एम्स एकेडेमीका कक्षा-१२ का विद्यार्थीलाई बिदाई

  • वैशाख ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान-१२ स्थित एम्स एकेडेमीमा कक्षा-११ का विद्यार्थीहरूले कक्षा-१२ को अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बिदाई गरेका छन्।

शनिबार धरान-१५ स्थित सदन सभा हलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई अबिर, खादा तथा मायाको चिनो प्रदान गर्दै औपचारिक रूपमा सम्मानसहित बिदाई गरिएको थियो।

कार्यक्रममा स्कुलका प्रिन्सिपल सन्तोष कोइराला, कोअर्डिनेटर दुर्गा प्रसाद सुवेदी लगायतले कक्षा-१२ का विद्यार्थीहरूलाई सफल भविष्यको कामना व्यक्त गरे। कोअर्डिनेटर सुवेदीले एम्स एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै विज्ञान संकायमा गत वर्ष कक्षा-१२ को वार्षिक बोर्ड परीक्षामा ३.९५ जीपीए ल्याएर जेनिशा निरौलाले नेपालकै दोस्रो स्थान हासिल गरेको उदाहरण प्रस्तुत गरे। उनले आगामी बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरूलाई शुभकामना पनि दिए।

त्यस्तै, शिक्षा निकेतन माध्यमिक विद्यालयका प्लस टु इन्चार्ज आशिष मास्केले कक्षा–१२ को प्रमाणपत्रको महत्व उच्च हुने भएकाले मेहनतपूर्वक अध्ययन गरी उत्कृष्ट ग्रेड ल्याउन सुझाव दिए। एम्स क्रिएटिभ ग्रुपकी अध्यक्ष बिनुशा तामाङले कक्षा-११ र १२ को अध्ययन अवधिलाई अविस्मरणीय अनुभवका रूपमा स्मरण गर्दै सम्पूर्ण एम्स परिवारप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरी मनोरञ्जनसमेत प्रदान गरेका थिए। कक्षा-११ का सुजल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक सुबास पौडेल, सोनु राई सुवेदी, अध्यापकहरू युवराज अधिकारी, सञ्जीव उदास तथा चुबासा कन्सल्टेन्सीका सिइओ इशाक खड्का लगायतको उपस्थिति रहेको थियो।

यसैबीच, कक्षा-१२ को वार्षिक बोर्ड परीक्षा आगामी बैशाख १४ गतेबाट सुरु हुने जनाइएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved