धरानमा ठूलो परिमाणमा गाँजा बरामद : भारतीय स्कार्पियोसहित ३ जना पक्राउ

  • वैशाख ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ आँपगाछीस्थित कोशी लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ५९ केजी प्रतिबन्धित गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

मिति २०८३ वैशाख ५ गते बिहान करिब ११:१० बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको BR 10 PB 2241 नम्बरको भारतीय स्कार्पियो गाडीलाई शंका लागेर जाँच गर्दा सिटमुनी ‘फल्स बटम’ बनाएर लुकाइछिपाइ ल्याइएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक अमरदिप भण्डारीको कमाण्डमा खटिएको टोली तथा अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार बलको नेतृत्वमा खटिएको संयुक्त टोलीले चेकजाँच   गरेको थियौ ।

पक्राउ पर्नेहरूमा भारत, बिहार राज्य सुपौल जिल्लाका २२ वर्षीय चालक सुबिध कुमार, २२ वर्षीय रोहित कुमार र ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्। उनीहरूलाई गाडी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त स्थान इप्रका धरानबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ। प्रहरीका अनुसार पछिल्लो समय कोशी लोकमार्ग प्रयोग गरी लागूऔषध ओसारपसार गर्ने प्रयास बढ्दो देखिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved