Top 4

    Showing 5,901-5,910 of 9,516 items.
  • वृद्धवृद्धालाई भोजन गराएर मातापिताप्रति श्रद्धाञ्जलि

    धरान । एक परिवारले आफ्ना स्वर्गीय मातापिताको सम्झनामा शनिबार कुशे औँशीको दिन वृद्धवृद्धालाई भोजन गराएको छ । वराहक्षेत्र नगरपालिका वडा नं. १, बगुवाको परिवारले चतराको संस्कृत वेद विद्यालयमा बस्ने ५५ जना वृद्धवृद्धालाई बिहानको भोजन गराएको हो । स्वर्गीय धर्मबहादुर र पद्माकुमारी अधिकारीका नाममा छोराहरू मानबहादुर र गुणराज तथा छोरीहरू जमुना बुढाथोकी र गङ्गा कार्कीले भोजन गराएका हुन् । वृद्धवृद्धाको सेवा गर्नु नै वास्तविक धर्म भएको हुँदा आप्mना मातापिताप्रति साँचो श्रद्धाञ्जलि अर्पण गर्न वृद्धवृद्धालाई भोजन गराएको उनीहरूले सुनाए ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल भारत मैत्री भवनको उद्घाटन

    धरान । धरान १३ प्रहरी स्कुलभित्र निर्माण सम्पन्न भएको नेपाल भारत मैत्री भवनको शनिवार उद्घाटन गरिएको छ । नेपालका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूत डा. नविन श्रीवास्तवले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । ४ करोड लागतमा निर्माण भएको तीन तले भवनको निर्माण सम्पन्न भएसँगै उद्घाटन भएको हो । उद्घाटनपश्चात नेपालका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय डा. नविन श्रीवास्तवले सदियौ देखिको नेपाल भारतको आत्मीय अझ दरिलो बनाउदै लानुपर्नेमा जोड दिएका थिए । उनीहरुले सरकार सरकारबीचमात्र हैन जनस्तरबाटै प्रगााढ रहेको दुई देशको सम्बन्धलाई धुमुल्याउने प

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संरक्षणको अभावमा इलाम चिया बगान

    धरान । इलाम चियाको जिल्ला भनेर चिनिन्छ । यहाँ आउने पर्यटक चिया हेर्न र फोटो खिच्नकै लागि आउने गर्छन् । इलामको पूर्वी भागको अधिकांश क्षेत्र चियाले भरिएको छ । इलाम सदरमुकाम नजिकै रहेको चिया बगान र कारखानाले इतिहास रचेको छ । इतिहास बोकेको चिया बगान ५० वर्षका लागि लिजमा जिम्मा दिएको छ । लिजमा लिएर बगान व्यवस्थापन नगर्दा चिया मासिने अवस्थामा पुगेको छ । २०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बारदसी र टोकेला चिया बगान त्रिवेणी सघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी लिजमा दिएको छ । ६५ प्रतिशत हिस्सा आफ्नै हिस्सा हुने गरी ५० वर्षका लागि लिजमा लिएर पनि व्यवस्थापन नगर्द

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 760 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मेघा कलेजका विद्यार्थीहरूलाई स्वागत

    धरान/ धरान–१२ स्थित धरान मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले पहिलो वर्षका विद्यार्थीहरूलाई शनिबार स्वागत गरेका छन् ।उनीहरूले पहिलो वर्षका विद्यार्थीहरूलाई अबिर र खदा लगाएर स्वागत गरेका हुन् । त्यस क्रममा कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले धरानलाई शैक्षिक केन्द्रको रूपमा विकसित बनाउन निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिएर अन्तर्राष्ट्रिय रूपमै प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको धारणा राखेका थिए । कार्यक्रममा बोल्दै मेघा कलेजका प्रिन्सिपल भाष्कर पौडेलले आपूmहर

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी क्षेत्र नं. १ बाट चुनाव लड्दै मुख्यमन्त्री राई

    जिरोपोइन्ट/ प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले सुनसरी क्षेत्र नं. १ बाट उम्मेद्वारकालागी सिफारीस गरेको छ । शनिवार बसेको जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईको नाम सिफारिस गरेको हो । भोजपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका राईले संघीय निवार्चनका लगाी सुनसरी क्षेत्र नंं १ बाट सिफारिस गरिएको हो । जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पद्मा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 994 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्चार मन्त्रीको निर्देशनमा सेउती पुलमा फोर्जी सेवा संचालनमा

    धरान l धरान सेउती पुलमा रहेको नेपाल टेलिकमको टावर बाट उच्च गतिको इन्टरनेट सेवा फोर् जी सेवा तथा उच्च गुणस्तरको भ्वाईस कल सेवा संचालनमा आएको छ। यस सेवा बाट जंगल क्षेत्र भएर आवत जावत गर्ने यात्रु तथा धरानका जनताहरु लाभान्वित हुनेछन् । धरान टेलिकममा कार्यालय प्रमुखको कार्यभार सम्हालेसगै बरिष्ठ इनजीनियर प्रसन्न थापाले धरानमा नेटवर्क सुधार,बिस्तार तथा गुणस्तरमा लागेका छन्। ब ई थापाका अनुसार उक्त विटीएस् व्यान्ड मा संचालन गरिएको छ। अन्य थप २ क्षेत्र बिश्वकर्मा मन्दिर तथा जंगल क्षेत्र भित्र रहेको खानेपानी अफिसमा थप सेक्टर एक्सपान्सन् चाडै हुनगइरहेको जानकारी थापाले दिएका छन् । के हो भोल्ट सेवा ? भो

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 864 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी र धरानको फोहोर फाल्ने ठाउँ चारकोशे झाडी : दैनिक करिब ७० टन फोहोर चारकोशे झाडीमा

    धरान । सम्झौता भएर सञ्चालनमा आइसक्दा पनि फोहोर व्यवस्थापनमा भने अझै समस्या नै छ । अहिले पनि धरान उपमहानगर उपमहानगरपालिका र इटहरी उपहानगरपालिकाले फोहोर चारकोशे झाडीमा फाल्दै आएका छन् । के कति फाहोर फालिन्छ भन्ने विषयमा यकिन तथ्यांक नभए पनि प्रदेश नं. १ का यी उपमहानगरपालिकाले चारकोशे झाडीलाई अव्यवस्थित रुपमा डस्विनको रुपमा प्रयोग गरेको पाइएको छ । यी दुई उपमहानगरपालिकाले जगलमा करिब ७० टन फोहोर फाल्ने गरेका छन् । यसमध्ये धरानमा दैनिक ३७ टन र इटहरमा ३३ टन उठ्ने गरेको बताइन्छ । यसले धरान र इटहरी आसपासका गाउँका खेतिहरुलाई समस्या बनाउने मात्र हैन मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने गरेको छ । जं

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर र्हक साम्पाङको कानुन विपरीत अभिव्यक्ति : श्रमदान नगर्ने विद्यार्थीलाई फेल गराउने धम्की !

    जिराेपाेइन्ट । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समय समयमा सामाजिक सञ्जाल फेशबुक स्टाटसबाट दिने गरेको अभिव्यक्ति विवादस्पाद हुने गरेका छन् ।दोस्रो निर्वाचनबाट स्वतन्त्र उमेद्वारबाट निर्वाचित भएर मेयर बनेका मेयर साम्पाङको पछिल्लो अभिव्यक्ति झनै विवादास्पद बनेको छ ।सामाजिक सञ्जालमा लेखेकै कुरामा विवादमा आइरहने मेयर साम्पाङ केही समय अगाडि काठमाण्डौको फोहोर व्यवस्थापनमा बोलेका कुरामा विवादमा आएका थिए । पछिल्लो समय उनले फेरि एउटा कानुनलाई समेत प्रभावित पार्ने खालेको अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले सबैको चर्चाको विषय बनेको छ । बुधबार साँझ उनले आफ्नो सामाजिक सञ्जालमा श्रम

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 1,548 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पम्पको शौचालय प्रयोगको विषयमा छलफल: सार्वजनिक रुपमा शौचालय प्रयोग गर्दा समस्या हुने व्यवसायीको भनाई

    धरान । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको मेयर नागेश कोइरालाले बताए । उनले भने ‘महानगर बनाउने दायित्व यहाँका हरेक नागरिकको होे पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि ओपन गरौं ।’ पेट्रोलपम्पका शौचालयलाई सार्वजनिक रुपमै प्रयोग गर्न दिन उनले पेट्

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरमा रहेका मठमन्दिरका ऐतिहासिकता हराउँदै

    धरान । केही समय यता धरान १४ विजयपुरमा रहेका ऐतिहासिक मठमन्दिरका इतिहास नामेट हुने खतरा बढेर गएको छ । मन्दिरको पुननिर्माण, मन्दिरका जीर्ण भागको मर्मत लगायतका काम गर्दा ऐतिहासिकता झल्किने मठ मन्दिरहरुको स्वरुप नै परिवर्तन भएर इतिहास नामेट हुन थालेका हुन् । यस्ता ऐतिहासिक परातात्विक वस्तुको संरक्षण हुन नसक्दा ऐतिहास नै नामेट हुने खतरा बढेको धरान १४ का स्थानीयरु बताउछन् । पिण्डश्वर मन्दिरमा करिब दुईसय बर्ष अगाडिको जोडी घण्टी रहेका छन्, यस्तै मन्दिरका मूर्तिहरु पनि सोही अवधिका रहेको त्यहा उल्लेखित मितिबाट प्रष्ट हुन्छ । तर अहिले संरक्षण हुन नसक्दा घण्टी र मूर्ति नै जीर्ण बन्दै गएको अवस्था रहेको स

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 928 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved