भोलिदेखि धरानमा ‘एसइई आइडल -६ विजेतालाई १ लाखसहित आकर्षक छात्रवृत्ति १४ जिल्लाबाट प्रतिभा खोजिँदै

  • वैशाख ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/कोशी प्रदेशकै चर्चित प्रतिभा खोज प्रतियोगिता ‘एसइई आइडल’को छैटौं संस्करण (भोलि) शनिबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ।

‘शिक्षाका लागि सङ्गीत’ भन्ने मूल नारासहित फक्ताङलुङ मिडिया हाउस प्रा.लि. ले आयोजना गर्दै आएको यस प्रतियोगिताको अडिसन पनि  भाेलिबाट सुरु गरिनेछ।

आयोजकका अध्यक्ष डम्बरकुमार तुम्बापो का अनुसार यस वर्ष प्रतियोगिता अझ भव्य बनाइएको छ। गायन, नृत्य र वाककला विधाका विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यससँगै विजेताले प्लस टु अध्ययनका लागि २ देखि ४ लाखसम्मको छात्रवृत्ति, वारिष्टा तालिममा ९० प्रतिशत छुट, गिफ्ट ह्याम्पर तथा मुस्ताङ र सिक्किम भ्रमणको अवसर पनि पाउनेछन्।

कार्यक्रम संयोजक रामबहादुर लिम्बू का अनुसार फस्ट रनरअपले ३० हजार र सेकेन्ड रनरअपले २० हजार नगदसहित छात्रवृत्ति प्राप्त गर्नेछन् भने शीर्ष १० फाइनलिस्टलाई पनि १००% प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।

यस वर्ष कोशी प्रदेशका १४ जिल्लामा अडिसन गरिनेछ र हालसम्म १६ सयभन्दा बढी विद्यार्थीले आवेदन दिइसकेका छन्। अडिसन फिजिकल र डिजिटल दुवै माध्यमबाट सञ्चालन हुनेछ।

आयोजकका अनुसार फारमदेखि तालिमसम्म सबै प्रक्रिया निःशुल्क गरिएको छ, जसले विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउन थप सहज बनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved