तीन दिने खेलकुद पत्रकारिता तालिम

  • पुस ७, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

बिजयपुर / धरान मित्र मिलन कलबले ३ दिने खेलकुद आधारभूत पत्रकारिता तालिम बुधबारबाट धरानको पुर्वी स्टार होटलमा आयोजना गरेको छ ।
तालिमको उत्घाटन नेपाली कांग्रेससका प्रदेश नम्बर १ का महामन्त्री उमेश थापाले पानसमा बत्ती बालेर उत्घाटन गरेका थिए ।

IMG_20221221_092605

पछिल्लो समय खेलकुदका गतिविधिहरु धेरै हुने गरेको प्रमुख अतिति समेत रहेका थापाले बताए । उनले भने–‘काठमाण्डौमा समाचार लेख्ने पत्रकारहरुल विटवाइज समाचार लेख्ने गर्छन, मोफसलमा त्यो सम्भव छैन, धेरैलाई खेलकुद समाचार लेख्न अभिरुचि भएपनि तालिमको अभावका कारण लेख्न सकेका छैनन्, हुन त यो आधारभूत तालिम हो, यसले पनि समाचार लेख्न भने केही सहयोग पु¥याउँछ ।’

उनले छ्याछ्यास्ती आएका युट्युव च्यानले समाचारको प्रभावकारिताको विषयमा प्रश्नचिन्ह उठाएको बताउँदै बिषय बस्तु र वास्तविक कुरा नबुझि भिडियो र समाचार सम्प्रेषण गर्ने प्रविधिले जनमाजमा ठुलो नकारात्मक असर पर्ने गरेको बताए । उनले भने–‘ सामाजिक सञ्जालमा आएका समाचार कुन सहि कुन गलत छुट्याउन निकै गा¥हो हुन्छ पत्रकारिताको सामान्य सिद्धान्तमात्र बुझेर समाचार लेखे त्यो समाचारको प्रभावकारी हुन्छ, यसैको लागि तालिम आवश्यक छ ।’

IMG_20221221_094248

फरक प्रसंगमा उनले अहिले धरानउपमहानगरपालिकाको कार्यपालिका बैठक विवाद भएर हुन नसक्दा वडाध्यक्षहरु र नगर प्रमुख बीचको सम्बन्धमा दूरी बढ्दै गएको बताउदै यस्तै परिस्थिति लम्बिदै गए धरानको विकास १० बर्ष पछि बताए ।

थापाले सबैले आ–आफ्नो ठाउँबाट चाडै आफ्नो ठाउँबाट सकारात्मक सोच लिए धरानको विकासमा लाग्न आग्रह गर्दै नगर प्रमुख जस्तो जिम्मेवारी पदमा रहेर धरानका मेयर हर्क साम्पाङले नगरको जिम्मेवारी बहन गर्ने नसकेको हो कि भने जनमाझमा महशुस हुन थालेको बताए । उनले भने– ‘कार्यपालिका वैठकलाई जति सक्दो चाडो मिलाएर आन्तरिक छलफल गरि अघि बढनुबाहेक अर्को विकल्प छैन ।’
खेलकुद पत्रकारीता तालिमको प्रविधिक सहयोग नेपाल पत्रकार माहासंघ सुनसरीले गरेको छ । तालिमको पहिलो दिन धरानकै १७ जना पत्रकारहरुले सहभागीता जनाएका थिए । राष्ट्रिय खेलाडी इन्दु रसाइली, बरिस्ठ पत्रकार राजेन्द्र विद्रोही, भोजराज श्रेष्ठले तालिमको सहजीकरण गर्नेैछन् । कम्तिमा १५ देखि २० जना प्रशिक्षार्थीले सहगागी जनाउने आयोजकले जनाएको छ ।

पहिलो दिनको उद्घाटन कार्यक्रममा ऐन्फाका वरिष्ठ उपाध्यक्ष किशोर राई, धरान १६ का वडा अध्यक्ष मुरारी भट्टराई, वरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

चलचित्र पर्यटन महोत् ...

धरान ।चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved