Top 4

    Showing ५,७४१-५,७५० of ९,८२३ items.
  • आज माघे सङ्क्रान्ति तरुलको बिक्रीमा कमी आयो

    विजयपुर / तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे सङ्क्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर माघे सङ्क्रान्ति मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डुु, सागपात, तरुल, आदि खाने गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने मान्यता रही आएको छ । प्रकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । माघे सङ्क्रान्तिका दिन प्रयोग गरिने परिकारले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ भन्ने मान्यता छ । गत वर्षको तुलनामा यो वर्ष भने तरुलको

    • प्रकाशित मितिः माघ १, २०७९
    • ९४९ पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • स्वदेशमै रोजगारीको सिर्जना गरौँ

    वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्न थालेपछि रेमिट्यान्समा सुधार आएको समाचार प्रकाशमा आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार चालू आवको पहिलो पाँच महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मङ्सिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा अहिले भएको सञ्चिति ६.३ प्रतिशतले बढी रहेको राष्ट्र बैङ्कले जनाएको छ । नेपाली अर्थतन्त

    • प्रकाशित मितिः माघ १, २०७९
    • ९९५ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • धरान मोडलको खेल सप्ताह सकियो : ५० पिन्ट रगत सङ्कलन

    धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम समापन भएको छ । २४ गते आइतबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम २९ गते शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । रक्तदान कार्यक्रमको आयोजना गरी ५० पिन्ट रगत पनि सङ्कलन गरिएको थियो । धरान १ मा रहेको धरान मोडल कलेजले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर एक हप्ते खेल सप्ताह कार्यक्रमको समापन गरेको छ । त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सहनियन्त्रक डिल्लीराम प्रसाईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । जुन कार्यक्रममा धरान उपमहानगरपालिकाका १ नं वडाका वडाध्यक्ष यज्ञमणि

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • १,४६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिचौलियाका कारण पानबारीका कृषक मारमा

    धरान / धरान उपमहानगरपालिकाको कृषि पकेट क्षेत्र वडा नं. ५ का कृषकहरुले मेहनतअनुसारको मूल्य नपाएको गुनासो गरेका छन् । यस क्षेत्रका कृषकहरुले धान, मकै, कोदो लगायत सागसब्जी उब्जाउने गरे पनि मूल्य भने बिचौलियाले तोकिदिने गरेको उनीहरुले गुनासो गरे।आफूले उत्पादन गरेको कृषि सामाग्रीको उचित मूल्य नपाउँदा कृषि पेशाबाटै विस्थापित हुने अवस्थाको सिर्जना भएको गुनासो उनीहरुको छ । धरान ५ का कृषक रोशन आचार्यले विचौलियाका कारण यहाँ उत्पादन भएका कषि सामाग्रीको भाउ नभएको बताए । विचौलियाले यतिमा विक्री भयो भनेकै आधारमा आफूहरुले उत्पादन गरेको कृषि सामाग्री विक्री गर्न बाध्य हुनुपरेको गुनासो उनको छ ।उनले भने हामी क

    • प्रकाशित मितिः पुस २९, २०७९
    • ९४२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लेदोङ महिला बास्केटवल प्रतियोगितामा १८ टिम सहभागि हुने

    धरान /किराँत समुदायहरुको नयाँ वर्ष माघ १ यले संवत ५०८३ को अवसरमा धरान बास्केटवल संघद्वारा आयोजित यलेदोङ थी्र वाइ थी्र ओपन महिला बास्केटवल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएका छन । पौष २९ र ३० गते हुने प्रतियोगिताको अन्तिम तयारी सार्वजनिक गर्दै १८ टिमले भाग लिने आयोजकले जनाएको हो । धरान १२ स्थित धरान मेघा कलेजको हलमा सहभागी टिमको प्रतिनिधित्वको उपस्थितिमा खेल तालिका तयार गरिएको थियो । प्रतियोगताको उद्घाटन खेल अल्ट्रा मेघा टिम र होलिल्याण्ड वि टिमबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिम, धरानबाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, हो

    • प्रकाशित मितिः पुस २९, २०७९
    • १,१३२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह

    धनकुटा /  विगतमा कोरोना संक्रमणका कारण धेरैले ज्यान गुमाए । आर्थिक अवस्था डामाडोल बन्यो । पुन ः त्यस्तै अवस्था आउन सक्ने भन्दै धनकुटाको पाख्रीबास नगरपालिकाले नगरबासीहरुलाई सचेत रहन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय छिमेकी देश भारत र चीनमा समेत बढ्दै गएको अवस्थामा पुन ः विगतकै अवस्था आउन सक्ने भन्दै समयमै सचेत रहन नगरबासीहरुलाई नगरपालिकाले सचेत गराएको हो । नगरपालिकाले कोरोना संक्रमणबाट बच्न बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा सेनीटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना

    • प्रकाशित मितिः पुस २९, २०७९
    • ९२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तारको व्यवस्थापन सुरु

    मोरङ / विराटनगर महानगरपालिकाले जथाभावी छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्ने काम सुरु गरेको छ । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरौला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो । सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्य

    • प्रकाशित मितिः पुस २९, २०७९
    • ९३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निवर्तमान मुख्यमन्त्रीले सरकारी निवास छाडे

    विराटनगर / प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्कमतकुमार कार्की नियुक्त भएसँगै निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले निवास छाडेका छन् ।निवर्तमान मुख्यमन्त्री राईले सामाजिक सञ्जालमा पोष्ट गदै बिहीबारबाट निवास छोडेको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा उनले निवास छाडेको जानकारी दिँदै निवास छोड्न दुई दिन ढिला भएको भन्दै क्षमा समेत मागेका छन् । विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव भएको बताउँदै निवास छाड्न दुई दिन ढिला भएकोमा माफी मागेका छन्। उनले लेखेका छन्, ’२५ गते साँझसम्म शपथ कार्यक्रममा व्यस्त, २६ गते संसद्, सभामुखक

    • प्रकाशित मितिः पुस २९, २०७९
    • ९८० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पार्टीको झोले’ शब्दप्रति पत्रकारको आपत्ति

    धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।

    • प्रकाशित मितिः पुस २९, २०७९
    • ९६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवनियुक्त अर्थमन्त्रीसँग व्यवसायीको भरोसा समस्या समाधान गर्न मन्त्री समक्ष आग्रह

    मोरङ / बैंकहरुले लिएको चर्को व्याजरको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी तथा व्यवसायीहरुले विहीबार काठमाण्डौ नै पुगेर समस्याको समाधान गरिदिन आग्रह गरेका छन् । चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरुलाई नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग समस्या समाधान गर्नका लागि केही समय अगाडि छलफलमा बोलाएपछि सकारात्मक बनेका उद्योगी, व्यवसायहरुले पुन :काठमाण्डौमै पुगेर स्मरण गराएका छन् । विहीबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायत काठमाण्डौ नै पुगेर अर्थमन्त्री पौडेल, सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सु

    • प्रकाशित मितिः पुस २९, २०७९
    • ८५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved