दुर्घटना न्यूनिकरणमा जुटे सरोकारवाला पक्ष

  • साउन ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सडक दुर्घटना बढ्दै जादा पछिल्लो समय धरानमा स्थानीय सरकार, ट्राफिक र सर्वसाधारण मिलेर न्यूनिकरण अभियानमा जुटेका छन् ।

सडक सागुरो, त्यसमाथि सवारी चालकले तिब्र गतिमा सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढ्ने भन्दै धरान १६ ले जिल्ला ट्राफिक कार्यालय सुनसरीसँग सहकार्य गरेर सवारी साधनको गति नियन्त्रणका लागि व्यारिकेट राखेको छ । धरान १६ मा रहेको विविक्युले स्थानीय धरान १६ लाई व्यारिकेट प्रदान गरेपछि धरान १६ गणेशमान सिंह चौक र केही माथि दुईवटा व्यारिकेट राखिएको हो ।

धरानको सडक साँगुरो भएकै कारण वडा नं. २ र ३ का वडाध्यक्षहरुले ट्राफिकसँग सहकार्य गरेर सडकको एकापटिमात्र पार्किङ शुरु गरेलगत्तै धरान १६ ले समेत सवारी साधनको गति सीमित बनाउन व्यारिकेट राखेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले सवारी चालकको लापार्बाही र मादक पदार्थ सेवन गरी तिब्र गतिमा सवारी साधन चलाउदा दुर्घटना बढ्दै गएकोले यस्ता कुरालाई सुधार गर्दै स्थानीय सरकारसँग सहकार्य गरेर दुर्घटना न्यूनिकरणमा लागेको बताए । उनले भने–‘सवारी चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउद र साघुरो सडकमा तिब्र गतिमा सवारी साधन चलाउदा दुर्घटना जोखिम हुन्छ, तिब्र गतिलाई नियन्त्रण गर्न पनि व्यारिकेटले मद्धत गर्छ ।’

भर्खरै सम्पन्न कालोपत्रे सडकका कारण सवारी चलाउनेले दायाबायाँ नहेरी चलाउने गरेका कारण ट्राफिक प्रहरीसँग सहकार्य गरेर विद्यालय भवन छेउ तथा अति व्यस्त ठाउँ गरी धरान १६ गणेशमानसिंह चौकको दुई ठाउँमा व्यारिकेट राखिएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले बताए ।

पछिल्लो समय स्थानीय सरकार र ट्राफिक प्रहरी मिलेर दुर्घटना न्यूनिकरणमा सहकार्य गरेर काम गर्दै आएका छन् । स्थानीय सरकार र ट्राफिक प्रहरीमात्र हैन, सर्वसाधारण, सरोकारवाला पक्षहरुसँग पनि सहकार्य गर्न सके ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्ने काममा सोचेभन्दा सफलता मिल्न वडाध्यक्ष भट्टराईले बताए ।

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved