धरान । सरकारले आर्थिक बर्ष २०७९–८० को बजेट भाषणामा कर्मचारीको तलबमा १५ प्रतिशत बृद्धि गरेपनि विद्यालयका कर्मचारी, लेखापाल र विकास शिक्षको तलब नबढेको भन्दै तलब बढाउन माग गर्दै झापाको कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाए पनि विद्यालय कर्मचारी, लेखापाल र बाल विकास शिक्षकको तलब वृद्धिको विषय सरकारले कुनै सम्बोधन नगरेको भन्दै आफूहरुको तलब पनि सरकारले वृद्धि गरेको सो सरह हुनुपर्ने भन्दै गाउपालकालाई ज्ञापनपत्र बुझाएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवल अध्यक्ष भीमबहादुर राईले राष्ट्रसेव
धरान । धरानमा असार १ गतदेखि कोरोना विरुद्धको बुस्टर डोजको खोप लगाइने भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाल दिएको जानकारी अनुसार १२ बर्ष उमेर समुहदेखि माथिका उमेरका दोस्रो खोप लगाएको तीन महिना पूरा भएकाले मात्रै बुस्टर डोज खोप लगाइने भएको हो । असार ५ गनेसम्म सञ्चालन हुने खोप अभियान धरानभरि विभिन्न स्थान गरी १४ स्थानबाट सञ्चालन गरिने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । तोकिएको खोप केन्द्रमा बिहान १० बजे देखि साझ ४ बजे सम्म खोप लगाउन सकिने उनले बताए । खोप लगाउन जानेले अनिवार्य दोस्रो पल्ट लगाएको खोप कार्ड भएमात्र बुस्टर खोप लगाउन पाइने बताएको छ । अहिले सम्म
धरान । इलामको माईजोगमाई गाउँपालिकाले वेबसाईडमा जनप्रतिनिधिको नाम परिवर्तन गरेको छ । निर्वाचन सम्पन्न भएको एक महिना वितिसक्दा पनि पालिकाले वेबसाइड मार्फत गलत सुचना दिएको भन्ने समाचार कोशीपत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि नाम परिवर्तन भएको हो । बैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएपिन पालिकाले वेबसाईडमा पुरानै जनप्रतिनिधिको नाम राखेको थियो । समाचारमा वेबसाईडले गलत सूचना दिएको भन्ने समाचार आएपश्चात तत्काल वेबसाईड परिवर्तनहुन थालेको थियो । गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७४ पछि www.maijogmaimun.gov.np नामकोे वेबसाइट चलाउँदै आएको छ । यसैमा बजेट तथा कार्यक्रम, योजना परियोजना, पालिकाक
धरान । धरान नगरलाई सफा राख्ने अभियान शुरु गरिएको छ । धरान उपमहानरपालिका वडा नं. २ बाट यो अभियान शुरु गरिएको हो । निर्वाचित जनप्रतिनिधिहरुको संकल्प नै धरान नगरलाई सुन्दर र पर्यटकीय स्थल बनाउने हो । यसै अभियान अन्तर्गत धरानमा जथाभावि छरिएर रहेका विजुली तथा नेट वर्क प्रा.लिका तार लगायतका तारहरुलाई एकमुष्ट बनाउने काम शुरु गरिएको छ । धरान २ का जनप्रतिनिधिहरुले यो कामलाई शुरुवात गरेका छन् । वडा नं. २ को नवनिर्वाचित जनप्रतिनिधिहरुले पहिलो वैठकमै यो कामलाई प्राथमिकता राखेर शुरु गरेका हुन् । छरिएर राखिएका तारहरुका कारण सर्वसाधारणलाई करेन्ट लाग्ने, बादरले जथाभावि तारमा चढेर उपद्रो मच्चाउदा जोखिम बढ्ने
धरान । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेद्वार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन् । प्रमुखमा निर्वाचित भएका राईले २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका जीतेन्द्र अग्रवालले १३ मत प्राप्त गरे । त्यस्तै उप प्रमुखमा झाले २१ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्दी निलम कुमारी सरदारले १३ मत प्राप्त गरेकी थिइन् । यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वकर्माले समान २१÷२१ मत ल्याएका छन् । य
धरान । विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आउनु भएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे सम्मानाट सम्मानित गरेको छ । लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान दिएको भन्दै समाजले नेम्वाङलाई एक लाख राशी सहित साथै सम्मान पत्रले सम्मान गरेको हो । सन् १९७४ मा सभाया खोलाको दोभानमा तत्कालीन लिम्बुवानका सेनापति काङ्सोरे राय लिम्बु र गोर्खालीतर्फका सेनाध्यक्ष रघु रानाबीच मल्लयुद्ध काङ्सोरे सहिद भएका थिए । उनलाई लिम्बुवान आन्दोलनकर्मीहरूले अत्यन्तै श्रद्धाका साथ स्मरण गर्ने गर्छन् । उनकै स्मरणमा नेम्बाङला
धरान । ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । ईलामको रोङ गाउपालिका ४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे १ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदाँ ट्याक्टर चालक सुर्योदय नगरपालिका १२ का २९ बर्षीय सागर प्रधान सहित ३ जना घाईते भएकोमा उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो । यसै गरी झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित भित्री सडक खण्डमा सोमबार बेलुका ५ बजे मे १ त ७४३१ नम्बरको
धरान । नेवाः देय दवु धरानको आयोजनामा भएको ४५ दिने भाषा तालिम सोमबार सम्पन्न भएको छ । सिद्धि नेवा: परिषदको भवनमा गत जेष्ठ १९ गतेदेखि भाषासम्बन्धी तालिम भएको थियो । समापन कार्यक्रममा बोल्दै धरान उपमहानगर पालिका उप– प्रमुख आइन्द्र बिक्रम बेघाले भाषाको विकासले जातिको उत्थान हुने बताए । उनले भने–‘ हरेक जातिले भाषाको विकास गर्नु अपरिहार्य रहेको छ, सबै जातिको पहिचानको माध्यम भाषा पनि एक हो ।’ नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद धरानका सल्लाहकार चित्रराज थापा मगरले राज्यसत्ताले भाषालाई मह्त्व नदिएको आरोप लगाए । उनले भने–‘नेपाल वहुभाषित देश भएकोले सबै जातजाति
धरान । बिराटनगरको मोतिराम फुटवल क्लव प्रदेश एक जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटवल क्लवको संयोजनमा जारी प्रतियोगितामा मोतिरामले धरान फुटबल क्लबमाथी २–० को जित निकाल्दै उपाधी नजिक पुगेको हो । इटहरी रंगशालामा भएको सोमबारको पहिलो सेमिफाइनलमा मोतिरामलाई उपाधी होडमा पुर्याउन उमेश कार्की र अभिषेक लिम्बुले एक–एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो । कार्कीले ५८ औं र लिम्बुले ५९ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बिजयी टिमका उमेश कार्की घोषित भए । उनलाई इटहरी उपमहानगरपालिका वार्ड नं ९ क
धरान । गाउँपालिकाले नागरिक वडापत्र, कार्यालयको संरचना, कार्यक्षेत्र, सम्बन्धित ऐन कानुनदेखि काम गर्ने कर्मचारी र जनप्रतिनिधीको विवरणसम्म सार्वजनिक गर्नुपर्ने हुन्छ । यस्तो सूचनाहरु सबैभन्दा भरपर्दो, छिटो र आवश्यकता अनुसार सार्वजनिक गर्ने सबैभन्दा सजिलो माध्यम वेबसाइट हो । त्यही प्रयोजनको लागि देशभरका स्थानीय तहहरुको वेभसाइट मन्त्रालयबाट नै एकै प्रकारको तयार गरेर सम्बन्धित स्थानीय तहहरुलाई उपलब्ध गराई सञ्चालन गरिँदै आएको छ । स्थानीय तहको चुनाव हुनुअघि पनि कतिपय स्थानीय निकाय÷तहले यस्तो वेबसाइट सञ्चालनमा ल्याएका थिए भने कतिपय पालिकामा भने स्थानय तह निर्वाचन पछि मात्र वेबसाईड सञ्चालनमा आएक