बोलबम सिद्धिए पनि पिण्डेश्वरको फोहोर व्यवस्थापनमा समस्या

  • भदौ १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । यस बर्षको बोलबम सकिएको छ । बोलबममा आएका भक्तजनहरुलाइ निःशुल्क वितरण गरेको पानी खाए पछि फलिएको प्लास्टिकको ग्लास, पुरी खाएर फालिएको कागजको प्लेट, फलफूलका बोक्रा आदिले गर्दा पिण्डेश्वर परिषर नै दुर्गन्धित देखिएको छ ।

निःशुल्क वितरण गर्नेले वितरण गरेपनि सरसफाइ नगरिदिँदा मन्दिर परिषर नै फोहोरको डुंगुर बनेको हो । सोमबार आएका भक्तजनहरुलाई वितरण गरिएको यस्ता सामाग्री सरसफाई नगर्दा मन्दिर परिषर नै दुषित बनेको हो ।

मन्दिर परिषरभित्र भएको फोहोर मंगलबार विहान लायन्स क्लब विजयुर धरान र लियो क्बल विजयपुर धरानले सरसफाई गरेको छ । बोलबमका समयमा पाँचवटै सोमबार भक्तजनहरुलाई निःशुल्क सर्वतपानी, फलफूल लगायतका सामागी वितरण गदै आएका यी क्लबले आफूले प्रयोग गरेको सामाग्रीमात्र हैन, अरुले फालेका मिनिरल वाटरका बोतल, प्लाटिकका गिलास लगायतका सामाग्री सरससफाई गरेको छ ।

विगतदेखि नै सामाजिक कार्यमा संलग्न विगतदेखि नै यस्ता सार्वजनिक महत्वका स्थानमा सरसफाई गर्दै आएको लायन्स क्लब अफ दन्तकालीकी पूर्व अध्यक्ष धनकुमारी गुरुङ (रेखा) बताइन् । उनले भनिन्–‘मन्दिरमा फोहोर हुनुको कारण पिण्डेश्वर मेलाले मात्र हैन, भक्तजनले ल्याएको फूल तथा फलफूल आवश्यकता भन्दा बढी चढाएर हो, थोरै फूल तथा फलफूल चढाएर बाँकी गरिब तथा आशायलाई बाडिदिए उत्तम हुन्थ्यो । अहिले चढाएको फलफूल बेकारमा फाल्नुपर्ने अवस्था आएको छ ।’

यस्तै लियो क्लब अफ दन्तकालीका सदस्यहरुले मन्दिर प्रांगरण सधै सफा राख्दा मन्दिरको सौन्दर्यता नहराउने भएकोले साउन महिनाभरि भएको बोलबम मेलामा भएका फोहोरलाई फुर्सदको समयमा व्यवस्थापन गरेको बताएका छन् । आफ्नो अध्ययनलाई निरन्तता दिँदै समाजसेवामा समेत समर्पित सदस्य अञ्जना न्यौपानेले फुर्सदको समयमा सामाजिक कार्यमा लगाउने बताइन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा फुड टेक्निकलमा अध्यनरत न्यौपानेले भनिन्–‘वातावरण सफा रहेमात्र हाम्रो जीवन स्वस्थ रहन्छ , सामाजिक कार्य गर्नकै लागि भएपनि लियो क्लबमा आवद्ध भएकी हुँ ।’

सोही क्लबकी सदस्य एवम् हात्तीसार क्याम्पसमै न्युट्रेसनमा अध्ययनरत अदिती थापाले समाजसेवा गर्नेले सरसफाईमा समेत ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्–‘जसले बोलबम मेलामा समाजसेवा गरेर विभिन्न सामाग्री वितरण गरे, सरसफाई पनि उनीहरुले नै गरिदिए, समस्या हुदैन ।’

धेरै संघ संस्थाले यस्ता धार्मिक मेलामा समाजसेवा गरे पनि सरसफाईमा भने ध्यान नदिएको उनीहरुको भनाई छ ।

बोलबम मेलामा पनि समाजसेवामा संलग्न धेरै संघ संस्था ेभेटिए । दाताहरुसँग संकलन गरेर वा सहयोग लिएर निःशुल्क यस्ता सामाग्री वितरण पनि गरे तर मेला सकिएपछि उनीहरुले वितरण गर्दा फालिएका सामाग्री भने लथालिंग बनाएर छोडेर गएका छन् । सरफाइतर्फ भने कसैको ध्यान जान सकेको छैन ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved