धरान/ प्रदेश सरकारले आगामि अर्थिक वर्ष ७८।७९ का लागि बजेट प्रदेशसभामा पेश गरेको छ । मंगलबार प्रदेश सभामा अर्थिक मामिला तथा आन्तरिक मामिला मन्त्री टंक आङबुहाङले आगामी अर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । उनले बजेट वक्तव्यका क्रममा समग्र शिक्षा क्षेत्रको लागि रु १ अर्व १९ करोड बजेट बिनियोजन गरेको बताए । साथै उनले आगामी आर्थिक वर्षमा सबै विद्यालयहरुमा स्काउट गठन गरिने तथा प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गरिने र क्रमशः विद्युतीय पुस्तकालयको रुपमा रुपान्तरण गरिने बताए । मुख्यमन्त्री विद्यालय सुधार योजना अन्तर्गत विद्यालयको सधार गर्न रु २३ करोड छुट्याइएको जानकारी गराए । त्यस्तै, स्व
धरान । कोरोनाको महामारीकै बिचमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा नियुक्ति भएको ३ महिना नबित्दै डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउने निर्णय गराए । कोरोना महामारीमा संक्रमित भएका बिरामीहरुलाई प्रतिष्ठानबाट दिइने स्वास्थ्य उपचारको सेवालाई प्रभावकारी बनाउनुको साटो उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन हतारिए । दैनिक जसो कोरोना संक्रमितहरु बढ्दै गएको अवश्थामा कोभिड अस्पताल शुरु गरेर उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गराउन काठमाण्डौं धाइरहे । गत साउन ३० गते बसेको सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानलाई विश्वविश्वविद्यालय बन
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अनियमितता तथा भ्रष्टाचारका विरुद्ध अख्तियारलाई एसएमएस गरेका एक चिकित्सकलाई उपकुलपतीले स्पष्टिकरण सोधे पछि २४ घण्टा भित्र माफि माग्न चिकित्सक तथा विद्यार्थीहरुले माग गरेका छन् । प्रतिष्ठान स्थित चिकित्सा तथा दन्त चिकित्सक वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपती डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको नियमावली विपरित कार्य गरेको भन्दै सोमबार ३ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेका थिए । अनियमितताबारे आवाज उठाउदा स्पष्टीकरण सोधिएकोमा वेल्फेयर सोसाइटीले घोर आपत्ति प्रकट गरेको छ । विरोध स्वरुप आज बिहान उपकुलपति कार्यालय अघि
सुनसरी । कोरोना संक्रमणका कारण भौतिक उपस्थितीमा पठनपाठन हुन नसके पनि विद्यार्थीहरुको नयाँ शैक्षिक सत्र आज बाट शुरु हुदै छ । सरकारको परिपत्र अनुसार विद्यालय तहको कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र आजबाट सुरु गरिने भएको हो । विद्यालयहरुले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर असार १ देखि नयाँ शैक्षिकसत्रको भर्ना अभियान सुरु गर्दै छन् । असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने, अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् । असार १५ सम्म विद्या
भ्रष्टाचार, अनियमितता र अख्तियारको दुरुपयोग हाम्रो विकासका मुख्य बाधक हुन् । हाम्रो देशको हरेक क्षेत्रमा भ्रष्टाचार र अनियमितता छ । हरेक प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने भाषण गरे पनि भ्रष्टाचार भने झन्–झन् बढ्दै गएको पाइन्छ । भ्रष्टाचार र अनियमितताबाट सुरक्षा निकाय पनि अछुतो छैन । सुरक्षाकर्मीहरू नै तस्करीमा संलग्न रहने गरेका घटनाहरू बारम्बार प्रकाशमा आइरहन्छन् । एउटा यस्तै घटना भर्खरै सार्वजनिक भएको छ । भारतीय सीमामा हुने स्याउ तस्करीमा प्रहरीको संलग्नता रहेको विषय प्रकाशमा आएको छ । सुनसरीको भन्टाबारी सीमा प्रहरी चौकीका इन्चार्जसहित तीनजनाको संलग्नता रहेको समाचार आएको छ । प्र
धरान । मेरुदण्ड भाचिएर अपाङ्गता भएकी धरान ४ की एक वृद्धालाई धरान ८ स्थित अपाङ्ग पुनस्र्थापना तथा असहाय सहयोग केन्द्रले खाद्यान्न सहित एक थान पंखा सहयोग गरेको छ । केही वर्ष अघि देखि मेरुदण्ड भाचिएर थलिएकी धरान ४ की सिता राईलाई केन्द्रले सोमबार एक थान पंखा सहित खाद्यान्न सहयोग गरेको हो । भोजपुर हतुवागढी स्थायी घर भएकी उनी विगत ६ वर्ष देखि धरान ४ मा भाडामा बस्दै आएकी छिन् । परिवार हतुवागढीमै रहे पनि उनी छोरी सँग बस्दै आएकी हुन् । कोरोनाको महामारीले छोरीको कमाई पनि ठप्प भए पछि अवश्था नाजुक बन्दै गएको छ । केन्द्रका सदस्य रमेश गजमेरको पहलमा उनलाई खाद्यान्न सहित एन थान पंखा सहयोग गरिएको केन्द्रका निर
धरान । नियमसंगत भर्ना प्रक्रिया नगरेको भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रिया नियमसंगत नभई मनोमानी ढंगले गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । भर्ना प्रक्रियालाई लिएर आन्दोलित भएका विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता दिने क्रममा आज प्रशासनमा तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रियामा देखिएको अनियमिता माथि प्रश्नचिन्ह उठाएका छन् । नेपाल खाद्य प्रविधि विद्यार्थी संघ केन्द्रीय प्रविधि क्याम्पस हात्
विराटनगर । मोरङमा थप एक सातासम्मको लागि निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनाअनुसार थप साता दिनको लागि निषेधाज्ञा थप भएको हो । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम अझै कम नभएको निश्कर्षहित निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । केही खुकुलो प्रावधानसहित थप भएको निषेधाज्ञा सम्बन्धी सूचनामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म संचालन गर्न पाइने उल्लेख छ । बिहानदेखि वर्कसपहरु प्नि खोल्न पाइन
धरान । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनमा दैनिक ज्यालादारीमा मजदुरी गर्ने विपन्न परिवारलाई अन्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङद्धारा खाद्यान्न बितरण गरीएको छ । संस्थाको धरानमा रहेको सुनसरी शाखाले सोमबार लकडाउनले प्रभावित बनेका धरान ५ तल्लो देउराली स्थित सुकुम्बासी बस्तीमा रहेको दैनिक रोगजारी गर्ने ५८ घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो । संस्थाको नेपालस्थित काठमाडौमा रहेको कार्यालय र धरान स्थित रहेको सुनसरी जिल्लाकी संयोजक पार्बती श्रेष्ठको आर्थिक सहयोगमा ५२ हजार रकम बराबरको खाद्यान्न सहयोग गरेको छ । संस्थाकी संयोजक श्रेष्ठका अनुसार खाद्यन्न राहतमा प्रति परिवार १० केजि चामल, एक क
झापा/ झापा र ईलामामा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । आईतबार दिनको ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो । त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका ४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो । प्रहरीले