेल्टरमा छिन् । अभिभावकको संरक्षणमा पढ्ने बढ्ने उमेरमा आफैं अभिभावक (आमा) बनेपछि अहिले उनी न माइत न घरकी भएकी छन् ।

इलाम सदरमुकामको एक विद्यालयमा कक्षा ८ पढ्दै गरेकी एक किशोरीले घिमिरे थरका एक युवासँग विवाह गरिन् । १४ वर्ष टेकेकी उनीको विवाह पनि दुई महिना टिक्न सकेन । प्रेम विवाह गरेकी सम्झना अहिले माइतघरनै फर्केर आएकी छिन् । विद्यालय परिवर्तन गरेर ८ कक्षामै पढ्न थालेकी छन् ।

यी त प्रतिनिधिमूलक घटना मात्र हुन, उनीहरु जस्ता दर्जनौं बालबालिकाले विद्यालय उमेरमै प्रेम गर्दै विवाह गर्ने गरेका छन् । लहड र लहरमा किशोर किशोरीले विवाह गर्ने र विवाहको उमेर पुग्दा नपुग्दा बेमेल हुने गरेको पाइएको छ । बालविवाहले उनीहरुको भविष्य अन्योल र कष्टकर बनाइदिने गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले विवाहको उमेर २० वर्ष तोकेको छ । २० वर्ष नपुगी विवाह भए स्वत ः बदर हुने व्यवस्था पनि कानुनले गरेको छ । यति मात्र होइन, कानुनले ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था समेत गरेको छ । तर, बढ्दो सञ्चार र सामाजिक सञ्जालको प्रयोगले किशोर किशोरीहरु प्रेमजालमा फस्ने गरेका छन् । कानुनी व्यवस्था मात्र नभएर भविष्यसमेत ख्याल नगरी भावनामा डुबेर विवाह गर्ने गरेका छन् । कलिलै उमेरमा विवाह गरेका उनीहरुको विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद भइसकेको हुन्छ । एक माध्यमिक विद्यालयकी शिक्षिका कक्षा ८ मा मात्र ३० जोडीसम्म प्रेमीप्रेमीका भेटिएकाले सबैलाई कार्यालयमा बोलाएर काउन्सिलिङ्ग गरिएको बताइन् । सानै उमेरमा मोबाइल फोनको प्रयोग र सामाजिक सञ्जाल र युट्युबको सिको गर्दै किशोरकिशोरी प्रेमीप्रेमिका बन्ने गरेको उनको भनाई छ ।

कानुनले बालविवाह वर्जित गरेकाले छोराछोरी भएपछि झन समस्या हुने गरेको छ । उमेर नपुगी विवाह गरेका जोडीबाट जन्मिएका बच्चाको जन्मदर्ता भएपनि विवाह दर्ता नहुँने भएकाले विवाहपछि अलग हुनु पर्दा महिलाले अंश दाबी गर्न समस्या हुने गरेको कानुन व्यवसायी याम लिम्बू बताउँछन् । कानुनले बालविवाह वर्जित गरे पनि गाउँमा मात्र नभएर शहरी क्षेत्रमा समेत बालविवाह हुने गरेको छ । उमेर नपुग्दै विवाह गरेर विद्यालय छोड्ने मात्र होइन, विवाहपछि विद्यालय पढ्न आउने विद्यार्थी पनि विद्यालयमा रहेको सदरमुकामस्थित आदर्श माविका प्रधानाध्यापक कुमार पौडेल बताउँछन् ।

यता अमर मावि बरबोटेका शिक्षक तुलसी बराल पनि कक्षा ८ देखि १० सम्मका ५ देखि १० जना छात्राहरु वर्षेनी विवाह गरेर विद्यालय छोड्ने गरेको बताउँछन् । यसरी किशोरी अवस्थामै विवाह गरेका अधिकांशमा उनीहरुको विवाह जीवन्त नबन्ने गरेको छ । कानुनले विवाह गर्ने उमेर बढाएर २० वर्ष पुर्याए पनि बालविवाह गर्नेको कायमै रहेको मानवअधिकार मञ्च इलामका भक्त थामीले बताए । किशोर किशोरी अवस्थामै विवाह गरेका कारण सम्बन्धमा दरार उत्पन्न भएपछि समस्या लिएर संस्थामा आउने गरेको पनि उनले बताए । नेपाल बालविवाह हुने विश्वकै १० औं स्थानमा पर्दछ । गरिबी, अशिक्षा, परम्परागत सोँच र संस्कारका कारण समाजमा अहिले पनि बालविवाह व्याप्त रहेको पाइन्छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved