मेयर कोइरालाद्वारा कराँते खेलाडीको विदाई

  • साउन ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सोमबार विराटनगरमा विदाई गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले सोमबार आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई खादा लगाएर विदाई गरे ।

उनले प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई जितको अग्रिम शुभकामना दिए । उनले भने–‘खेलकुद मुलुकको विकासको मेरुदण्ड हो, खेलकुदले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

खेलकुदका माध्यमबाट समाज परिवर्तन गर्न गर्न सकिने बताउदै उनले भने ‘युवाहरुलाई कुलत र विकृतिबाट सही बाटोमा लगाउन खेलकुद राम्रो माध्यम हो ।’

त्यस्तै विराटनगर ४ का वडाध्यक्ष जितन थापाले शिक्षा र स्वास्थ्य जस्तै खेलकुद पनि समाजको महत्वपूर्ण अंग भएको बताए । खेलकुदले युवाहरुलाई शारीरिक र मानसिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष थापाको भनाइ थियो । ‘मानिसको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य छ, समाजलाई सही बाटोमा अगाडि बढाउन समेत खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।’ थापाले भने ।

यही अगष्ट १९ देखि २३ तारिखसम्म थाइल्याण्डमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुँदैछ । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई कञ्चनबारी कराँते एकेडेमीले औपचारिक कार्यक्रम गरेर विदाई गरेको हो । कार्यक्रममा एकेडेमीका प्रमुख प्रशिक्षक चन्द्र पराजुली, एकेडेमीका उपाध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना दिएका थिए ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved