पाख्रीबासका लालबहादुरलाई ठूलो बज्रपात: क्षणभरमै ६ वटा चौपाया मरे

  • साउन २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्बिर सौजन्य: गोरख तामाङ्ग

धरान । धनकुटाको पाख्रीबास नगरपालिकाका ७ का थाक्लेका लालबहादुर तामाङलाई बुधबार ठूलो बज्रपात प¥यो । उनले पालेका चौपाया क्षणभरमा मरेपछि उनको परिवारमा ठूलो बज्रपात परेको हो ।

बुधबार दिउँसो अचानक उनले पालेका ३ वटा बाख्रा, १ बोका १ पाडी र १ गोरु शंकास्पद तरिकाले थलामै मरेका थिए । तामाङ भन्छन्–‘केही समय अगाडि राम्रै रहेका वस्तुहरु भटाभट मरे, मेरो त सर्वनाश नै भयो ।’

उनले शंकास्पद ढंगबाट मरेको बताउदै कसैको षड्यन्त्रले चौपया मरेको भन्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरीलाई आग्रह गरेका छन् । उनले भने–‘एकै पटक ६ वटा वस्तु मर्नु शंकास्पद छ, एउटा वा दुईवटासम्म मर्न सक्छन्, ६÷६ वटा मरेका छन् यो शंकास्पद छ ।’

तामाङको ६ वटा चौपाया मरेलगगत्तै बिहिबार बिहान पुगेको प्रहरी र पाख्रिवास नगरपालिका पशुशाखाका प्राविधीकहरु घट्ना स्थालमा पुगेका थिए । उनीहरुले समेत चौपायाको बाहिरी लक्षण हेर्दा कसैले युरिया मल खोलेमा मिसाएर दिएका कारण मृत्यू भएको आशंका गरेका थिए । पाख्रिवास नगरपालिकाका पशुशाखा प्रमुख गोरख तामाङ्गले –‘एकैपटक ६ वटा चौपाया मरेका छन्, यो शंकास्पद छ, यसको अनुसन्धान गरेर बाहिर ल्याउनुपर्छ ।’

उनले मृत्यु भएका चौपाया प्रकृति हेर्दा यूरिया मल खानाको माध्यमबाट खाएको हुन शंक्ने आशंका गरे । उनले भने– ‘चौपायाको मृत्युको कारण के हो अहिले भन्न सकिँदैन तर विष सेवनबाट नै मृत्यु भएको आशंका गर्न सकिन्छ पशु चिकित्सकहरुले पोष्टमाटम गरेर रिपोट आएपछिमात्र वास्तविकता थाहा हुन्छ ।’

 

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved