धरान/ विजेतालाई एकलाख पुरस्कार सहित ट्रफिको ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ। युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए । जेठ २६ गतेबाट सुरू प्रतियोगितामा हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् । उनिहरूबीच आउने पुस १४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताका विजेताले रु एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्प्प्तप्रमाणपत्र प्राप्त गर्ने युनाइटेड डान्स एकेडेमी धरान ९ का अध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो । अ
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ पानवारीमा आज बिहान खेलमैदान नजिकै लुकाइराखिएको एक थान भरुवा बन्दुक फेला परेको छ। पानवारीस्थित चौरीमा सामान्य रूपमा राखिएको बाँसको ठुटाभित्र बन्दुक देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै खटिएको प्रहरी टोलीले खेल–मैदानको उत्तरतर्फको झाडी क्षेत्रमा बेवारिसे अवस्थामा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बन्दुक कसले, किन लुकाएर राखेको हो — यसबारे प्रहरीले थप खोजतलास तीव्र पारेको छ।
धरान/ धरान–१८ मा अवस्थित एक मात्र साझा धार्मिक तथा सांस्कृतिक सम्पदा देवीथानको संरक्षणका लागि सक्रिय देवीथान संरक्षण समितिले आफ्नो १९औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले पुनः रेवती रमण राईलाई सर्वसम्मतरुपमा समितिको अध्यक्ष चयन गर्दै उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा ज्योति राई, सचिवमा खेमराज राई, सहसचिवमा सुमेश पोख्रेल, कोषाध्यक्षमा टंकमाया लिम्बु चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दिवन राई, सिता (राना) राई, संगिता राई, दुर्गाप्रसाद राई, निर्मल राई, क्याप्टेन कुविरजङ्ग राई, सरिता गोतामे र किरण खराल रहेका छन्। अध्यक्ष रा
धरान/ सुनसरी जिल्लामा जारी अन्तरविद्यालय सुनाखरी कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका क्वाटरफाइनल खेलहरूमा नेपाल पुलिस स्कुल र ज्वालामुखी स्कुलले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले माउन्ट हर्मन स्कुललाई ६–१ को निर्णायक अन्तरले हरायो। खेलमा पुलिसका समीर राई चम्किए—पहिलो हाफको १०औँ मिनेट, दोस्रो हाफको २०औँ र २३औँ मिनेटमा गरी उनले ह्याट्रिक पूरा गरे। साथै, उज्ज्वल थापा ले पहिलो हाफको १९औँ र दोस्रो हाफको १२औँ मिनेटमा दुई गोल जोडे। विकास मगर ले दोस्रो हाफको १७औँ मिनेटमा एक गोल थपे। दोस्
धरान/ सुनसरीको धरान–८ तीनकुनेमा रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा शुक्रवार बिहानका राति एक जनाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत तीनकुनेस्थित सडकको छेउमा पार्क गरिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा राति १ः३० बजेतिर धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल जोरदार रूपमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक इटहरी–४ का २५ वर्षीय मञ्जिल लिम्बू र पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते बनेका थिए। उपचारका लागि बीपी क
धरान/ सुनसरीको धरानमा शङ्कास्पद रूपमा हिँडिरहेका दुई जनालाई प्रहरीले लागु औषधसहित नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद गरेको लागुऔषध विभिन्न एम्पुल र चक्की रहेको छ भने दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान पठाइएको छ। आज दिउँसो १ बजे धरान उपमहानगर–८ स्थित ट्राफिक कार्यालय छेउबाट वडा प्रहरी कार्यालय भानु चोकबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई चेकजाँच गरिएको थियो सो क्रममा उनीहरूको साथबाट लागुऔषध फेला परेपछि प्रहरीले धरान–१६ बस्ने ४५ वर्षीय शरण श्रेष्ठ र धरान–१५ बस्ने ४० वर्षीय दीपक तामाङलाई नियन्त्रणमा लिएको थियो । प
सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–७ चाँदवेलामा सशस्त्र प्रहरीले चलाएको विशेष अपरेसनबाट डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ । ठूलो परिमाणको अवैध पदार्थसहित एक युवक पक्राउ परेका छन् । बिहीबार बिहान दक्षिणतर्फ गइरहेको बा १५ च २१७३ स्कारपियो र को २७ प ८३३१ मोटरसाइकल चेकजाँचका क्रममा प्लास्टिकका प्याकेटमा बेरिएको १ क्विन्टल ५३ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले जानकारी दिए । चाँदवेलाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जको टोलीले अपरेसन सञ्चालन गरेको थियो । नियन्त्रणको
सुनसरी/ जेनजी आन्दोलनपछि सामान्य अवस्था फर्किएको सुनसरीमा उद्योगी–व्यवसायीलाई निश्चिन्त भएर उद्योग–व्यवसाय सञ्चालन गर्न जिल्ला प्रशासन प्रमुख बासुदेव घिमिरेले आह्वान गरेका छन्। आन्दोलनका कारण उत्पन्न अस्पष्ट वातावरण अब दोहोरिन नदिने विश्वास दिलाउँदै उनले व्यवसायिक गतिविधि आत्मविश्वासका साथ अघि बढाउन आग्रह गरे। बुधबार सुनसरी उद्योग वाणिज्य संघ, धरानले आयोजना गरेको ‘स्वागत तथा फेरि भेटौँला–शान्ति सुरक्षा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै घिमिरेले आन्दोलन र अपराधबीच स्पष्ट भिन्नता रहेको बताए। उनले आन्दोलनको नाममा अपराध गर्ने तीन जनालाई पक्राउ गरिसकेको जानकारी दिंदै,
सुनसरी/ बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बनेको छ। केही वर्षअघिसम्म सुनसान रहने यो क्षेत्र अहिले सूर्यास्तको मनमोहक झल्को, नदी किनारको खुला भू–दृश्य, क्याम्प फायर, रिसोर्ट र खानापसलको विस्तारसँगै दैनिक हजारौँको भेटघाट बढेको छ। स्थानीय व्यवसायी बिकुल श्रेष्ठका अनुसार मङ्सिर १ देखि सुरु गरिएको क्याम्प फायर सेवा विशेष रूपमा लोकप्रिय बनेको छ। उनका अनुसार अहिले १० जना कामदारसहित क्याम्प फायर सञ्चालनमा छ र स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा स्वाद लिन आउनेको
धरान/ कोशीटप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा जैविक विविधता संरक्षण र विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आरक्ष र वरपरका क्षेत्रमा अप्ठ्यारो अवस्थामा सेना ‘सबैभन्दा पहिले र अन्तिम भरोसा’का रुपमा खटिइरहेको छ, जसले स्थानीय समुदाय, पर्यटक र वन्यजन्तुका लागि सुरक्षित वातावरण सुनिश्चित गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले प्रकृति संरक्षण र जैविक विविधता कामय गर्ने सन्दर्भमा सेना अहोरत्र खटिइएर महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । “कोशी टप्पुमा सेनाको मुख्य जिम्मेवारी वन्यजन्तु संरक्षण गर्नु र अवैध चोरी, सिकारी