बोलबम मेला सम्पन्न: मेलामा सबैभन्दा बढी फाइदा खुद्रे व्यापारीलाई

  • साउन ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आज बोलबम मेलाको पाचौ हप्ता । आजबाट बोलमेला सकिएको छ ।

बोलबम अवधिभरि जल चढाउन भक्तजनहरुलाई लक्षित गरी स्वास्थ्य शिविर, विभिन्न संघ संस्थाबाट निःशुल्क पानी, सर्वतपानी, फलफूल वितरण गर्नेको लाइन पनि अत्याधिक थियो । यो मेला अवधिभर व्यवसायहरुको व्यवसाय पनि राम्रोसँग चलेको थियो । मेलामा ठूला व्यापारीलाई भन्दा पनि खुद्रे व्यापारीलाई भने आम्दानीको दह स्रोत बनेको थियो ।

नेपाल भारत बोर्डर पर्ने रक्सौलबाट व्यापारकै लागि आउनु भएका बोलु साहले पाँच हप्ताको अवधिमा मनग्ये आम्दानी गरेको बताछन् । मेलामा खुद्रा विक्री गर्दै आएका उनले सोमबार विहानदेखि १० बजेको समयसम्म २ हजार भन्दा बढी आम्दानी गरेको बताए । पाँचै हप्ता पिण्डेश्वर मन्दिरमा आएर व्यापार गरेका उनले प्रत्येक बर्ष बोलबम मेलामा रक्सोलबाट धरानको पिण्डेश्वर मन्दिरमा व्यापार गर्ने बताए । उनले भने–‘७ बर्ष भन्दा अगाडिदेखि म सधै बोलबम मेलाका समयमा व्यापार गर्न आउछु, दुई बर्ष कोरोनाले आउन दिएन, यो बर्ष आएको छु, राम्रै कमाइ गरेर फर्किदैछु ।’

यस्तै अरुबेला धरानको भानुचौकमा चटपटे बेचेर गुजारा चलाउदै आएका राजु साह समेत प्रत्येक सोमबार विहान पिण्डेश्वर मन्दिरमा चटपटे गर्दै आएका थिए । सोमबार समेत पिण्डेश्वर मन्दिरमा चटपटे विक्री गर्दै आएका उनले दुई घण्टामा नै २ हजार विक्री गरेको बताए । उनले भने–‘बोलबम मेलामा म प्रत्येक बर्ष चटपटे बेच्न आउने गर्छु, यहाँ राम्रै आम्दानी हुन्छ, भानुचौकमा ५ दिन बेचेको एकै दिनमा आम्दानी हुन्छ ।’

अत्याधिक गर्मी भएकै कारण आइसक्रिम समेत अत्याधिक विक्री हुने गरेको छ । तर पाचौ हप्तामा भने गर्मी नभएकै कारण विगतको हप्ताजस्तो बेच्न नसकिएको धरान ९ का शम्भु साह बताउछन् । उनी भन्छन्–‘अघिल्लो हप्तामा मैले दिनमै ५ हजारसम्म बेचेको थिए, यो हप्ताचाहिँ खासै गर्मी भएन, पिण्डेश्वरमा आउने भक्तजनहरुले खासै खाएनन् त्यही भएर विक्री नै भएन ।’

यस्ता खुद्रे व्यापारीहरुले प्रत्येक हप्ताको आइतबार र सोमबार मात्र सरदर ५ हजार भन्दा बढीको सामान विक्री गर्ने गरेका छन् । अझ मन्दिरमा सहयोगी दाताहरुले निःशुल्क सर्वतपानी, पुरी तरकारी बाडिदिँदा व्यापारमा भने केही कम हुने उनीहरु बताउँछन् । बोलबम मेलाको समयमा करिब २ सय भन्दा बढी यस्ता खुद्रे व्यापारी व्यापारकै लागि पिण्डेश्वर मन्दिरमा पुग्ने गरेका छन् । मेलाको मौका पारेर उनीहरुले आफ्नो खर्च चलाउने गरेका छन् ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved