एम्समा अभिमुखीकरण सम्पन्न

  • श्रावण २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एम्स एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई बिहीबार अभिमुखीकरण गरेको छ ।

त्यस क्रममा व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले विद्यार्थीहरूलाई कलेजका नीति–नियमबारे जानकारी गराएका थिए । उनले अध्ययनमा ध्यान केन्द्रित गरे सबैले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यस क्रममा कलेजका प्राचार्य मित्र तामाङले पनि विद्यार्थीहरूलाई कलेजबारे बताएका थिए ।

उनले कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिने गरेको बताएका थिए । कार्यक्रममा कलेजका प्रशासक नवीन राई, आर्थिक संयोजक हेमन्त भण्डारी, विजयपुर अस्पतालका प्रबन्धक इन्दु योञ्जन, एम्सका पूर्वविद्यार्थी नवीना मग्राती र राजेश विद्रोहीले पनि विद्यार्थीलाई उत्प्रेरणा दिने मन्तव्य राखेका थिए । त्यस क्रममा कक्षा ११ का विद्यार्थीहरूलाई शैक्षिक क्यालेन्डर पनि वितरण गरिएको थियो । एम्समा कक्षा १२ मा अध्ययनरत छात्राहरूले कार्यक्रमको बीच–बीचमा नृत्य प्रस्तुत गरेका थिए ।

298053493_605161214314457_1114108523553312649_n 298602943_761335991842720_2319435782325996418_n

हात्ती आतंकबाट त्रसि ...

इटहरी/ वर्षेनी हात्तिको आक्रमणबाट जनधनको क्षती हुन ...

अपाङ्गतामैत्री नीति ...

विराटनगर/ राज्यले नीति निर्माण गर्दा प्रक्रिया अर् ...

कोशी अस्पतालका कुरुव ...

विराटनगर/  कोशी अस्पताल विराटनगरमा उपचारत बिर ...

राजमार्गमा गैरकानुनी ...

धरान/ स्थानीय तहहरुले कानुन विपरीत राजमार्गमा ढाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved