झापा / झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु भएको जनाइएको छ । यही अवधिमा १६ वटा हात्ती समेत मरेको बताइएको छ। जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ ।
उनले भने–‘जंगली हातीले आक्रमण गरेर मृत्यु भएका अधिकांश जगलमा निगुराृे टिप्न, घाँस दाउरा गर्न जाने क्रममा हात्तीले आक्रमण गरेको पाइएको छ, सोही क्रममा मृत्यु भएको पाइएको छ ।’ उनी छिमेकी गाउँपालिका कचनकवल–१ मा रहेको पश्चिम देउराली सामुदायिक वनमा बाख्रालाई घाँस काट्न गएका थिए ।
घाँस लिएर घर फर्कने क्रममा भुजेललाई मङ्गलबार अपरान्ह ३ बजे हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालयका प्रमुख पाठकले भनाइ छ । सोही वडाका ८० वर्षीय देवीबहादुर अधिकारीको गत भदौ १५ गते हात्तीले नै कुल्चेर मृत्यु भएको थियो ।