पूर्व वडाध्यक्ष लिम्बूको निधन

  • भदौ १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा नं. १० का पूर्व वडाध्यक्ष श्रीप्रसाद सुब्बाको निधन भएको छ ।

उच्च रक्तचापका विरामी रहेका लिम्बुको मंगलबार दिउँसो उपचारकै क्रममा विराटनगरको विराट नर्सिङ होममो निधन भएको पारिवारले जनाएको छ ।

परिवारका अनुसार चारदिनदेखि अत्याधिक बढेकाृ रक्तचापका कारण अस्पताल भर्ना भएका उनलाई नर्सिङ होमको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गराइएको थियो । उपचारकै क्रममा लिम्बूको निधन भएको जनाइएको छ । लिम्बूको पार्थिव शरिर धरान ल्याइएको छ भने उनको पार्थिव शरिर धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

लिम्बू २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा नं. १० को वडाध्यक्षमा निर्वाचित भइ एक कार्यकाल सफलतापूर्वक रुपमा विताएका थिए । नेकपा एमालेको नगर कमिटि हुदै उनी जिल्ला कमिटि सदस्य समेत रही सकेका थिए । लिम्बूका १ छोरा र ३ छोरी छन् । परिवार बाहिर भएकोले अन्त्येष्टी भएको छैन । छोरीहरु हङकङबाट आउनु पर्ने भएकोले अन्त्यष्टिको अहिले नै टुंगो भइनसकेको एमाले धरान अध्यक्ष हर्कजंग एभेङले बताए ।

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

स्वास्थ्य सेवा अवरुद ...

काठमाडौं/ चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved